×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको त्रासबीच के गर्दैछन् अमेरिकामा बस्ने नेपाली ?

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको मेरिल्यान्ड स्टेटमा बस्ने बुटवलका किरण ढकाल घरभित्रै बसेको १७ दिन भइसक्यो ।

Muktinath Bank

अमेरिकामा रहेको सामाजिक संस्था बीएएनएका महासचिव समेत रहेका ढकालको परिवार घरबाहिर निस्केको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘यहाँको सरकारले कोरोनाको जाँच गर्दा ‘पोजेटिभ’ देखिए घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनेको छ । श्वास फेर्न गाह्रो भए मात्र अस्पतालको सम्पर्कमा आउन भन्छ ।’


Advertisment
Nabil box
Kumari

उनीजस्तै मेरिल्याण्ड राज्यमा रहेको करीब २० हजार नेपालीमध्ये अधिकांश घरभित्रै बसेका छन् । ‘अवस्था जटिल छ तर नेपालीमा न्यूयोर्कबाहेक अन्य राज्यमा त्यति संक्रमण फैलिएको छैन,’ उनले थपे, ‘अमेरिकीहरूले स्टेहोम अर्डर पालना नगर्दा संक्रमण बढेको देखिन्छ । हामी नेपालीहरू घरमा नै सुरक्षित छौं तर त्रास धेरै छ ।’

Vianet communication
Laxmi Bank

अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका बाग्लुङका भूमिराज सापकोटा पनि घरबाट निस्केका छैनन् । ‘सरकारले स्टेहोम अर्डर त भनेको छ तर मानिसहरू अत्यावश्यक काम भन्दै बाहिर हिँड्छन् । जसले गर्दा बाहिरको मानिसहरूको चाप घटेको छैन ।’

सापकोटा भन्छन्, ‘टेक्सासमा अहिलेसम्म ११ हजारलाई कोराना संक्रमण भएको छ तर हामी नेपालीहरू पनि नियमित अनलाइनमा छलफल र सोधखोज गर्छौं । अहिलेसम्म यो स्टेटमा रहेका २–४ जना नेपालीलाई संक्रमण भएपनि मृत्यु कसैको भएको छैन ।’

अमेरिका अहिले कोरोना संक्रमणको केन्द्रमा रहेको छ । चीनको वुहानबाट कोरोना संक्रमण शुरू भएपनि अमेरिकामा अहिले सर्वाधिक फैलिएको छ । युरोपमा कोरोनालाई सामान्य रुपमा लिएर हेलचेक्र्याइँ गर्दा संक्रमण बढेको सापकोटाको भनाइ छ । सापकोटाले नेपालीहरू अझै अमेरिकामा डराउनुपर्ने अवस्थामा नरहेको र घरमै बसेकाले संक्रमण त्यति नफैलिएको बताए ।

बुधवार बिहानसम्म विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा कोरोना संक्रमण ४ लाख ८ हजार ८५९ जनामा देखिएको छ भने १२ हजार ८०० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा बस्ने केही नेपालीमा कोरोना संक्रमण भएपनि त्यति खुल्न नचाहेको जानकारीमा आएको बताइएको छ ।

भर्जिनियामा बस्दै आएका बुटवलका सपनकुमार एन्जिलले त्रासबीच नेपालीहरू घरभित्रै बसिरहेको बताए । ‘यहाँ ३ हजार ५०० जति नेपाली हाम्रो सम्पर्कमा छन् । तिनीहरूमध्ये ८० प्रतिशत घरबाहिर निस्केका छैनन् । जसले गर्दा डरबीच सुरक्षित रुपमा बसेका छन्,’ एन्जिलले भने ।

भर्जिनियामा होटल रेस्टुरेन्ट र बारहरू बन्द रहेपनि सार्वजनिक यातायातका बस सञ्चालनमा रहेका छन् । त्यहाँको सरकारले घरमै बस्नेलाई हप्तामा ६०० डलर दिने गरेको छ । नेपालको छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोनो भाइरसको ‘इपिसेन्टर’ शक्तिराष्ट्र अमेरिका बनेको छ । त्यसमा पनि अमेरिकाको सबैभन्दा बढी संक्रमण न्यूयोर्कमा छ । जहाँ बुधवार बिहानसम्म १ लाख ३९ हजार ८७६ व्यक्तिमा संक्रमण देखिएको छ भने ५ हजार ४८९ जनाको मृत्यु भएको छ ।

भर्जिनियामै बस्ने बुटवलका विष्णु न्यौपानेले नेपालीहरू सुरक्षित रहेर बसिरहेको बताए । ‘यहाँ नेपालीहरूको एउटा संस्था एनएसीसी छ । यो संस्थामा चिकित्सकहरू पनि छन् । नेपालीहरूमा संक्रमण देखिए के गर्ने, कसरी अरुलाई संक्रमण फैलिन नदिने भन्ने पनि सिकाइन्छ । अहिले विश्वकै धेरै संक्रमण अमेरिकामा फैलिएको हुँदा त्रास बढेपनि डराइहाल्नुपर्ने अवस्थामा नेपालीहरू छैनन,’ उनले भने ।

अमेरिकामा झण्डै ४ लाख नेपालीको बसोबास रहेको अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x