×

NMB BANK
NIC ASIA

कोरोना क्वारेन्टाइनबाट स्टाफ नर्सको बकपत्र: 'मानवता जीवित छ, आफ्नै रगत दिएर उपचार गर्दैछौं'

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel
  • विमला तिमिल्सिना महरा

पछिल्लो समय अधिकांश निजी र केही सरकारी अस्पतालले सामान्य ज्वरो र रुघाखोकी मात्रै नभइ अरु रोगका बिरामीलाई पनि हेर्न छाडेको र बिरामीले अकालमै ज्यान गुमाएको खबर पढेपछि कार्यव्यस्तताका बाबजुत पनि केही कुरा लेख्न मन लाग्यो ।

Sagarmatha Cement
Muktinath Bank

अन्य सामान्य रोगका बिरामीलाई पनि कोरोना सन्त्रासका कारण प्रहरी र एम्बुलेन्स चालकले समेत छुन नमानेको कारण बिरामीको मृत्यु भएको भन्दै कतिपय मिडियाले ‘अस्पतालमा मानवता हराएको’ समेत लेखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही सरकारी अस्पतालले समेत बिरामी हेर्न ढिलाइ गरेको र बिरामीको मृत्यु भएको पढेपछि एउटा स्वास्थ्यकर्मी हुनुको नाताले केही लेख्न मन लाग्यो । 


Advertisment
Nabil box
Kumari

विगत डेढ वर्षदेखि म धादिङ जिल्ला अस्पतालमा कार्यरत छु । अतिआवश्यक कामबाहेक बिदा नलिई नियमित काम गर्दै आएकी म पछिल्लो समय देशमा कोरोना भाइरसको जोखिम बढेसँगै कुनै बिदा नलिई निरन्तर सेवा गर्दै आएकी छु । नेपाल सरकारले कारोना रोकथामका लागि चालेको कदमका लागि अस्पताल परिवार लागिपरेको छ ।

Vianet communication
Laxmi Bank

धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको अगुवाइमा धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेशीस्थित डिभिजन वन कार्यालय धादिङको नवनिर्मित भवनमा कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र धादिङको नयाँ भवनमा ९ शय्या क्षमताको अस्थायी आइसोलेसन कक्ष समेत स्थापना भइसकेको छ ।

कोरोना संक्रमणको त्रासले डाक्टर र अस्पतालले बिरामी छुनै नमानिरहेको वर्तमान परिस्थितिमा धादिङ अस्पतालले आवश्यक उपकरण अभावका वाबजुत पनि निरन्तर ज्वरो र रुघाखोकीका बिरामीलाई मध्यनजर गरी ज्वरो क्लिनिक सञ्चालन, शंकास्पद बिरामीलाई क्वारेन्टाइन र आइसोलेसनसम्ममा राखेर २४ सै घण्टा उपचार सेवा दिइरहेको छ ।

अस्पतालमा कोरोना संक्रमणको आशंकामा १८ वर्षीय १ जना व्यक्तिलाई ५ दिनको आइसोलेसन उपचारपछि राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षणपश्चात ‘नेगेटिभ’ रिपोर्ट आएको छ । अन्य अस्पतालले बहिरङ्ग सेवा र अपरेसनल सेवा बन्द गरिसकेकोमा धादिङ अस्पतालमा भने सबै सेवा सञ्चालनमा रहेका छन् ।

हामीहरू नियमित सेवा सँगसँगै समयको पर्वाह नगरी बिरामीलाई बचाउन हरदम प्रयासरत छौं । यसै सिलसिलामा गत चैत्र १८ गते धादिङ अस्पतालमा प्रसव पीडाबाट छट्पटाएकी महिलालाई अस्पतालमा ड्युटीमा रहेकी सहकर्मी नर्सिङ अफिसर (सातौं तह) रेनुका भण्डारीले रगत दिई राति ३ः०० बजे शल्यक्रिया सम्पन्न भएको थियो ।

चैत्र २१ गते शुक्रवार मात्रै सामान्य रुपमा प्रसव पीडा लम्बिँदै जाँदा आमा र बच्चाको ज्यान समेत जोखिममा पर्ने परिस्थिति आएपछि प्रसव पीडाले छट्पटिएकी धादिङको नीलकण्ठ–२ की २४ वर्षीया एक महिलालाई तत्काल ‘बी नेगेटिभ’ रगत आवश्यक भई एकातिर नेगेटिभ ग्रूपको रगत कम पाइने, रेडक्रसमा समेत रगत उपलब्ध हुन नसकेको परिस्थिति र लडाउनका कारण अन्यत्रबाट रगत ल्याउन सक्ने परिस्थिति नभएपछि म स्वयंले रक्तदान गरी अपरेसन सफलतापूर्वक सम्पन्न भएको थियो ।

गत मंगलवार मात्रै २२ वर्षिया, २८ वर्षीया र १८ वर्षीया गरी ३ महिलाको सुत्केरी शल्यक्रिया गरिएको छ । लगातार ६ घण्टासम्म ३ जनाको सफल शल्यक्रिया गर्दा समेत हामी स्वास्थ्यकर्मी शारीरिक रुपमा थकित भएपनि थकान महसूस गरेका छैनौं । सकेसम्म कुनै पनि बिरामीलाई रिफर नगरी निरन्तर उपचार गर्ने हरदम कोसिस गरिरहेका छौं ।

हाल देशैभर दरबन्दी अनुसारका पर्याप्त स्वास्थ्यकर्मी नभएको परिपेक्ष्यमा धादिङ अस्पतालमा समेत दरबन्दी अनुसारका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको अभाव रहेको छ, जसले गर्दा सोचे अनुसारको अझै राम्रो सेवा दिन सकिरहेका छैनौं । स्वास्थ्यकर्मीलाई नेपाल सरकार र प्रदेश सरकारले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पर्याप्त छैनन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसारका उपकरणको अति नै अभाव छ । हामीले सामान्य मास्कबाट उपचार गर्नुपर्ने परिस्थिति रहेकाले हामी स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा छौं ।

हाल म धादिङवेशीमा कोठा भाडामा लिई बसिरहेकी छुँ, जहाँ ३ वर्षीया छोरी र ७० वर्षीया सासुआमासँगै बसिरहेकी हुनाले मलाई निकै डर लाग्छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस हावाबाट सर्ने हुँदा स्वास्थ्यकर्मीलाई सजग हुन सुचित गरिसकेको र स्वास्थ्यकर्मीलाई सकेसम्म होम क्वारेन्टाइनमा बस्न सुझाइसकेको छ । अस्पतालमा शंकास्पद बिरामी आउन थालेपछि एउटा कोठमा छुट्टै (होम क्वारेन्टाइन) बस्न नखोजेकी होइन तर ३ वर्षीया छोरीका कारण साचेजस्तो हुन सकिरहेको छैन । यस विषयमा आउँदा दिनमा अस्पतालले पनि केही बन्दोबस्त गर्नेछ भन्ने आशा लिएकी छु । 

‘अस्पतालमा मानवता भेटिएन’ भन्दै केही सरकारी अस्पतालको समेत बदनाम भइरहेकाले एकाध ठाउँमा कमीकमजोरी भए भन्दैमा हाम्रो अस्पताल र हामी सम्पूर्ण स्वास्थ्यकर्मीको तर्फबाट कुनै कमी हुन नदिन प्रयत्नशील रहेका छौं । कोरोना महामारीले देशको स्वास्थ्य सेवा धर्मराउन नदिन अहोरात्र यसैगरी खटिने प्रतिबद्धता व्यक्त गर्दछु । 

भनिन्छ रक्तदान जीवन दान हो । हो, धादिङ अस्पतालका स्वास्थ्यकर्मी सेवा मात्रै होइन, आफ्नै रगत दान गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सरकारले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स रद्द गर्ने निर्णय गरेको कुरा पनि मिडियामा आएको छ । सरकारको यस्तो कुराले हामीजस्ता २४ सैं घण्टा बिरामीको सेवामा खटिने हजारौं स्वास्थ्यकर्मीको चित्त दुःखेको छ ।

अहिलेको अवस्था स्वास्थ्यकर्मीलाई आवश्यक सबै उपकरणले सुसञ्जित गरी कोरोनाको विश्वव्यापी माहामारीसँग लड्ने हो । अहिलेको आवश्यक अवस्था स्वास्थ्यकर्मीको उच्च मनोबल हो । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । त्यसैले, तपाईंका लागि हामी काममा खटिन्छौं, हाम्रा लागि तपाईंहरू केही हप्ता घरै बसेर सहयोग गरिदिनुस् । 

(लेखक धादिङ अस्पतालकी नर्स हुन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x