×

NMB BANK
NIC ASIA

नमूना स्थानीय तह

कोरोना रोकथाममा उल्लेखनीय पहल, पाँचखाल नगरपालिका देशभरका लागि उदाहरण

प्राथमिक स्वास्थ्यकेन्द्रमा ५ वटा सेमीआइसोलेसन बेड, मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जाँड–रक्सी, सुर्ती–चुरोट, पानपराग–गुट्खा बेचबिखनमा पूरै प्रतिबन्ध छ । खाद्यान्नका होलसेल पसल पनि हप्तामा २ दिन मात्र केही समयमा लागि खुल्छन् । कसैलाई औषधि जरुरी भयो भने नगरपालिकाले काठमाडौंबाट किनेर घरमै पुर्‍याइदिन्छ । विदेशबाट फर्केका नागरिकको स्वास्थ्य अवस्थाबारे दैनिक रिपोर्ट अद्यावधिक गरिएको छ । स्वास्थ्यचौकी र ४ वटा एम्बुलेन्स तम्तयार अवस्थामा छन् ।

Muktinath Bank

कोरोना संक्रमण फैलिन नदिन एउटा स्थानीय तहले गरिरहेको काम हो यो । कोरोना संक्रमणको सन्त्रासकाबीच कतिपय स्थानीय सरकार अलमलमा रहेको समयमा राजधानी काठमाडौंबाट ४५ किलोमिटर पूर्वको पाँचखाल नगरपालिकाले कोरोनासँग जुध्न पर्याप्त सावधानी र पूर्वतयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारले निर्णय गर्नु दुई दिनअगावै पाँचखाल नगरपालिकाले लकडाउन गरिसकेको थियो । पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वटा सेमीआइसोलेसन बेड तथा नगरपालिकासँगैको प्राथमिक विद्यायलमा क्वारेन्टाइन बनाइएको छ । विभिन्न पार्टी प्यालेस, स्कूल र अन्य भवनमा गरी १ सय जनाका लागि क्वारेन्टाइन स्थलको सर्भे गरिएको छ । 


Advertisment
Nabil box
Kumari

बुधवार दिउँसो नगरप्रमुख महेश खरेल कार्यालयको बरण्डामा बसेर नगरपालिकाको स्वास्थ्य विभागसँग अपडेट लिइरहेका थिए । विदेशबाट फर्किएका ४५ जनाको स्वास्थ्य अपडेट, नगरपालिका क्षेत्रमा औषधिको पर्याप्तता, लकडाउन पालनाको अवस्था तथा काठमाडौंबाट ल्याउनुपर्ने औषधिको सूची तयार गर्दै थिए ।  

Vianet communication
Laxmi Bank

स्थायी बसोबास काठमाडौंमा भएपनि नगरप्रमुख (मेयर) खरेल घरपरिवारभन्दा अलग्गै नगरपालिका कार्यालयसँगैको क्वार्टरमा ‘क्वारेन्टाइन’मा बसिरहेका छन् । विपत्तिको बेला जनप्रतिनिधिको भूमिका अझ बढी हुने भन्दै बिहानदेखि अबेरसम्म उनी नगरपालिकामा अनुगमन र सचेतना फैलाउन हिँडिरहेका हुन्छन् । 

‘कोरोनाको सन्त्रास देखिएपछि शुरूमा हामीले खाद्य सुरक्षा रणनीति बनायौं । हामीसँग ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको व्यवसायीबाट थाहा भयो, यो खाद्यान्न अन्यत्र बेच्न नपाउने गरी निर्णय गरेका छौं,’ खरेलले लोकान्तरसँग भने । 

गरीब र विपन्न वर्गका लागि छुट्याइएको राहतमा पहुँचवाला र हुने खाने वर्गले हालीमुहाली गरिहेको समयमा पाँचखालले लक्षित वर्गमै पुग्ने गरी एउटा जुक्ति निकाल्यो ।

‘पहिलो चरणमा हामीले ५ किलो चामल र एक किलो दाल बाँड्यौ, ताकि हुने खाने वर्ग राहत लिनका लागि आकर्षित नहोउन्,’ खरेलले लोकान्तरसँग भने, ‘दोस्रो चरणमा हामी १० किलोको दरले चामल बाँड्दै छौं । लक्षित वर्गले पाउन् र राहत लिनु नपर्नेले यसमा लोभ नगरून् भनेर यसो गरेका हौं ।’

पाँचखाल नगरपालिकाले अर्को सूचना नभएसम्म नगर क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाएको छ । खाद्यान्नका होलसेल पसल हप्तामा दुईदिन सोमवार र शुक्रवार बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय नगरपालिकाले गरेको छ ।

‘कृषिको हब भएकोले बिउबिजन, भेटेरिनरी र मेडिकल पसल खोल्न दिएका छौं । डेरी सञ्चालकलाई साबुन, स्यानिटाइजर वितरण गरेका छौं भने आलु खन्ने कृषकलाई सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छौं,’ खरेलले भने ।

स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता !

पाँचखाल नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि शतप्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरूमा २ जना मेडिकल अफिसरसहित ४६ जना स्वास्थ्यकर्मी कार्यरत छन् । 

नगरप्रमुख खरेलले स्वास्थ्य चौकीमा रहेका चिकित्सकहरूलाई नियमित भेट्न जाने र उनीहरूको हौसला बढाउने काम गरिरहेका हुन्छन् । ‘तपाईंहरू वास्तविक हिरो हो, तपाईंहरूले गर्दा नै हामीहरूले सुरक्षित महसूस गरेका छौं, जनताको स्वास्थ्यमा खटिएका तपाईंहरूका लागि हामीले शतप्रतिशत् भत्ता बढाउने निर्णय गरेका छौं,’ स्वास्थ्य केन्द्रमा पुगेर हौसला थप गर्ने काम गरे । 

मेयर खरेललले स्वास्थ्यकर्मीका लागि पीपीई उपलब्ध गराएको र एक–एकवटा अतिरिक्त पीपीईको व्यवस्था गर्ने बताए । उनले विदेशबाट फर्केर घरमै सेल्फ क्वारेन्टाइनमा बसेका युवालाई मनोसामाजिक परामर्श दिन पनि निर्देशन दिए । 

एमबीबीएस डाक्टर समेत प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक उपचारका लागि आउने गरेका छन् । रुघाखोकी र ज्वरोको मौसमका कारण खासगरी बालबालिकाहरू धेरै आउने गरेको कर्मचारीहरूले बताए । बुधवार यही स्वास्थकेन्द्रमा एक गर्भवती महिलाले बच्चा जन्माइन् ।

नगरपालिकाले सडक भएका ठाउँमा दमकलमार्फत र अन्य ठाउँमा हातेपम्पमार्फत डिसइन्फेक्सन छर्किने गरेको छ । पाँचखाल नगरपालिकाको बीच भएर अरनिको राजमार्गले सिन्धुपाल्चोकको तातोपानी नाकालाई जोड्छ ।

पढ्नुहोस्, यो पनि :

अमेरिकाबाट फर्केका 'अपवाद मेयर': नगरमा साढे २ अर्बको खानेपानी, काठमाडौंको विकल्प बनाउने सपना

‘नेपालमा दोस्रो संक्रमित देखा परेपछि नै हामीले यस्तो अवस्था आउँछ भनेर पूर्वतयारी थालेका थियौं, ५ वटा सेमीआइसोलेसन वार्ड तयारी अवस्थामा राखेका छौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्जल अधिकारीले लोकान्तरसँग भने । 

संक्रमण नफैलियोस् भनेर एक वार्डदेखि अर्को वार्डमा पनि अघोषित लकडाउन गरिएको उनले बताए । 

भारतलगायत विदेशबाट आएका ४५ जनाको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे दैनिक जानकारी लिइरहेको डाक्टर अमन दत्तले जानकारी दिए ।

उनीहरूले होम क्वारेन्टाइनमा तीन साताको समययावधि गुजारिसकेका कारण जोखिम कम रहेको डा. दत्तले बताए । रोस्टर नै बनाएर उनीहरूको स्वास्थ्य अवस्थाको अद्यावधिक गर्ने गरिएको छ । 

स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार नगरपालिकामा चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सरसफाइ र जनचेतनाका लागि नगरपालिकाले प्रत्येक वडामा ५० हजार रुपैयाँ बजेट पठाइसकेको छ । 

स्थानीय मेडिकल पसलमा नपाइने र दीर्घ रोगीले सेवन गरिरहेका अत्यावश्यक औषधि नगरपालिकाले नै व्यवस्थापन गरेर ल्याइदिने गरेको छ ।

‘अत्यावश्यक औषधि स:शुल्क ल्याएर घरमा पुर्‍याइदिने गरेका छौं,’ मेयर खरेलले भने ।

सिटामोल, जीवनजल लगायतका औषधि स्वास्थ्य केन्द्रमा पनि पर्याप्त रहेको कर्मचारीहरूले बताए । 

उत्सव मनाउन खोज्नेहरूबाट संक्रमणको खतरा !

स्थानीयवासीले नगरपालिकाको अनुरोधलाई स्वीकार गरेपनि काठमाडौंलगायतका शहरबाट गाउँ फर्केकाहरूले चुनौती खडा गरेको नगरपालिकाका अधिकारीहरूले बताए ।

‘गाउँमा भेला भएर खसीबोका काटेर उत्सवै मनाउने गरेको पनि देखियो, यस्तो काम गर्न नदिन वडाध्यक्षमार्फत चेतना फैलाउने काम गरेका छौं ।

अनेकोटमा सशस्त्र प्रहरी लगाएर २ सय लिटर घरेलु मदिरा नियन्त्रण गर्‍यौं,’ खरेलले भने । 

तरकारी, खाद्यान्न र पानी ओसार्ने नाममा काठमाडौं लगायत शहरबाट लुकिछिपी आउनेहरूले पनि चुनौती खडा गरेको उनले बताए ।

कार्यसम्पादनमा बाग्मती प्रदेशबाट उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत समेत भएको पाँचखालले कोरोना संक्रमण रोकथामका लागि अरू ३ हप्ता लकडाउनको योजना बनाएको छ । 

पढ्नुहोस्, यो पनि :

पाँचखालका मनकारी मेयर : असहाय वृद्धको ऋण तिरिदिए, कोट फुकालेर लगाइदिए !
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x