सेनाका अधिकृत क्याडेटलाई आयुक्त पद

 ५८औँ समूहको अधिकृत क्याडेट तालिम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद)  प्रदान गरिएको छ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमममा  ४ विदेशी, १४ महिला र १ सय १४ पुरुष प्रशिक्षार्थी सहभागी थिए। तालिम पूरा गरेकाहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।


Advertisement

 सोही प्रतिष्ठानमा सञ्चालित ४८औँ समूहको पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका १८ प्रशिक्षार्थीलाई पनि त्यस अवसरमा सहायक सेनानी पदको दज्र्यानी प्रदान गरियो । मित्रराष्ट्र श्रीलङ्कामा सञ्चालित सोही स्तरको तालीम पूरा गर्ने दुईजना प्रशिक्षार्थी पनि अधिकृत छन्। 

सो अवसरमा प्रधान सेनापति थापाले ५८औँ समूहको अधिकृत क्याडेट तालीममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सिसं ४८ पदिक र हुँदा अधिकृत क्याडेट तालीमका सर्वोउत्कृष्ट प्रशिक्षार्थी सन्तमान श्रेष्ठलाई सम्मानस्वरुप खड्ग प्रदान गरियो ।


Advertisement

 महिलातर्फ कृपा अधिकारी र अन्तर्राष्ट्रिय प्रशिक्षार्थीतर्फ केन्याका किप्किरुई राट्टो बेनार्डलाइ उत्कृष्ट अधिकृत क्याडेट सम्मान प्रदान गरियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्