×

X
Nic Asia
Marvel
Khukuri

क्युबाको स्वास्थ्य प्रणाली संसारकै उत्कृष्टमध्येको एक

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ । 

DHARA
LAxmi BAnk

अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार गरिरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् । 

अहिले कोरोनाभाइरसको महाव्याधि चलिरहेको बेलामा पनि क्युबाली चिकित्सकहरू मानिसको घरघरमा गएर स्वास्थ्य परीक्षण तथा सचेतना अभियान गरिरहेका छन् । त्यहाँ अहिलेसम्म १५ जनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । 


Advertisment
Bizbazar
Saurya island

क्युबाको स्वास्थ्य सेवा प्रणाली र अन्य देशको प्रणालीमा भएको भिन्नताको कुरा गर्दा क्युबामा स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकार मानिन्छ र त्यहाँको संविधानमै त्यसको प्रत्याभूति गरिएको छ । उता अमेरिकामा चाहिँ बिरामीलाई ग्राहकको जस्तो व्यवहार गरिन्छ र त्यहाँको स्वास्थ्य सेवा अत्यन्तै महंगो छ । 

क्युबाको क्रान्तिकारी समाजवादी विचारधाराले सरकारलाई नै राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिभारा सुम्पेको छ ।

Vianet communication
IME BANK INNEWS

क्युबाली चिकित्सकहरू रोग शुरू हुनुभन्दा अगावै रोकथामका औषधि दिन थाल्छन् । अनि रोग लागेमा उनीहरू त्यसलाई बल्झिन नदिनका लागि प्रयास गर्छन् । नागरिकहरूले चिकित्सक भेट्दा लाग्ने खर्चको चिन्ता पनि गर्नुपर्दैन किनकि उपचार निःशुल्क गरिन्छ । 

क्युबामा प्रत्येक १५० नागरिकका लागि एक चिकित्सक उपलब्ध छन् जुन विकसित मुलुकहरूको भन्दा निकै बढीको अनुपात हो । तर यस अनुपातका कारण चिकित्सकहरूको तलब थोरै हुने गरेको भनी आलोचकहरू टिप्पणी गर्छन् । 

मानवीय मिसन अन्तर्गत विदेशमा गएर काम गरेमा चिकित्सकहरूले बढी तलब पाउने सम्भावना हुन्छ । त्यसैले क्युबाले सन् १९६३ देखि यस्ता मिसनमा चिकित्सकहरूलाई पठाउने गरेको छ । अलि पुरानो आँकडा हेर्दा सन् २०१५ मा ३७ हजार क्युबाली चिकित्सकहरू संसारभरिका ७७ देशमा काम गरिरहेका थिए । 

व्यापारमा अमेरिकी प्रतिबन्ध भोगिरहेको क्युबामा चिकित्सकहरूले भित्र्याउने विदेशी मुद्राले क्युबाली सरकारलाई निकै राहत दिने गरेको छ । त्यसैले पनि होला शायद क्युबाले गुणस्तरीय चिकित्सक उत्पादनलाई निकै जोड दिने गरेको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

केराको चिप्स खानको लागि स्वादिष्ट मात्र होइन, धेरै स्वास्थ्य लाभहरू पनि छन् । तर, यो अलि महँगो भएकाले मानिसहरुले यसलाई कमै खाने गर्छन् । यो एक धेरै स्वस्थ खाजा हो, जुन काँचो केराबाट बनाइन्छ । बालबालिका, वयस्क, स...

असोज १६, २०७९

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।  गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालल...

असोज १७, २०७९

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्दे...

असोज १५, २०७९

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोद...

असोज १७, २०७९

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।  जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता ग...

असोज १६, २०७९

दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् ।  प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा ब...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x