२६ जेठ २०८३, मंगलबार

क्यालिफोर्नियामा महिलाले सुपरमार्केटका सामान चाटिन्, परिन् पक्राउ

चैत २७, २०७६
क्यालिफोर्नियामा महिलाले सुपरमार्केटका सामान चाटिन्, परिन् पक्राउ

अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक महिलाले सुपरमार्केटमा सामान किन्नुअघि त्यसलाई चाटेको भेटिएपछि प्रहरीले पक्राउ गरेको छ । 

नेवाडासँगको सीमामा रहको लेक ताहोका प्रहरी प्रवक्ता क्रिय फियोरले एएफपीलाई बताएअनुसार, प्रहरीलाई मंगलवार सेफवे स्टोरमा बोलाइएको थियो । एक महिला खरिददारले स्टोरमा राखिएका खाद्यान्न तथा अन्य सामानहरू चाटेको स्टोरका कर्मचारीले बताए ।

त्यसरी चाटेर उनले लगभग दुई हजार डलर बराबरको सामान बेकामे बनाइदिएकी थिइन् । 

महिलाले स्टोरका गहनाका अनेकौं टुक्रा हातमा राखेको र तिनलाई चाटेको पनि आफूले देखेको सेफवेका कर्मचारीहरूले बताए । त्यसपछि उनले लगभग १८ सय डलर बराबरको सामान बास्केटमा हालेकी थिइन् । 

एल डोरोडो काउन्टीमा रहेको यस सुपरमार्केटमा ग्रोसरी बाहेकका सामानहरू पनि बेच्ने गरिएको छ । 

महिलाले बास्केटमा राखेको गहना तथा अन्य सामानहरू संक्रमित भएका कारण बेच्न नमिल्ने भएको एक कर्मचारीलाई प्रहरीले बताए । 

प्रहरीले ती महिलासँग सोधपुछ गर्दा उनीसँग बास्केटमा राखेको सामान किन्ने हैसियत नभएको पत्ता लाग्यो ।

ती महिला साउथ लेक ताहोमा बस्ने जेनिफर वाकर हुन् । उनलाई सार्वजनिक स्थानमा रहेका वस्तु नष्ट गरेको आरोपमा पक्राउ गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्