कोरोनाभाइरस व्यवस्थापनमा चुकेको भन्दै राष्ट्रपति सीको कडा आलोचना गर्ने व्यापारीलाई खोज्दै चीन

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य तथा घरजग्गा व्यवसाय गर्ने हुआयुआन समूहका पूर्वअध्यक्ष रेन झिचियाङलाई चीनले अहिले व्यापक खोजी गरिरहेको छ । 

राष्ट्रपति सी चिनफिङले कोरोनाभाइरस संक्रमणको राम्रो व्यवस्थापन नगरेको र उनी विदूषक भएको भनी कडा टिप्पणी लेखेकोमा रेनलाई अनुशासन तथा कानूनको भयंकर उल्लंघनको आरोपमा पक्राउ गर्न खोजिएको छ ।


Advertisement

रेनले यसअघि पनि संवेदनशील मुद्दाहरूमा आफ्नो निर्भीक राय राख्ने गरेका थिए । 

मंगलवार पार्टी र सरकारको संयुक्त अनुशासन निगरानी निकायले एक वाक्यको सूचना प्रकाशित गर्दै रेनमाथि निगरानी र अनुसन्धान गरिएको जनायो । रेनको लेख वा अघिल्ला बयानहरूको उसले कुनै उल्लेख गरेन । 


Advertisement

भाइरस संक्रमण फैलिएपछि चीनको शीर्ष नेतृत्वले राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै रेनले मार्च महिनाको मध्यतिर अन्लाइनमा एउटा लेख छापेका थिए । 

त्यसअघि उनले एउटा भाषणमा राष्ट्रपति सीलाई विदूषकको संज्ञा दिएका थिए । पछि यी चिनियाँ अर्बपति गुप्तवासमा गए । 

मार्च १२ देखि उनीसँग सम्पर्क गर्न नसकिएको उनका तीन साथीले रोयटर्स समाचार संस्थालाई बताए । 

रोयटर्सले रेनको मोबाइल फोनमा कल गरेको भए पनि उनले कल फर्काएनन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्