लुम्बिनीमा जले  चार घर

प्रतिकार्यात्मक तस्वीर।

लुम्बिनीमा बिहीबार साँझ आगलागी हुँदा चार घर जलेका छन्।

पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।


Advertisement

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। विद्युत् चुहिएर भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।


Advertisement

कमेन्ट गर्नुहोस्