×

NMB BANK
NIC ASIA

डाटा चोरीबारे भायानेटले भन्यो – सबै सुरक्षाको व्यवस्था कार्यान्वयनमा

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्यूनिकेशन प्रालिले ग्राहकको सूचना प्रणालीमा अनाधिकृत घुसपैठ भएको जनाउँदै अहिले सबै सुरक्षाको व्यवस्था कार्यान्वयन गरिएको जनाएको छ ।

Muktinath Bank

साइबर घटना भएको पत्ता लगाउँदै प्रालिले ग्राहकका केही व्यक्तिगत डाटा नाम, ठेगाना, इमेल, फोन नम्बरमा घुसपैठ भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका प्रबन्ध निर्देशक विनय बोहराले वक्तव्य जारी गर्दै सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा रहेर अनुसन्धान भइरहेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

वक्तव्यमा लेखिएको छ, ‘यो घटनाको बारेमा आन्तरिक टोली, साइबर सेक्योरिटी विज्ञद्वारा विस्तृत छानबिन गरिँदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र हामी यो चाँडै नै समाधान होस् भनी आशा राख्दछौं ।’

Vianet communication
Laxmi Bank

यस्तो छ वक्तव्यको पूर्णपाठ –

डाटा उल्लंघन/चोरीको घटना बारे आधिकारिक वक्तव्य

आदरणीय ग्राहकवर्ग,

भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता लगाएको कुरा जानकारी गराउँछ, जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको छ ।

हामीले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका छौं । हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।

हामी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौं र हामीले सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेका छौं । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र हामी यो चाँडै नै समाधान होस् भनी आशा राख्दछौं ।

यो अप्ठ्यारो घडिमा, हामीलाई तपाईंको साथ चाहिएको छ र हामी हाम्रो आदरणीय ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गर्दछौं ।

१. कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र SMS को जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिनुहोस् ।

२. यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस्  
- ९८०१०४६४१०
-  ०१–५९७०४४४ वा
- ०१४२१७५५५
हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौं ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए–नआएको सजिलै चिन्नुहोस् ।

३. यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।

४. यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः 
-    कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०
-    फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
-    ईमेलः  [email protected]

यो आपराधिक क्रीयाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि हामीले भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गर्नुहोस् । हामी यस अवस्थाको गम्भीरतालाई राम्ररी बुभ्mछौं र यसको जडसम्म पुग्न र सबै कुरा ठीक गर्नको लागि निरन्तर लागिपरेका छौं । यस सम्बन्धी कुनै पनि महत्वपूर्ण सुधार भएमा वा जानकारी प्राप्त भएमा हामी अपडेट गर्नेछौं ।

.....................................
नामः विनय बोहरा
पदः प्रबन्ध निर्देशक
भायानेट कम्यूनिकेशन प्रा. लि.

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x