×

NMB BANK
NIC ASIA

अस्पतालमा छोडेर परिवारका सदस्य भागे– कोरोनाका कारण मानिसले दुःख पाएका ५ भावुक घटना

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि बन्दाबन्दी र सामाजिक दूरीको नियम पालना गराइएको छ । यसैबीच मानवीय संवेदनालाई झक्झक्याउने केही घटनाहरू पनि सार्वजनिक भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पिताको मृत शरीर मोबाइलमा हेर्न बाध्य
भारतको मध्य प्रदेशको इन्दोरमा कोरोना संक्रमितहरूको उपचार गर्ने क्रममा भाइरस संक्रमण भएपछि डा शत्रुघ्न पंजवानीको मृत्यु भयो । उनका तीन छोराहरू अस्ट्रेलियामा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ भएकाले उनीहरू पिताको अन्तिम दर्शनका लागि भारत आउन पाएनन् । मृत्युको खबर पाएपछि उनीहरूले मोबाइलमा भिडियो कलमार्फत पिताको अन्तिम दर्शन गरे । 


Advertisment
Nabil box
Kumari

पिताको अन्तिम दर्शन गरिरहेका छोराहरूको तस्वीर देखेर मानिस भावुक भएका छन् । छोराहरू स्तब्ध देखिन्छन् र पिताको सम्मानमा हात जोड्दा उनीहरूको आँखामा आँसु देखिन्छ । 

Vianet communication
Laxmi Bank

डा पंजवानीको मृत्यु बिहीवार भएको हो । 

प्रहरी पिताको नजिक आउन नपाएकी छोरी
मध्य प्रदेशको इन्दोरमा एक प्रहरीको तस्वीर भाइरल भएर धेरैको ध्यान आकर्षित भयो । तस्वीरमा एक बच्ची आफ्ना पिताको काखमा जान मन गरिरहेकी छन् तर उनीहरूको बीचमा कोरोनाको पर्खाल छ । 

इन्दोरका प्रहरी निर्मल श्रीवासको तस्वीर हो यो । त्यसमा श्रीवास आफ्नो घरमा नपसी टाढै बसेर खाना खाइरहेका देखिन्छन् अनि ढोकामा छोरी उनलाई हेरिरहेकी छिन् । छोरीलाई आफूनजिक पार्दा कोरोना सर्छ भनी डराएका प्रहरी श्रीवास टाढै बसेका हुन् । 

आमाको मायासँगै कोरोनाविरुद्ध लडाइँ
उत्तर प्रदेशको लखनउमा रहेको केजीएमयूको कोरोना वार्डमा कोरोना संक्रमणबाट पीडित साढे २ वर्षको बालकलाई भर्ना गरिएको छ । उसलाई क्वारेन्टीनमा राख्न चिकित्सकहरूलाई गाह्रो पर्‍यो । केही नलागेपछि चिकित्सकहरूले आमालाई बच्चासँग बस्न दिए । बच्चाको स्वास्थ्य स्थिर छ । 

केजीएमयूमा सरुवा रोग विभागका प्रमुख डा हिमांशुले बताए, ‘सानो बच्चालाई आइसोलेसनमा राख्दा हामीलाई गाह्रो पर्‍यो । बच्चा रोएको रोयै गर्‍यो । त्यसले गर्दा उसको रोगप्रतिरोधक क्षमतामा पनि असर पर्न थाल्यो । उनी राम्ररी सुत्न पनि सक्दैनथियो अनि दूध पनि पिउँदैनथियो । पछि हामीले आमालाई बच्चासँग बस्न दियौं । आमाको मायाले बच्चा छिट्टो निको हुने अपेक्षा छ । 

कोरोना रोगी भन्दै अस्पतालमा मिल्कायो परिवारले 
छत्तीसगढको राजधानी रायपुरमा बोल्न र सुन्न नसक्ने एक व्यक्तिलाई उसको परिवारले अस्पतालमा छोडेर गएको छ । उसलाई कोरोनाभाइरस लागेको भन्दै एम्स रायपुरमा भर्ना गरिएको थियो । 

परिवारका मानिसले आफ्नो ठेगाना पनि गलत दिएका थिए । अनि हुँदै नभएको फोन नम्बर लेखाएका थिए । महामारीविरुद्ध लडेका एम्स स्टाफले ती अपांगको हेरचाह गर्नुपरेको छ । 

अधिकारीहरू प्रहरीको सहायताले परिवार पत्ता लगाउन खोजिरहेका छन् । ४९ वर्षीय उक्त अपांगलाई परिवारका मानिसले मार्च २९ मा अस्पताल ल्याएका थिए । 

परिवारका मानिसले उक्त व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्दै कोरोना परीक्षण गराउनुपर्ने बताए । उसलाइृ अस्पतालमा भर्ना गरियो । उसको बिजोक अवस्था देखेर उसलाई आइसोलेसनमा पनि राखियो । परीक्षणको नतिजा हेर्दा उसलाई कोरोना नेगेटिभ पाइयो । परिवारका मानिस चाहिँ गायब छन् ।

बाँचिरहेका मानिसका लागि खनियो चिहान
‘म ती मानिसका लागि चिहान खन्दैछु जो अहिले पनि जिउँदै छन् । मैले यस्तो काम गर्नुपर्दा दिक्क लागिरहेको छ ।’ दक्षिणपश्चिम बेलायतमा रहेको कोर्नवाल काउन्टीमा बस्ने क्लाइभ काल्बरको भनाइ हो यो । कोरोनाभाइरसबाट हुने सम्भावित मृत्युका लागि पहिले नै चिहान खनेर ठिक्क पार्ने काम उनलाई दिइएको छ । 

स्थानीय प्रशासनले आगामी दिनमा कोरोना महामारीका कारण हुने मृत्युको संख्या बढ्ने आकलन गरेको क्लाइभ बताउँछन् । त्यसैले उनलाई अतिरिक्त चिहान खन्ने जिम्मेवारी दिइएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x