×

NMB BANK
NIC ASIA

आफूमा आएको भाइरस किन मार्न सक्दैन चमेरोले ?

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भाइरसलाई कुनै जनावरबाट मानिसमा प्रवेश गर्नुअघि बढी फैलिनका लागि एक विशेष होस्टको आवश्यकता पर्छ । त्यस्तोमा सबभन्दा उपयुक्त होस्ट चमेरो हो । 

Muktinath Bank

भाइरसलाई विकसित हुनका लागि चमेरोको शरीर सबभन्दा उपयुक्त स्थान हो । त्यसैले कोरोनाभाइरस लगायतका धेरै भाइरस चमेरोमा विकसित तथा रूप परिवर्तिन भएर रहने गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाइरसले होस्ट खोज्दा लामो आयु भएको जीव खोज्छ । एउटा चमेरोको उमेर १६ देखि ४० वर्ष हुनाले अधिकतम भाइरसका लागि ऊ राम्रो होस्ट हो । 


Advertisment
Nabil box
Kumari

अनि भाइरसले झुरुप्प एकै ठाउँमा ठूलो संख्यामा बस्ने प्राणीलाई होस्ट बनाउन चाहन्छ । त्यसो हुँदा भाइरसले आफूलाई तीव्र गतिमा फैलाउन पाउँछ । अँध्यारा गुफाहरूमा चमेराहरू झुरुप्प बस्छन् । 

Vianet communication
Laxmi Bank

उड्ने क्षमता राम्रो भएको जीवलाई पनि भाइरसले रुचाउँछ । एकैचोटि टाढाटाढासम्म गएर भाइरसलाई फैलाउने क्षमता चमेरोमा हुन्छ । 

प्रश्न उठ्छ, चमेरोले भाइरसलाई किन आफूमा रहन दिइरहन्छ र मारिदिँदैन ? 

कोरोनाभाइरसले कुनै जीवमा संक्रमण फैलाउन थाल्दा उक्त जीवभित्र तीव्र गतिमा इन्फ्लेमेसन (सुन्निने) हुन्छ । तर चमेरोको इन्फ्लेमेटोरी रेस्पोन्समा डिफेक्ट हुन्छ ।

अनि चमेरोमा प्राकृतिक रूपमा किलर सेलहरू निकै कम हुन्छन् । त्यसैले चमेरोभित्र भाइरसको संक्रमणका वाहक कोशिकाहरू मर्दैनन् ।

चमेरोको मेटाबोलिक रेट उच्च हुन्छ त्यसैले उसभित्र अधिक मात्रामा रियाक्टिभ अक्सिजन स्पिसिज बन्छन् । तिनले कोरोनाभाइरसलाई तीव्र गतिमा रेप्लिकेट गर्न रोक्छन् अनि उसको म्युटेसन रेट बढाउँछन् । 

चमेरोमा बढेको म्युटेसनका कारण कोरोनालाई अर्को होस्टमा जान सजिलो हुन्छ । लगातार म्युटेसन हुँदै जाँदा कोरोना झन् झन् बढी घातक बन्दै जान्छ । 

चमेरोभित्र मजबूत रोगप्रतिरोधक प्रतिक्रिया नहुने भएकाले उसका फोक्सोमा क्षति हुने समस्या कम हुन्छ । उसका फोक्सा र शरीर नसुन्निने भएकाले सास फेर्न समस्या आउँदैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x