×

NMB BANK
NIC ASIA

बागलुङमा पहिलो दिन १४ को परीक्षण

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि शुरू भएको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्‍यापिड टेष्ट किट  र अन्य सामग्रीसहित बागलुङ आएको थियो । सामग्रीसहित बागलुङ आउनुभएका स्वास्थ्य सेवा विभागका वरिष्ठ  मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धवलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षणको शुरूवात गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा र्‍यापिड टेष्ट शुरू गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए ।
पौडेलका अनुसार एक हजार जनाको द्रुतपरीक्षण र्‍यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क सामग्रीसमेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो । अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको र्‍यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुआत गरिएको हो । नमूनाको रुपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो ।  किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने छ । 

Vianet communication
Laxmi Bank

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । 
 
हाल बागलुङमा दुई कोरोना भाइरसका सङ्क्रमित छन् । उनीहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ । खेमराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x