×

NMB BANK
NIC ASIA

तपाईंको यो वर्ष कस्तो हुँदैछ ? हेर्नुहोस् ओजराज उपाध्यायले लेखेकाे वार्षिक राशिफल

बैशाख १, २०७७

NTC
Sarbottam
ओजराज उपाध्याय लोहनी
Premier Steels
Marvel

सोमवारदेखि विक्रम संवतको नयाँ वर्ष २०७७ साल शुरु भएको छ। तपाईंको २०७७ सालभरको राशिफल कस्तो छ ? प्रख्यात ज्योतिषी ओजराज उपाध्याय लोहनीले यस वर्षभरको राशिफल सार्वजनिक गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मेष


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष ग्रहगोचर राम्रो छ,वर्षभरी जस्तै नवौँ र दशौँमा बलशाली भएर रहेका शनि तथा बृहस्पति तृतीयस्थानमा उच्च राहुको अनुकूलताले सफलताको मार्गलाई अत्यधिक मजबुत बनाउनेछ।आँटेका कामहरू धेरै सफल हुनेछन्। नयाँकामको आरम्भ पनि हुनेछ।


Advertisment
Nabil box
Kumari

अरुको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनैतिक कार्यमा विशेष लाभ मिल्नेछ। भाग्य बलियो हुनुको साथै धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेभन्दा बढी नै मिल्नेछ। नयाँ प्रेममा प्रवेश र प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितलाई विवाह बन्धनमा जोडिने अवसर मिल्नेछ। विवाहितका लागि पुत्रलाभको अवसर पनि प्राप्त हुनेछ।

Vianet communication
Laxmi Bank

स्वदेशी तथा विदेशी शिक्षामा छात्रवृत्तिसहितको उच्च शिक्षा प्रप्त हुने बलियो सम्भावना छ। वर्षभरी नै भाग्य भावमा र कर्मभावमा राजयोगले भाग्योदय र कर्म प्राप्ति हुने योग भए पनि उतारचढाव प्रशस्त आएपनि अन्ततः परिणाम सकारात्मक रहनेछ। नयाँ नोकरी प्राप्त हुने र भएको नोकरीमा पदोन्नति हुने योग छ। राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुने समय छ।

नयाँ घरजग्गा र सवारीसाधन जोड्ने अवसर पनि यो वर्ष मिल्नेछ। अन्न आर्जनका विशेष अवसर यस वर्ष प्राप्त हुनेछ। लेखन मार्गमा ऐतिहासिक सफलता मिल्नेछ। खेलाडीका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्दछ। सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा केही अवरोध सिर्जना भएपनि समग्रमा यो वर्ष फलदायी रहनेछ। निर्धक्क विश्वासमा अघि बढेमा धेरै कठिनाई आउने र विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर मिल्नेछ। श्रावण, मार्ग, चैत्रमा कठिनाई आउन सक्ने, आषाढ, आश्विन, फाल्गुणमा धेरै सफलता मिल्ने र अन्य महिना मध्यम रहनेछन्।

वृष

समग्रमा यस वर्षको ग्रह गोचर राम्रो रहनेछ। अढैया शनिको अन्त्य भएको छ। भाग्यभावमा बसेका गुरुले भाग्यलाई चम्काउनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ। कर्मेश र भाग्य शनिबाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सवत्र फैलाउन सकिनेछ।

शनि बृहस्पतिको संयोग अन्त्यन्त फलदाई रहने भएकोले नयाँ नोकरीमा प्रवेश र भएको नोकरीमा पदोन्नति हुने बलियो सम्भावना छ। सक्रिय राजनीतिमा सफताको साथै राजनीतिक नियुक्ति हुने सम्भावना छ। कूटनैतिक सफलता प्रशंसनीय हुनेछ पढाईमा सफलता मिल्नुको साथै निःसन्तानहरूका लागि सन्तान प्राप्ति हुने योग यस वर्ष परेको छ।

आयेश, भाग्येश र कर्मेशको संयोग भने बलशाली रहनेछ। सहयोगी, दाजुभाइ तथा पिताबीचका सम्बन्धमा केही ह्रास आएपनि धैर्य गरेमा सफताको मार्गमा बाधा आउने छैन। विदेशयात्राको अवसर पनि मिल्न सक्छ। व्यापारमा राम्रै प्रगति हुनुको साथै प्रेममा संलग्न हुने र भएको प्रेमले वैवाहिक मार्ग अबलम्वन गर्नेछ।

आर्थिक उन्नतिका हिसाबले यो वर्ष निकै राम्रो रहनेछ। स्मरण रहोस् श्रावण २१ देखि मार्ग १ गतेसम्म अढैया शनिको प्रभावको समयमा माथि उल्लिखित कार्य/कुराहरू अघि नबढ्न सक्छ  त्यो १०० दिनको समयमा स्वास्थ्यमा बाधा, आर्थिक कठिनाई, लेनदेनमा विवादका साथै शरीरमा चोटपटक लाग्न सक्ने र मनमा चिन्ता बढ्ने देखिन्छ। पतिपत्नीबीचमा विवाद बढ्न सक्ने भएकोले त्यो समय संयम रहनुहोला। वैशाख, आषाढ, भाद्र, पौष महिनाप्रतिकूल र श्रावण, कार्तिक, चैत्र राम्रो तथा फलदायी र अन्य महिना मध्यम रहनेछन्।

मिथुन

वर्षारम्भमा अढैया शनि र अष्टम गुरुको प्रतिकूलताले स्वास्थमा बाधा आउनाले काम बिग्रनेछ। राजनीतिमा लाग्नेका लागि कूटनीतिक असफलताले पदच्यूत गराउन सक्छन्। व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ। भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ। धार्मिक र सामाजिक कार्यमा झुठा आरोपको सामना गर्नुपर्नेछ। उच्च रक्तस्रावको साथै मुटु, मस्तिकमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ।

नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ। विश्वासमा धोका हुनेछ। परिवारले साथ नदिने मित्र पनि स्वार्थमा प्रेरित भई आफूलाई फसाउन सक्रिय हुनेछन्। पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ। पिता, पुत्रबीच सम्वन्ध बिग्रनाले घरझघडा निकै बढ्नेछ। नोकरीमा झुठाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थानान्तरण हुने र छुट्ने योग छ।

आम्दानीको मार्ग सबै बन्द हुनेछन्। सन्तानबाट पनि खुसी नमिल्ने अवस्था छ। श्रावण १ देखि बृहस्पति अनुकूल हुनुको साथै श्रावण २१ देखि मार्ग १ गतेसम्म शनि अनुकूल हुने हुँदा त्यो समय व्यापारमा लाभ हुनुको साथै व्यापारमा र वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ।

पति पत्नीबीचको सम्बन्धमा पनि उल्लेखनीय सुधार आउनेछ। परिवारमा सकारात्मक सम्बन्ध बन्ने तथा नोकरीमा प्रगति, उन्नतिको साथै राजनीतिमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ। आर्थिक लाभ प्रशस्त मात्रामा गर्न सकिनेछ। महत्वपूर्ण काम यही समयमा गर्नु उचित हुनेछ। अन्य समयमा संयम हुनु राम्रो वैशाख, भाद्र, मार्ग महिना राम्रो ज्येष्ठ, आश्विन, माघ नराम्रो अन्य महिना मध्यम छन्।

कर्कट

यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ। आँटेका काममा सफलता सजिलै मिल्नेछ। बौद्धिक कार्यमा अग्रस्थान मिल्नेछ। पढाइमा सफलता मिल्नेछ। लेखन कार्यमा तीब्रता आउनेछ। साहित्य, कला, गीतसङ्गीतमा हुनेका लागि अति उत्तम रहनेछ। शैक्षिक उन्नति राम्रो छ। छात्रवृत्ति प्राप्त हुने योगको साथै व्यावसायिक यात्रामा संलग्न हुने सम्भावना छ।

विदेशिएर भुलेका मित्रहरूले पुनः सम्झना गर्नेछन्। आयात निर्यातमा लाग्नेका लागि यो वर्ष अनुकूल रहनेछ। कूटनीतिक कार्यमा लाग्नेका लागि यो वर्ष अति उत्तम रहनेछ। आम्दानीको अवसर प्रशस्त मिल्नेछ। मित्रता प्रेममा बदलिने, प्रेम वैवाहिक यात्रातिर लम्कने समय छ। पतिपत्नीबीच सुमधुरसम्बन्ध निर्माण हुनेछ।

नोकरीमा पदोन्नतिको साथै लाभप्रद स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ। राजनीतिमा ऐतिहासिक सफलता पाउने योग छ। जोश र जाँगर बढ्ने नयाँ कामको अवसर पनि मिल्नेछ। रोकिएको काम सुचारु हुनेछन्। सन्तान प्राप्तिको पनि बलियो सम्भावना छ। भाग्य बलियो भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचीको साथै तीर्थयात्राको पनि सम्भावना छ।

श्रावण १ गतेदेखि बृहस्पति प्रतिकूल हुने हुँदा स्वास्थ्यमा बाधा आउने, शत्रु ाढ्ने काममा अवरोध आउने, सामाजिक कार्यमा बदनाम हुन सक्नेछ। व्यापारमा उतारवचढाव आउने, यात्रामा संकट आउने, मित्र तथा परिवारसँग केही विमति रहने भएकोले संयम हुनु राम्रो। ज्येष्ठ, आश्विन, फाल्गुन शुभ र लाभदायक रहनेछन्। आषाढ, कार्तिक, फाल्गुन महिना संकट आउने र अन्य महिना मध्यम रहनेछन्।

सिंह

सिंह राशिलाई यो वर्ष मध्यम रहनेछ। वर्षारम्भमा षष्ठ भावमा रहेका गुरुले स्वास्थ्यमा बाधा, शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ। पढाइमा अवरोध आउनुको साथै सन्तानसँग विमति, लेखन मार्गमा बाधा आउन सक्ने सम्भावना छ। राहु, शनिको अनुकूल प्रभाव वर्षभरी नै रहनेछ।

आम्दानीका अवसर प्रशस्त मात्रामा मिल्नेछन्। मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्ने, रोकिएका काम सुचारु हुने र नयाँ कामको अवसर पनि मिल्नेछ। ज्ञान, विज्ञानमा लागेकाका लागि समय अनुकूल रहनेछ। आफन्त, मित्र तथा परिवारबाट उचित सहयोग मिल्नेछ। व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ। वैदेशिक र कूटनैतिक कार्यमा संलग्न हुनेका लागि यो शुभ वर्ष हो।

भाग्यले साथ दिनेछ। सामाजिक कार्यमा सम्मान पाउने योग छ। नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ। राजनीतिमा गुमेका स्थान पूनः प्राप्तिको अवसर मिल्नेछ। सहयोगीको सहयोग पूर्ण रुपमा पाइनेछ। दाजुभाइ, दिदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनीतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ ।श्रावण १ गतेदेखि कार्तिक २८ गतेसम्म बृहस्पति धेरै अनुकूल रहने हुनाले बौद्धिक उन्नति तथा लेखन मार्गमा विशेष सफलता मिल्नेछ। सन्तान लाभ हुने सम्भावना पनि छ।

न्याय क्षेत्रमा रहनेका लागि महत्वपूर्ण स्थान मिल्ने वर्ष हुनेछ। राजनीतिमा सबैलाइ समेटेर नेतृत्व गर्ने स्वर्ण अवसर पाउने मौका हात लाग्नेछ। स्वदेश तथा विदेशमा सम्मान पाउने योग पनि छ । आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल रहनेछन् भने अन्य महिना मध्यम रहनेछन्।

कन्या

समग्रमा कन्या राशिलाई यो वर्ष राम्रो रहनेछ। वर्षारम्भमा पञ्चम शनि बृहस्पतिको संयोग अति नै महत्वपूर्ण हुनेछ। चतुर्थेश गुरु,पञ्चमेश शनिबाट हुने निचभङ्ग राजयोगका कारण ऐतिहासिक सफलता प्राप्त हुनेछ। नयाँ घर, नयाँ सवारी जोड्ने अवसर पनि मिल्नेछ। समाजमा तपाईँ र तपाईँका शब्दले अरुको मन सजिलै जित्न सकिनेछ।

न्याय क्षेत्रमा लाग्नेका लागि यो वर्ष निकै अनुकूल रहनेछ। विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरी स्वदेश तथा विदेशमा प्रस्थान गर्ने अवसर पनि मिल्नेछ। प्रगति उन्नतिका लागि मित्र तथा परिवारले राम्रो सहयोग गर्नेछन्। विदेशिएर भुलिरहेका मित्रहरूले पुनः सम्झना गर्नेछन्। व्यापारमा राम्रो उन्नति भई धन आर्जनका अवसर पनि प्राप्त हुनेछन्।

नयाँ प्रेम हुने पुरानो प्रेमले वैवाहिक मार्ग प्राप्त गर्ने योग छ। पति, पत्नीबीच हुने सुमधुर सम्बन्धले घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ। कूटनीतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ। ज्ञानविज्ञानका क्षेत्रमा हुनेको लागि यो वर्ष फलदायी रहनेछ। सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ। नोकारीमा आफ्नो दक्षता देखाउँदै आफूलाई अग्रस्थानमा उभ्याउने अवसर मिल्नुको साथै पदोन्नति स्थानान्तरण उचित समय उचित स्थानमा हुनेछ।

राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ। श्रावण २१ देखि मार्ग १ गतेसम्म पुन: अढैया शनि प्रारम्भ हुँदा घरेलु समस्या बढ्ने, स्वास्थ्य गडबड हुने, मित्र तथ परिवारले साथ नदिने आर्थिक संकट बढ्ने हुँदा त्यो समय महत्वपूर्ण काम नगर्नु उचित हुनेछ।

तुला

वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा नीच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै बढ्नेछ। मित्र तथा परिवारको असहयोगले दैनिकीमा अप्ठ्यारा प्रशस्तै आउनेछन्। बहानले पटकपटक धोका दिनेछ। शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन्।

स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ। विना कारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ। कामको बीचमा अवरोध आउने, सहयोगीबाट धोका हुने, दाजुभाइले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नु पर्नेछ। परिवारिक समस्या र मित्रको सहयोगमा व्यस्त हुँदा पढाइमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ।

सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन्। प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ। व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ।श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ। रोकिएका काम बन्नेछन्। नयाँ र आयमूलक काम हात पर्ने छन्। सहयोगी र दाजुभाइको सोचमा परिवर्तन आउनेछ। पढाइमा अपेक्षित सुधर आउनेछ। नोकरीमा आएको अवरोध हटेर जानेछ। राजनीतिमा भने सफलता मिल्नेछ। महत्वपूर्ण काम यही समयमा गर्नुहोला। भाद्र, वैशाख, पौष, महिना उत्तम रहनेछन्। ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन्। शनिदेवको आरधना गर्नु वेश हुनेछ।

बृश्चिक

वर्षारम्भमा ग्रह गोचर राम्रो रहने छ। सानातिना समस्या आए पनि समग्रमा सफलता धेरै पाउने वर्ष हो। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग बलियो छ। सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ। दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ। बोलीको प्रभाव राम्रो हुनुको साथै अरुको विश्वास सजिलै जित्ने अवसर पनि मिल्नेछ।

कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ। पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ। घरजग्गा जोड्ने तथा सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ। सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावनाका साथै भएका सन्तानको तीब्र प्रगति हुने योग छ। व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ।

प्रेम गर्ने अवसर पनि मिल्नेछ। वैवाहिक सम्वन्धमा बाँधिने योग पनि बलियो छ। भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योग छ। नोकरीमा उच्चस्थान प्राप्तिका साथै स्वीकार्य स्थानमा स्थानन्तरण हुनेछ। औद्योगिक कार्यमा संलग्नका लागि वर्ष फलदायी रहनेछ।

कृषि तथा निर्माण व्यावसायिक व्यक्तिका लागि पनि ग्रह गोचर राम्रो रहनेछ। श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः शनि साढेसाती आरम्भ हुने हुँदा समय अनि कठिन हुन्छ। धन हानि हुने अनावश्यक विवादमा फस्न सक्ने शत्रु बढ्ने स्वास्थ्यमा अवरोध आउने योग छ। घरेलु समस्याले सताउने छ नोकरी तथा राजनीतिमा उतारचढाव आउने समय हो। विश्वास गरेकाले धोका दिनेछन् मन अशान्त हुनेभएकोले यो समय धैर्य गर्नु उचित हुनेछ। आषाढ,, कार्तिक फाल्गुण महिना प्रतिकूल रहनेछन् । वैशाख, आश्विन, माघ अनुकूल रहनेछन् । अन्य महिना मध्यम रहनेछन्।

धनु

यस वर्ष ग्रह गोचर समग्रमा प्रतिकूल रहे पनि गुरुको अनुकूलताले बोलिको प्रभाव बढ्ने, अरुको विश्वास जितेर महत्वपूर्ण काम प्राप्त गरी सफल बनाउन सकिनेछ। मानसम्मान पनि पाउने योग छ। मित्र तथा परिवारले पनि कुरा बुझेर सहयोग गर्नेछन्। घर तथा सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ। नयाँ मित्रको आगमन हुने र परिवारको सदस्य संख्या वृद्धि हुने सम्भावना पनि छ। सन्तानबाट सहयोग र सदभाव मिल्नेछ।

नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना रहे पनि श्रावण १ गते देखि कार्तिक २८ गतेसम्मको समय भने शनि, राहु र केतु तथा वर्षारम्भमा मंगल समेत प्रतिकूल हुनाले सानोसानो काममा पनि सफलता पाउन गाह्रो छ। धन भण्डारणमा शनिको बास रहेकोले धन सञ्चित हुन पनि गाह्रो छ। शत्रु वृद्धि हुनुको साथै स्वास्थ्यमा बाधा आउनेछ।

आर्थिक कारोबारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ। सहयोगीबाट सहयोगभन्दा बढी अवरोध हुने, दाजुभाइबीच द्वन्द्व हुने तथा पारिवारिक कलह बढ्ने सम्भावना यस वर्ष रहन्छ। प्रेमवियोग हुनाले मन अशान्त हुनेछ। पतिपत्नीबीचको विवाद निकै चर्कनेछ। संयम नभएमा बिछोडको अवस्थासम्म आउन सक्छ।

व्यापारमा धेरै अप्ठ्यारो आउनेछ। वैदेशिक कार्यमा अवरोधको सामना गर्नु पर्नेछ। उच्च रक्तचााव बढ्नाले मुटुमस्तिष्कमा पीडा हुन सक्छ। विपरित लिङ्गीबाट झुटा आरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो। यो समय महत्वपूर्ण काम र निर्णय नगर्दा उचित होला। ज्येष्ठ, कार्तिक र फाल्गुण राम्रो महिना हुन भने श्रावण र मार्ग तथा चैत्र अशुभ महिना हुन। अन्य महिना मध्यम रहनेछन ।

मकर

साढे सातिको प्रभाव वर्षभरी नै रहनेछ। कहिले राशिमा नीच तथा केन्द्रादी राज्य भङ्ग योग बनाएर बसेको गुरु कहिले सासिमा कहिले बाह्रौँ धनमान हानि गरेर बस्ने हुनाले यो वर्ष प्रतिकूल रहनेछ। अशान्त मन र कडा मिजासका कारण आफन्तबाट समेत आक्रमित हुनु पर्नेछ।

धार्मिक पक्षमा मन नजाने झुठा मुद्दामामलामा फस्ने सम्भावना छ। उच्च रक्तचाव बढ्नुको साथै मुटु मस्तिष्कमा पीडा हुन सक्छ। धनमाल हराउनुको साथै दाँत र मुखमा पीडा पनि धेरै हुनेछ। पेट दुखाइ र हड्डी, नसाको समस्या वर्षभरी नै रहनेछ। नोकरीमा सचेत नभएमापटक पटक स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ।

 राजनीतिमा प्रशस्तै अप्ठ्याराको सामना गर्नु पर्नेछ। सानो भूलको पनि परीणाम भयावह बन्नसक्छ। निर्दाेष भए पनि दोषी बनेर आफ्नो स्थान गुमाउनुपर्ने अवस्था आउन सक्ने भएकोले कसैको पनि विश्वास गर्नु सङ्कट निम्त्याउनुहो भन्न सकिन्छ। श्रावण १ गतेदेखि कार्तिक २८ गते सम्मको समय कठिन छ। यो समयमा महत्वपूर्ण काम नगर्नु उचित होला। संयम भएमा पढाइमा उन्नति, सन्तानको प्रगति र व्यापारमा लाभ उठाउन सकिनेछ।

वैदेशिक कार्यमा र कूटनैतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिनेछ। नयाँ र भरपर्दो प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने पनि बलियो सम्भावना छ। धार्मिक कार्यमा र सामाजिक कार्यमा संयम भएर अघि बढेमा लाभ उठाउन सकिनेछ। आम्दानीका अवसरहरु प्रशस्तै मिल्नेछ। दिदीबहिनी र छोरीबुहारीको राम्रो सहयोग पाउनुहोला। वैशाख, भाद्र र पौष महिना अशुभ रहनेछन्। आषाढ,मार्ग र चैत्र शुभ रहनेछन र अन्य महिना मध्यम रहनेछन्।

कुम्भ

ग्रह गोचर वर्षको धेरै समय प्रतिकूल रहनेछ। वार्षारम्भमा आद्य साढेसाति र द्वितीय एकादशेस गुरु द्वादश भावमा बस्ने हुनाले सञ्चित धनको नास हुनुको साथै आम्दानीका सबै मार्ग बन्द हुनेछन्। अनावश्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ। अरुबाट तीव्र आलोचना हुने र धन माल हराउने सम्भावना छ।

उपलब्धिहीन कार्यमा समय खर्च हुनेछ। दाजुभाइको र सहयोगीको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिने छैन। दाँत र मुखमा पीडा हुने, उच्च रक्तश्रावले गर्दा मुटु मस्तिष्कमा पीडा पनि बढ्न सक्छ। हड्डी र नसामा समस्या आउने सक्ने योग पनि छ। सन्तानसँग विमति रहने योग भएपनि श्रावण २१ देखि कार्तिक महिना भरी समय अनुकूल रहनेछ।

यो अनुकूल समयमा धन प्रसस्त कमाउन सकिनेछ। बोलिको प्रभावले अरुलाई विश्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ। उच्च मनोबल र नयाँ जोसका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउन र नयाँ काम सुरु गर्न सहज हुनेछ। परिवार र मित्रबाट उचित सहयोग मिल्नेछ। घरघडेरी तथा सवारीसाधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ। राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ।

विज्ञानमा अनुसन्धान गर्न लागिपरेकाले चमत्कारिक सफलता हासिल गर्नेछन्। व्यापारमा र वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ। कुटनैतिक कार्यमा सफलता र राजनीतिक नियुक्तिको योग बलियो छ। महत्वपूर्ण काम यही समयमा गर्नु होला। वैशाख, श्रावण र पौष महिना राम्रो रहनेछ, भने ज्येष्ठ, आश्विन र माघ अशुभ रहनेछन्। अन्य महिना मध्यम रहनेछन्।

मीन

समग्रमा ग्रह गोचर अनुकूल रहे पनि चौथा रहुको प्रतिकूल प्रभावले केही कठिनाइको सामना पनि गर्नु पर्ला। वर्षारम्भमा एकादश भावमा रहेको शनि तथा गुरुको अनुकूलताले प्रशस्त आयआर्जन गर्न सकिनेछ। तपाईँको सत्यतालाई सबैले स्वीकार्ने र साथ दिँदै सफल हुन सहयोग गर्ने योग छ।

शरीर स्फुर्तिलो हुनाले रोकिएका पुराना काम तीव्र गतिमा अघि बढ्नेछ। नयाँ कामका अवसर पनि मिल्नेछन्। सहयोगीबाट र दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो सहयोग पाइने हुँदा वर्ष निकै अनुकूल रहनेछ। न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा भएकाले ऐतिहासिक सफलता प्राप्त गर्न सक्नेछन्।

सन्तान प्राप्ति र भएका सन्ताबाट सहयोग र सम्मान पर्याप्त मिल्ने योग छ। वैदेशिक व्यापार, वैदेशिक शैक्षिक छात्रवृत्ति र कूटनैतिक कार्यमा रहेकालाई यो वर्ष ग्रहले पूर्ण साथ दिनेछ। नयाँ प्रेमको प्रस्ताव र पुराना प्रेम तथा विना प्रेमकाको पनि वैवाहिक बन्धनमा बाँधिने योग पनि छ। धार्मिक कार्यमा र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ।

नोकरीमा लाभप्रद स्थानमा स्थानान्तरण र पदोन्नति हुने बलियो सम्भावना छ। राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ। श्रावण २१ गतेदेखि केन्द्रादी दोष बोकेर गुरु चण्डाल योग समेत चतुर्थ राहु र दशम केतुको प्रतिकूलताले मित्रहरुसँग विमति, परिवारको असहयोग र आमा वुवा सँग केही मतभेद हुन सक्ने भएकोले त्यसप्रति सजग रहनुहोला। महत्वपूर्ण निर्णय सकेसम्म यो समयमा नगर्नु उचित हुनेछ। ज्येष्ठ, भाद र माघ अनुकूल रहनेछन भने अषाढ, कार्तिक र फाल्गुण प्रतिकूल रहनेछन्। अन्य महिनाहरु मध्यम रहनेछन्।

-ज्योतिषी ओजराज उपाध्याय लोहनीको फेसबुकबाट

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x