पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अभिवादन !
दोस्रो पटक सफल प्रत्यारोपण गरिएको मेरो मिर्गाैलाले राम्रै काम गरेपनि डाक्टरहरूका अनुसार मैले आराम गर्नुपर्ने हो तर प्रधानमन्त्रीको हैसियतमा मुलुकमा देखापरेका संकटका वियषमा मैले मुकदर्शक भएर बस्न मिल्दैन ।
आफ्ना दुखेका घाउहरू दबाएरै भएपनि जनताको मनमा खुशीयाली ल्याउनका लागि मैले राजनीति गरेको हुँ । हिजो दशकौंसम्म कैदीको हैसियतमा जेल बस्दा र आज प्रधानमन्त्रीको हैसियतमा बालुवाटार बस्दा मैले तन, मन, वचन र कर्मले जनताको मनमा कसरी खुशीयाली ल्याउने, कसरी मुलुकका हितका निम्ति काम गर्नेबाहेक अरु सोचिनँ ।
त्यही भावना अनुरुप लकडाउनको समयमा जनताको पीरमर्का महसूस गर्दै सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले केही कुरा राख्न आज उपस्थित भएको छु ।
मैले युरोप, अमेरिका, अस्ट्रेलियामा रहनुभएका नेपाली युवाहरूको समस्या राम्रोसँग बुझेको छु । छिमेकी देश भारतबाट महाकाली नदी किनार आइपुगेका श्रमजीवीको मर्का पनि अनुभूति गरेको छु । सरकारले सबै कूटनीतिक च्यानलको प्रयोग गरेर सकेसम्म आफ्ना नागरिकको रक्षाका निम्ति पहल गरेको छ । हामी मात्र एक्लै छैनौं, हाम्रो दूतावास छन् । विश्व स्वास्थ्य संगठन पनि मानवजातिको साथमा छ । तपाईंहरू जहाँ हुनुहुन्छ, त्यो देशको संकटकालीन नीति नियमलाई राम्रोसँग पालना गर्नुहोस् । सरकार हरपल तपाईंहरूको साथमा छ । सरकारको तर्फबाट हुने सम्पूर्ण सहयोग जुनसुकै समयमा, मूल्यमा पनि हामी गरेरै छाड्नेछौं ।
स्वदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, बुवाआमाहरू, विद्यार्थी, युवाहरू यो लकडाउनको समयमा तपाईंहरूलाई कति गाह्रो भएको छ, म राम्रोसँग बुझ्दछु । खासगरी निमेक गरेर गुजारा चलाउने मजदुर किसानको पीडालाई राम्रोसँग महसूस गरेको छु । विद्यार्थी, बालबालिकालाई मनोवैज्ञानिक असर परेको छ । युवालाई पनि आफ्नो भविष्यको चिन्ता छ । सरकार यो कुरामा सचेत छ तर हामी विवश छौं, हामीसँग अर्को कुनै विकल्प नै छैन ।
हामी संकटकालीन समय झेल्न बाध्य छौं । मेरो बिन्ती छ तपाईंहरूलाई, अहिले तपाईंहरू घरभित्र बस्दिनुभयो, सरकारले ल्याएका नीतिहरू मानिदिनुभयो भने यो प्राणघातक कोरोना भाइरससँगको लडाइँका निम्ति बलियो हतियार हुनेछ । हामी नेपालीहरू एक भएर, जुटेर, सहकार्य गरेर भाइरसविरुद्ध लड्नुपरेको छ ।
संकटको घडीमा पनि अत्यन्तै उत्साह र आत्मबलका साथ देशभरका अस्पताल तथा स्वास्थ्य चौकीमा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मी डाक्टर, नर्सहरूलाई म धन्यवाद दिन चाहन्छु । मानव जीवनको रक्षाका निम्ति तपाईंहरू आफ्नो घरपरिवार, बालबच्चा, भोक, प्यास, निद्रा केही नभनी जसरी बिरामीको सेवामा खटिनुभएको छ, यसको सरकारले उच्च मूल्यांकन गरेको छ । तपाईंहरूको सेवासुविधाका लागि सरकारले योजना बनाइरहेको छ । कोरोना भाइरस कोभिड–१९ सँगको लडाइँमा विश्वमा धेरै स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको अवस्थामा सीमित स्रोत र साधनका बाबजुद पनि तपाईंहरू जसरी एउटा स्वास्थ्यकर्मी मात्र नभई देश सेवाको भावनाले ओतप्रोत भएर सेवामा लाग्नुभएको छ, त्यो उदाहरणीय छ । मैले अघि नै पनि भने सरकारले तपाईंहरूको उच्च मूल्यांकन गर्नेछ ।
सुरक्षाकर्मी मित्रहरू, तपाईंहरूको काम र जनतासँग गरेको सहकार्य देखेर म धेरै खुशी भएको छु । तपाईंहरूमा उच्च मनोबल देखेको छु । संकटको घडीमा कोरोना भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन ‘भौतिक दूरी’ कायम गर्नका लागि हामीले जुन लकडाउनको घोषणा गर्यौं, त्यसपश्चात नेपाल प्रहरी, ट्राफिक प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाले निभाएको भूमिका अत्यन्तै सराहनीय छ । सीमित स्रोत र साधनका बाबजुद पनि तपाईंहरूको यसप्रकारको राष्ट्रभक्तिको सरकारले उच्च मूल्यांकन गरेको छ । तपाईंहरूलाई सेवासुविधा तथा मानसम्मान दिन सरकार चुक्ने छैन । तपाईहरूको योगदानको कदर हुने नै छ । जनतासँग यसरी नै सहकार्य गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा हाम्रो विजय हुनेछ ।
एउटा कुरा तपाईंहरू माझ स्पष्ट पार्न चाहन्छु, कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त पारेपछि हामीले सरकारको तर्फबाट केही मेडिकल सामग्रीहरू खरिद गर्नुपर्ने थियो । हुन त राहतका रुपमा पनि केही मेडिकल सामग्रीहरू आउँदैछन् भन्ने सूचना पाएका थियौं तर अरुले राहत दिने कुरा ढिलो पनि हुनसक्छ भन्ने हेतुले नागरिकको रक्षाका लागि सरकारले नै छिमेकी देश चीनबाट मेडिकल सामग्रीहरू किन्ने निर्णय गरेको हो तर हतार भयो भनौं वा धमिलो पानीमा माछा मार्ने प्रयास भयो भनौं, ती सामग्रीबारे कैयौ प्रश्न उठे । प्रश्न उठे पश्चात् मैले नै पहलकदमी लिएर ठेक्का रद्द गरेको हो । सबै कुरामा प्रधानमन्त्रीको ध्यान केन्द्रित हुन नसक्नु प्रमुख कमजोरी रह्यो । सरकारले दोस्रो पक्ष अर्थात व्यापारीको भर पर्नु नै कमजोरी गरेको हो भन्ने कुरा स्वीकार गर्दछु ।
सरकारले त्यो खरिद प्रकरणमा जोडिएका व्यक्तिउपर छानबिन गर्दैछ । दोषी पाइयो भने उनीहरूमाथि कारबाही हुनेछ । सरकारको मन्त्री होस्, पार्टी निकटका व्यापारी होस्, जोसुकै किन नहोस्, सरकारले दोषीलाई एक छोड्दैन, दुई छोड्दैन, तीन छोड्दैन, यो कुरामा तपाईंहरू ढुक्क हुनुहोस् । प्रधानमन्त्री हुँदैमा सबै कुरा थाहा हुन्छ भन्ने पनि हुँदैन । मेरो अनुपस्थितिमा मलाई छक्याएर यदि लाभका काम कसैले गरेको छ भने किमार्थ माफी दिइने छैन । यसैक्रममा एउटा मिडियाको समाचार ‘डिलिट’ गरिएको विषय जानकारीमा आएको छ, त्यसमा संलग्नमाथि कारबाही हुनेछ । अहिले ती व्यक्तिउपर छानबिन चलिरहेको छ । हामी प्रेस स्वतन्त्रता चाहन्छौं, प्रेसको रक्षा चाहन्छौं । भ्रष्टाचार मेरो नीति होइन, यो सरकार भ्रष्टाचारको गन्ध सुँघेर बस्दैन ।
कालोबजारी रोक्नका लागि हरदम प्रयास भएका छन् । मैले नै चासोका साथ सुरक्षाकर्मी मित्रहरूलाई भनेको छु कि जुनसुकै व्यक्ति, समूह किन नहोस् यस्तो बेलामा कालोबजारी गर्नेलाई नछाड्नु भनेर । ती औषधीजन्य वस्तु हुन् वा खाद्यान्न सामग्री हुन्, कसैले कतै कालोबजारी गर्न पाउने छैन । कालोबजारी रोक्नका लागि सरकारले विशेष टीम गठन गरेको छ । तपाईंहरूले पनि कहीकतै कालोबजारी भइरहेको देखेसुनेमा सरकारलाई जानकारी गराउन सक्नुहुनेछ । सरकारको हटलाइनमा तपाईंहरूले उजुरी दिन सक्नुहुनेछ । तरकारी, ग्यास, चामल, नून, तेल जस्ता दैनिक उपभोग्य सामानहरू सरकारले कमी हुन नदिने प्रबन्ध गरेको छ । खान नपाएर कोही नेपाली मर्ने छैनन्, तपाईंहरू ढुक्क हुनुहोस् ।
सरकारी अस्पतालमा डाक्टर, नर्सको कमी भएको सुन्नमा आएको छ । कतिपय निजी अस्पताल बन्द भएको रिपोर्ट आएको छ । हामीले मूल्यांकन गरिरहेका छौं । डरपोक गैरजिम्मेवार कर्मचारीलाई सरकारले बर्खास्त गर्नेछ । यस्तो अवस्थामा हामीले विदेशबाट जनशक्ति मगाउने अवस्था छैन । सारा संसार नै कोरोना भाइरससँग लडिरहेको छ । म आज तपाईंहरू समक्ष के आह्वान गर्न चाहन्छु भने सरकारी सेवामा काम गरेर सेवानिवृत्त हुनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू यतिबेला पुनः काममा फर्किन सक्छन् । जागिर नभएका स्वास्थ्यकर्मीहरू पनि सरकारसँग सहकार्य गरेर यतिबेला काममा आउन सक्छन् । जसका निम्ति सरकारले विशेष योजना र प्याकेज बनाएको छ । त्यो चाँडै घोषणा हुनेछ ।
निजी अस्पताललाई सरकारीकरण गरिएको घोषणा गर्दछु । आजका मितिदेखि निजी अस्पताल सरकारी भएका छन् र आजैका मितिदेखि बिरामीहरूलाई सोही अनुरुपको व्यवहार हुनेछ, सहुलियत हुनेछ । अब उपरान्त कोही बिरामी अस्पतालको गेटमा बसेर छट्पटाउने छैनन् । बिरामीसँग पैसा छैन भने पनि अस्पतालले उनीहरूको नागरिकता राखेर उपचार शुरू गर्नुपर्नेछ । भोलि बिरामी निको भएर उपचार खर्च व्यहोर्न नसक्ने स्थिति हो भने बिरामीको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । पैसाको अभावमा कोही बिरामी मर्नुपर्ने छैन । निजी अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीको पनि सरकारले उच्च मूल्यांकन गर्नेछ । तपाईंहरू सरकारी सरह नै हो । सोही अनुरुप सेवासुविधा पाउनुहुनेछ ।
हामीले पर्याप्त मात्रामा औषधिको आयात गरेका छौं । अबको १ वर्षलाई पुग्ने औषधी हामीसँग सुरक्षित छ । कतियप औषधि पसल बन्छ छन्, संकटको घडीमा औषधि दिन मान्दैनन् भन्ने जानकारी आएको छ । तिनको दर्ता खारेज हुनेछ र तिनलाई देशद्रोहको आरोपमा कारवाही गरिनेछ । जनतालाई कुनै पनि औषधिको अभाव हुने छैन । हामीलाई आवश्यक पर्ने सबै किसिमका औषधि हामीसँग पर्याप्त छन् । औषधी मात्र होइन, खाद्यान्नको कमी हुन नदिन व्यापारीलाई आवश्यक सबै प्रबन्ध मिलाउन अनुरोध गरेका छौं । मलाई लाग्छ उनीहरूले इमान्दारीपूर्वक सरकारलाई सहयोग गर्नेछन् ।
हामीले प्रदेश र केन्द्र स्तरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना गरेका छौं । अहिले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सबै मेडिकल सामग्रीको आवश्यक आयात गरेका छौं । राहातका रुपमा निजी तवरबाट ती उपकरणहरू आएका छन् । अब हामी पूर्वाधार, उपकरण र जनशक्तिका हिसाबले सक्षम भइसकेका छौं । प्रभावित जिल्लामा पनि कोरोना ल्याब राखिएका छन् । छोटो समयमा हामीले तालिमप्राप्त जनशक्ति उत्पादन गरेका छौं । अस्पतालमा पनि स्रोतसाधनको कमी हुन दिएका छैनौं तर पनि कमजोरीहरू छन्, हामी ती कमजोरीबाट पाठ सिकेर अगाडि बढ्ने छौं ।
विदेशमा नेपालीहरू अलपत्र परे भन्ने गुनासोलाई म के भन्न चाहन्छु भने मैले विदेशका सरकार प्रमुखहरूसँग टेलिफोनमा कुराकानी गरिरहेको छु । उनीहरूले नेपालका नागरिकलाई आफ्ना नागरिकसरह व्यवहार गर्ने भनेका छन् । तपाईंहरू आत्तिनुपर्दैन । अहिले उडानहरू पनि बन्द छन् । हामीले उचित समयमा उडान खुकुलो बनाउने छौं ।
भारतको हकमा पनि त्यही हो तर सीमा नजिकै आइपुगेका नेपालीहरूलाई उद्वार गर्नु सरकारको कर्तव्य हो । अब उपरान्त कसैले महाकाली नदीमा जोखिम मोलेर हाम्फाल्नुपर्दैन । सबैलाई सरकारले उद्वार गरेर क्वारेन्टाइनमा राख्छ तर उनीहरू इमान्दारीपूर्वक सरकारको नीति मानेर क्वारेन्टाइनमा बस्नुपर्छ । पहिलेको जस्तो भाग्न पाइन्न । भागेर गाउँगाउँमा कोरोना भाइरस वितरण गर्ने छुट एक असल नागरिकलाई हुँदैन ।
सरकारले अहिले पहिलो चरणको राहत प्याकेज अनुसार ८० करोड रुपैयाँ छुट्याएको छ । यो राहत रकम खासगरी मजदुर किसानहरू जो दैनिक ज्यालादारीसँग जोडिएका छन्, उनीहरूका लागि प्रयोग गरिने छ । प्रदेश सरकारबाहेक यो केन्द्रीय सरकारको राहत हो । प्रदेश सरकारले आफ्नै छु्ट्टै राहत दिन सक्नेछ । आवश्यकता अनुसार निम्न स्तरमा मजदुरको पहिचान गरेर स्थानीय तह, सरोकारवाला निकायको उपस्थितिमा प्रत्येक परिवार २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइने छ । त्यसको निरीक्षण, अनुगमन गरिने छ । कहीँकतै अनियमितता पाइएमा कडा कारबाही हुनेछ ।
दोस्रो राहत प्याकेज मझौला व्यापारीलाई पनि घोषणा गर्दछु । यो १ अर्ब बराबरको राहत प्याकेज हुनेछ । मझौला व्यापारी भन्नाले आफ्नै स्रोतसाधन परिचालन गरेर, बैंकबाट ऋण लिएर, सरकारी अनुदान लिएर, सामूहिक वा एकल रुपमा विदेशबाट फर्किएका युवाहरू जो कुखुरापालन गरेका छन्, कृषिमा लागेका छन्, उनीहरूको लागि यो राहात रकम छुट्याइएको छ । उनीहरूको लगानी नडुबोस् भनेर सरकारले यो राहत प्याकेज घोषणा गरेको हो । स–साना होटल, रेस्टुरेन्ट व्यवसायीहरू पनि यो राहत प्याकेज अन्तर्गत पर्नेछन् । बहुराष्ट्रिय कम्पनी वा ठूला उद्योगबाहेक सबैलाई राहत पुग्ने अपेक्षा सरकारको छ ।
अन्त्यमा, संकटको घडीमा देश–विदेशमा रहेका युवाहरू एकजुट भएर लाग्नेछन् भन्ने अपेक्षा लिएको छु । हामीले सबैभन्दा पहिले त कोरोना भाइरसलाई जित्नुपर्ने छ । हामीलाई हार्ने छुट एक चिम्टी छैन । हामीलाई दोस्रो इटाली बन्ने छुट छैन । हामी लड्यौं, लड्यौं, कोरोना भाइरसलाई परास्त गरेरै छाड्छौं । त्यसपश्चात हामीले आर्थिक मन्दीलाई जित्नका लागि उत्पादनमूलक काम गर्नुपर्ने छ, प्रतिपक्ष होस् वा सत्तापक्ष जो कोही किन नहोस् हामी सबै मिलेर देशलाई संकट परेको बेला सरकारका कार्यक्रममा मिलेर काम गर्नुको विकल्प छैन । मिडिया जगतले पनि रचनात्मक भूमिका खेलेर सरकारको कमीकमजोरी औल्याइदिनेछ र हामी सबै मिलेर यो भाइरससँगको लडाइँमा विजय प्राप्त गरेरै छाड्ने छौं । हामी र हाम्रो पुर्खाको अदम्य साहस पनि यही हो । धन्यवाद !
(नोट : यो देशको प्रधानमन्त्रीबाट देशवासीका नाममा भएको सम्बोधन यस्तो हुनुपर्थ्यो भनेर गरिएको कल्पनाको लिखित विवरण मात्र हो ।)
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...