फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ ।
क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको अवधिमा सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराम खनालका अनुसार आवश्यक परेको अवस्थामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । जसको पहिचानसमेत भइसकेको छ ।
मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन) परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन् । आवश्यक भएमा दैनिक छ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने क्षमता विस्तार गरिने रजिस्ट्रार खनालले जानकारी दिए ।
उहाँले कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँचजस्ता कार्यलाई द्रुत गतिमा सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा आएको बतनए । उहाँले प्रयोगशालालाई चौबीसै घण्टा चलाउन २० जनाजति जनशक्ति आवश्यक पर्ने बतनए । एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपियाँ खर्च हुने तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उहाँले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसहित सरकारले छोटो अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौँ विश्वविद्यालय शिक्षा अस्पताल धुलिखेल, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवन र बुटवलमा सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ नमुना परीक्षण भइसकेको छ । आवश्यकता अनुसार परीक्षणको दायरा बढाइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
सरकारले आरटी–पीसीआर र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षणलाई तीव्रता दिएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा बुधबार मात्रै स्वाब र ¥यापिड कीटबाट गरी १९८ स्वाब नमुना सङ्कलन गरिएको छ । त्यस्तै अछाम, जुम्ला र सुर्खेतबाट सङ्कलित ८०२ नमुना काठमाडौँ ल्याइसकिएको जनाइएको छ ।
बुधबार मात्रै दिपायलबाट तीन सयभन्दा बढी नमुना सङ्कलन गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । मन्त्रालयले कल सेन्टर र मोबाइलबाट समेत सङ्क्रमणको अवस्थाबारे जानकारी लिइरहेको छ । १११५ र ११३३ नम्बरका दुईवटा कल सेन्टरबाट तीन हजार ३०६ समस्याको सम्बोधन भएको छ । यस्तै मोबाइल एपमार्फत १२ हजार ६८ जनाले समस्या दर्ता गर्नुभएको छ । जसमध्ये बुधबार तीन जना ‘रेडजोन’मा परेका थिए ।
प्रवक्ता डा. देवकोटाका अनुसार धनगढीमा चार, बागलुङमा दुई र काठमाडौँमा रहेका कोरोना भाइरस सङ्क्रमित दुई जनाको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार ‘कन्ट्राक्ट टे«सिङ’को काम सम्पन्न गरिसकिएको छ । अहिले १८० वटा स्वाब नमुनाको परीक्षण कार्य भइरहेको छ ।
वीर अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमका अनुसार ल्याबमा काम गर्ने जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ । पोखरालगायत स्थानमा ल्याब सञ्चालन र तालिम दिनुभएका वैज्ञानिक गौतमले भएको प्रयोगशाला र जनशक्तिलाई परिचालन गर्न सकिए परीक्षण कार्यलाई सहज बनाउन सकिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...