परराष्ट्रमन्त्री ज्ञवाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

File Photo

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग टेलिफोन वार्ता गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी दिएका छन्।

मन्त्री ज्ञवालीले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न राजकुमारसँग अनुरोध गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।


Advertisement

जवाफमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वस्त पारेका थिए।

कोरोनाको महामारी फैलिएका बेला विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तर्राष्ट्रिय मञ्च (समूह-२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदीले सदस्य देशसँग भिडियो कन्फ्रेन्सिङ गर्दै आएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्