२७ जेठ २०८३, बुधबार

कोरोना निको पार्ने भन्दै इरानमा मानिसहरू कडा अल्कोहल पिउँदै, ६०० जनाको मृत्यु

चैत २६, २०७६
कोरोना निको पार्ने भन्दै इरानमा मानिसहरू कडा अल्कोहल पिउँदै, ६०० जनाको मृत्यु

इरानमा कोरोनाभाइरस ठीक पार्ने भन्दै कडा अल्कोहल पिउने ६०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौंजनालाई विष लागेको छ । 

६०० भन्दा बढीको मृत्यु भएको र लगभग तीन हजारजना अस्पतालमा रहेको इरानी न्यायपालिकाका प्रवक्ता गोलाम होसेन इस्माइलीले बताए । 

‘यो डरलाग्दो संख्या हो र हाम्रो अपेक्षाभन्दा परको कुरा हो,’ इस्माइलीले बताए । ‘अल्कोहल पिउनु कुनै उपचार हैन, उल्टो यसले ज्यान लिन सक्छ ।’

सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘हामीले थुप्रजनालाई पक्राउ गरेका छौं र उनीहरूमाथि निर्णायक कारवाही गरिनेछ ।’

‘उनीहरूलाई अपराधी काम गरेको अनि नागरिकहरूको मृत्यु र क्षति गराएकोमा जवाफदेही बनाइनेछ ।’

अहिलेसम्म कोरोनाभाइरसको औषधि पत्ता लागिसकेको छैन र लक्षणहरूलाई कम गराउने सीमित औषधिहरू मात्र छन् । 

इरान पनि कोरोनाभाइरसबाट बढी आक्रान्त मुलुकमध्ये एक हो । त्यहाँ ३८ सय ७२ जनाको मृत्यु कोरोनाकै कारण भइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्