कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने, 'घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।'
कोरोना भाइरस , (कोभिड—१९)को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गर्न चैत दास्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । 'कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ', प्रमुख डा झाले भने ।
यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिए । 'बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ', उनले भने । यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ ।
यसैबीच, स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।
धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ ।
घरमै औषधि र सुरक्षा भत्ता
नमोबुद्ध नगरपालिकाले आफ्ना क्षेत्रमा रहेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधी पु¥याउन थालेको छ । ‘लकडाउन’का कारण स्थानीय दीर्घरोगीले औषधी उपलब्ध गराउन नसकेक्ने भएपछि नगरले उनीहरुको घरमै औषधी पुर्याउन थालेको हो ।
नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले दीर्घरोगीको घरमै औषधी पु¥याउन थालिएको नगरप्रमुख टीपी शर्माले जानकारी दिए । उनले भने 'रोगीलाई चिकित्सकले दिएको प्रेस्क्रिप्शनका आधारमा निःशुल्क औषधी उपलब्ध गराइरहेका छौँ ।' उहाँका अनुसार दीर्घ रोगी पहिचान अभियानसँगै औषधी वितरणको काम थालिएको हो ।
नगरले हाल मधुमेय, रक्तचाप, बाथ, छारेरोग तथा मुटुरोगीका विरामीलाई उनीहरुको घरमै औषधी निःशुल्क उपलब्ध थालेको हो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले रोगीको विवरण पहिचान गर्दै औषधी वितरण गरिरहेको शर्माले बताए। उनले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्न नदिन वडा कार्यालयलाई परिपत्रसमेत गरेका छन् ।
यसैबीच, मण्डनदेउपुर नपा–८ का वडाध्यक्ष झलकप्रसाद पौडेल सामाजिक सुरक्षा–भत्ता वितरण गर्न घरघरमै जान थाल्नुभएको छ । लकडानउका कारण जेष्ठ नागरिक, एकल महिला, अशक्त नागरिक वडा कार्यायसम्म सामाजिक सुरक्षा–भत्ता लिन आउन नसक्ने भएकाले उनीहरुको घरघरमै पुर्याउन थालेको पौडेलले बताए। 'हामी जनताको सेवक हौँ, अप्ठेरो पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो' उनले भने । राजकुमार पराजुली,रासस
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...