फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
लामो लकडाउनका कारण खाद्यान्न र अत्यावश्यक वस्तुको अभाव सिर्जना हुने हो कि भन्ने सर्वसाधारणमा त्रास देखिन्छ। तर, ढुक्क हुनुहोस्, देशमा पर्याप्त मौज्दात छ। सरकारको तथ्यांकले भन्छ– विभिन्न व्यवधान छिचोल्दै भए पनि विदेशबाट आयात बढाइएको छ।
‘लकडाउन लम्बिनसमेत सक्ने अवस्थालाई दृष्टिगत गर्दै खाद्यान्न तथा दैनिक अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाइएको छ’, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘आपूर्ति प्रणाली थप व्यवस्थित पारिएको छ।’
लकडाउनयता बुधबारसम्म सरकारले ४३ करोड ९२ लाख ६६ हजार रुपैयाँको तयारी औषधि आयात गरेको छ। औषधि उद्योगलाई चाहिने कच्चा पदार्थ ९ करोड २ लाख ६५ हजार रुपैयाँ यस अवधिमा भित्रिएको छ।
त्यस्तै, खाद्यान्न ३१ हजार १ सय २५, दलहन ११ हजार १ सय ३४, तरकारी १८ हजार ५ सय ७४, फलफूल ५ हजार १ सय १८ र दुग्धजन्य पदार्थ ३० मेट्रिकटन दुई सातामा आयात भएको छ।
‘आवश्यकताअनुसार भण्डारण क्षमता बढाउन गोदाम भाडामा लिन सकिनेछ। लकडाउनमा आमजनताको सहजताका लागि सरकारी स्वामित्वको खाद्य संस्थानले अनलाइन व्यापार पनि सुरु गरिसकेको छ’, मन्त्री भट्टले भने। राजधानीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग मात्रै अत्यावश्यक खाद्यवस्तु भण्डारण गर्न मिल्ने गोदाम छन्। आपूर्ति सहज भइरहेकाले उपभोक्ताले चाहिनेभन्दा बढी मौज्दात राख्नु नपर्ने मन्त्री भट्टले बताए।
विपद्मा आपूर्ति व्यवस्था सहज बनाउन भूकम्प र नाकाबन्दीले पाठ सिकाएकाले पनि लकडाउन अवधिमा आपूर्तिमा खासै समस्या नआउने देखिन्छ। अहिले अत्यावश्यक वस्तुको आयातमा कुनै असर परेको छैन।
सवारी आवतजावत र चहलपहल नहुँदा संकटमा समेत पेट्रोल पम्पमा ताँती लागेका छैनन्। सुरुमा ग्यासको चरम अभाव देखिए पनि आयल निगमले चाँडै व्यवस्थापन ग¥यो। बजारको चहलपहल ठप्प भएपछि पेट्रोलियम इन्धनको माग घटेको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने साधनबाहेक अन्य सवारी साधनको चहलपहल रोकिएको छ। आपूर्ति चुस्त पार्न केही समय आधा तौलको सिलिन्डर बजारमा पठाइए पनि आइतबारबाट उपभोक्ताले पूर्ण सिलिन्डर पाउनेछन्।
चामल, दाल, नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको हालको मौज्दात सहज देखिन्छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग राजधानीका लागि १९ हजार ६ सय ३० टन चामल मौज्दात छ। बाहिरी दुर्गम जिल्लाका लागि ३ हजार ६ सय ८५ टन चामल छ। आपूर्ति मन्त्रालयका अनुसार निजी क्षेत्रका उद्योग तथा व्यापारीसँग झन्डै एक लाख टन चामल मौज्दात छ। कृषक तथा उद्योगसँग धान मौज्दात रहेकाले चामल उत्पादनमा समस्या नपर्ने बताइएको छ।
खाद्य कम्पनीको गोदाममा ६ सय ७२ क्विन्टल फापर र ५ सय ७२ क्विन्टल सिमी मौज्दात छ। नुनको एक मात्र आधिकारिक आपूर्तिकर्ता साल्ट ट्रेडिङले काठमाडौंका लागि एक लाख ६० हजार ७ सय ९ टन नुन मौज्दात कायम गरेको छ। दुर्गम जिल्लालाई केन्द्रित गरेर मात्रै साल्टले २ हजार ६ सय ९ टन नुन मौज्दात राखेको छ।
निजी क्षेत्रका व्यापारीसँग अहिले ७ हजार टन दाल मौज्दात छ। त्यसबाहेक दाल उद्योगमै ४ हजार टन छ। ४ हजार टन दाल आयातको क्रममा रहेको सरकारी आकडाले देखाउँछ।
भान्छामा नभई नहुने तेलको समेत कमी छैन। चालु वर्षमा नेपालको निर्यातको प्रमुख वस्तुमध्ये पाम आयल र भटमासको तेलको उत्पादनमा वृद्धि भइरहेको छ। यस्तोमा निर्यात नहुँदा तेल अभाव नहुने स्पष्ट देखिन्छ। मन्त्रालयका अनुसार उद्योगसँग २ सय ३ टन पाम आयल र १ हजार ३ सय ११ टन पाल्मोलिन मौज्दात छ। भटमासको तेल मात्रै १४ हजार ६ सय ६६ टन छ। सूर्यमुखी तेलको मौज्दात भने ६ सय ८८ टन छ। यद्यपि, ४ हजार १ सय टन आयातको क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ।
सरकारले निजी क्षेत्रसँग रहेको मौज्दातको सामयिक तथ्यांक संकलन गरिरहेको र सरकार आफैं पनि आपूर्ति प्रभावित हुन नदिन दैनिक उपभोग्य वस्तुको मौज्दात बढाउन लागेकाले उपभोक्तालाई निश्चिन्त रहन मन्त्री भट्टको आग्रह छ। अन्नपूर्ण पोस्टमा खबर छ ।त्त
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...