×

NMB BANK
NIC ASIA

गण्डकीमा कोरोना परीक्षण, ३ सय १८ को नमूना संकलन

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा हालसम्म कोरोना परीक्षणका लागि ३ सय १८ जनाको नमूना संकलन गरिएकोमा २ सय ९८ जनाको नतिजा नेगेटिभ आएको छ । २ जनाको यसअघि नै पोजिटिभ आएकोमा अन्य १८ को नतिजा अझै आउन बाँकी छ।
बागलुङका २ महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरू दुवैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यहाँ कोरोना परीक्षणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट समेत बिहीवारदेखि सुरू भएको छ । बागलुङसहित गण्डकीभर ४ हजार १ सय ४६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी कोरोना परीक्षणमा हालसम्म २ बाहेक झण्डै ३ सय जनाको नतिजा नेगेटिभ आएको हो ।


Advertisment
Nabil box
Kumari

प्रदेशभर परीक्षणका लागि संघीय सरकारबाट ५ हजार थान किट प्राप्त भएको  छ । स्वास्थ मन्त्रालयको टोलीसमेत खटिएको छ ।
उच्च जोखिममा रहेको बागलुङमा करिब ९ सय जनाको कोरोना परीक्षण हुनेछ । गत ४ चैतयता बागलुङमा मात्रै ८ सय ३६ जना मानिस विदेशबाट फर्केका छन् ।

Vianet communication
Laxmi Bank

बागलुङमा कोराना संक्रमितको बासस्थान वरपर रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको टेष्ट गरिने छ । गण्डकीमा चैतयता ४ हजार ५ सय ४३ जना मानिस विदेशबाट फर्केका छन् ।

बागलुङपछि धेरै जना विदेशबाट आउनेमा स्याङ्जामा ५ सय ८१ र नवलपुरमा ५ सय ६० जना आए । कास्कीमा ३ सय ८९ जना फर्केका छन् । प्रदेशभर कुल २ सय ९ जना क्वारेन्टाइन र २ हजार ७ सय ७७ जना होम क्वारेन्टाइनमा छन् ।

यसैबीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बागलुङ पुगेर कोरोना संक्रमित २ जनालाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गण्डकीका ११ जिल्लामा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गाेरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x