कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि नेपाल समेत विगत २ हप्तादेखि ठप्प छ । लकडाउनले खेल क्षेत्र पनि अछुतो छैन ।
लकडाउनले मुलुक नै ठप्प भएपछि खेलाडी पनि सर्तकता अपनाउँदै घरमै सुरक्षित रुपमा बसेका छन् ।
खेलकुद क्षेत्रमा सधै व्यस्त हुने खेलाडी/प्रशिक्षकलाई अहिले घरपरिवारसँग समय बिताउने समय जुरेको छ । त्यसैमध्येका फुर्सदिला बनेका नेपाल क्रिकेट टीमका पूर्व खेलाडी/प्रशिक्षक हुन् शक्ति गौचन ।
उनी अहिले घरमै सानो छोरासँग रमाउँदै छन् । २०७५ मंसिर २९ गतेदेखि नेपाली क्रिकेटका बलिया खम्बा गौचनले क्रिकेट जीवनबाट सन्यास लिएपछि गृहजिल्ला रुपन्देहीको क्रिकेटको विकासमा लागेका गौचनलाई यति लामो समयसम्म फुर्सदिलो भएको कुनै अनुभव छैन । शक्ति नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्त्वपूर्ण पूर्व क्रिकेट खेलाडी हुन् ।
गृहनगर रुपन्देहीको भैरहवा नजिकै पडसरीमा निजी लगानीमा स्टार क्रिकेट एकेडेमी निर्माण गरी दक्ष खेलाडी उत्पादन गर्न जुटेका छन् शक्ति । उनी भन्छन्, ‘यो बन्दाबन्दीले मज्जाले फुर्सदिलो बनायो । घरमा ८ महिनाको छोरोसँग खेल्दै रमाउँदै दिन बिताइरहेको छु । बाहिर निस्किने अवस्था छैन । म पनि सुरक्षित छु, सबैलाई ‘स्टे होम’ भन्दै पनि आएको छु ।’
यति लामो समय घरमा बस्दा उनले नयाँ अनुभव लिएका छन् । छोरासँगै २ छोरी, पत्नी र आमालाई घरमा काममा सघाउँछन् उनी । बिहान अबेरसम्म सुत्छन् । आफू क्रिकेटबाट थाकेको नभई नयाँ दक्ष खेलाडी उत्पादनमा लाग्नको लागि खेल जीवनबाट टाढा भएको उनी बताउँछन् ।
शक्तिको एकेडेमीमा ६० जनाभन्दा बढी विद्यार्थीले क्रिकेट सिक्दै आएका छन् । एकेडेमीका सबै विद्यार्थी अहिले घर गएका छन् । गौचन एकेडेमीका प्रबन्धक हुन् । उनले आफ्नो एकेडेमीलाई अझै विस्तार गर्ने सोचमा छन् । उनी भन्छन्, ‘कम्तीमा ३ विगाहा जग्गा लिजमा पाए एकेडेमीलाई विस्तार गर्ने थिए तर जग्गा किन्न सक्ने अवस्था छैन । महंगो भइसक्यो । लीजमा पनि पाइएन ।’
उनी भन्छन्, ‘विभिन्न नर्मल डेभलपमेन्टलाई लक्षित गरी प्रशिक्षण पनि सबै रोकिए । अन्डर–१९ टुर्नामेन्ट गराउने योजना थियो, त्यो पनि रोकियो । मेरो योजनाका गेमहरूदेखि विश्वभर सञ्चालन हुने सबै खेलकुदको क्षेत्रलाई नराम्रो असर पुर्यायो ।’
देशमा राम्रा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खेल जीवनबाट सन्यास लिएका गौचनको बन्दाबन्दी अघिको दिनचर्या व्यस्त नै थियो । उनी बिहान–बेलुका आफ्नै एकेडेमीमा विद्यार्थीलाई प्रशिक्षण दिन्थे । दिउँसो बुटवलस्थित न्यू होराइजन बोर्डिङ स्कूलमा प्रशिक्षणमा जान्थे ।
होराइजनबाहेक अन्य विद्यालयमा पनि उनी प्रशिक्षक छन् । दैनिक विभिन्न शुभकार्य उद्घाटन तथा आथित्यताका लागि निम्तो आउँथ्यो । अहिले ती सबै ठप्प छन् । उनको इनडोर र आउटडोर खेल खेल्न मिल्ने एकेडेमी छ । उनले ६० लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा क्रिकेट सिक्ने विद्यार्थीलाई होस्टेलमा बस्ने व्यवस्था पनि छ । गौचनले आफ्ना दिवंगत पिताको सम्झनामा ‘स्वर्गीय खड्गप्रसाद गौचन मेमोरियल कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता’ पनि १ वर्ष अगाडि सम्पन्न गरेका छन् ।
होस्टेलमा १५ जना विद्यार्थी बस्छन् । शक्ति अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्स म्यान हुन् । उनी बायाँ हातले बलिङ गर्ने खेलाडी हुन् । नेपाली राष्ट्रिय टीमका लागि उनी ओमानविरुद्व सन् २००२ जुलाईमा टीममा प्रवेश गरेका थिए । सन् २०१८ जुलाई २०१८ मा शक्तिले नेदरल्यान्ड विरुद्वको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए ।
शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटाली राष्ट्रिय क्रिकेट टीमविरुद्व २००५ मा आईसीसी विश्वकप छनोट चरणको सिरिज अन्तर्गत यो उपलब्धि हात पारेका थिए ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...