×

NMB BANK
NIC ASIA

कोरोनाले निम्त्याएको सकस

लकडाउन लम्बिएपछि झनै बढ्यो घर फर्किनेको लर्को, कोही ट्रकमा झुण्डिएर त कोही पैदलै यात्रा

बेरोजगार बनेका मजदुरको आक्रोश– रासन पानी नदिने, घर नजा भनेर मात्र हुन्छ ?

बैशाख ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को अवधि लम्बिएपछि काठमाडौं छाड्नेको लर्को लाग्न थालेको छ ।

Muktinath Bank

सरकारले मंगलवार चौथोपटक लकडाउनको अवधि बढाएर वैशाख १५ सम्म पुर्‍याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार मात्र सयौं सर्वसाधारण नागढुंगा नाका हुँदै बाहिरिए । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा मजदूरी गर्ने उनीहरू नागढुंगा र खानीखोलासम्म पैदलै हिँडेर पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

रातिको समयमा बाटोमा अलपत्रलाई काठमाडौंबाट फर्केका ट्रकले उनीहरूको रूटसम्म लैजाने गरेका छन् ।

Vianet communication
Laxmi Bank

सरकारले लकडाउनको समयमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ, तर मजदुरहरू भने झण्डै एक महिना काम गर्न नपाउँदा खाने कुरा सकिएकाले हिँड्न बाध्य भएको बताउँछन् । 

‘हामीलाई घर नजाऊ भनेर मात्र भयो र सरकारले रासन पानी दिनुपर्दैन ? हामी भोकभोकै मर्ने ?’ टाउकोमा तीन वर्षको छोरा बोकेर हिँडेका बर्दियाका पोखम चौधरीले भने ।

पत्नीले झोला बोकेकी थिइन् भने पतिले छोरालाई बोकेर हिँडेका थिए । विभिन्न स्थानीय निकायले राहात बाँढे पनि आफूहरूले नपाएको उनले गुनासो गरे ।

बर्दियाका जगत थारू, शरद चौधरी लगायत ५ जना मजदुर भक्तपुरको नगरकोटबाट हिँडेर मंगलवार साँझ थानकोट पुगेका थिए ।

‘घरबाट फोन गरेर सके गाडीमा नभए पैदलै भएपछि घर आउनु भनेपछि बिहान ८ बजे नगरकोटाबाट हिँडेका हौ,’ जगतले लोकान्तरसँग भने, ‘ट्रक पाइयो भने ट्रकमा जाने, नभए जति दिन पैदलै भएपनि घर पुग्ने हो ।’ 

पैदलै घर हिँडेका सबैको एउटै भनाइ छ– ‘लकडाउन कति लम्बिने हो अनिश्चित भयो, भएको खर्च सकियो, खाने कुरा छैन । ललितपुरको भैंसेपाटीमा भवन निर्माणको काम गर्ने दाङ तुल्सिपुरका आशिश चौधरी, विषम चौधरी लगायत ५ जना काठमाडौंको ढुंगेअड्डामा भेटिए । 

संगै काम गर्नेहरू दुई दिनअघि ट्रक र पैदलै हिँडेर घर पुगेको थाहा पाएपछि उनीहरू मंगलवार झोला बोकेर तीनथाना पुगेका थिए ।

‘घरमा ९ वर्षको छोरी छ, फोनमा घर आउनु भनेर रोएपनि मन मानेन, हिँडें’ विषमले भने । 

दाङका ५ जनासँग कुरा गर्दागर्दै कलंकीबाट एउटा ट्रक आयो । नारायणगढसम्म जाने भए चढ्नुस्, तर ५ सय रूपैयाँ लाग्छ ।

मजदुरहरू हतार–हतार ट्रकको पछाडि चढे । प्रहरीले कडाइ गर्छ भने ट्रकले यात्रुलाई श्वास फेर्न अप्ठ्यारो पर्नेगरी त्रिपाल लगाएको थियो । 

पृथ्वी राजमार्ग भएर पैदलै घर फर्किनेका लागि थानकोटमा निःशुल्क खाजा र पानी वितरण गरिरहेका राजकुमार गोपालीका अनुसार सोमवार मंगलवार काठमाडौंबाट बाहिरिनेको झनै लर्को लागेको छ । 

‘हामीले आज दिउँसो मात्र १ सय ७० जनालाई खाजा र पानी वितरण गर्‍यौं, साँझ परेपछि काठमाडौं बाहिरिनेको लर्को झन बढेको छ,’ गोपालीले लोकान्तरसँग भने ।

गोपालीसहित अशोक मानन्धर, विजेन शाही र विष्णु शाही लगायतले थानकोटमा खाजा तथा पानी वितरण गर्दै आएका छन् ।

गोपालीका अनुसार थानकोटबाट बाहिरने अधिकाशं बर्दियाका छन् । सोमवारको तुलनामा मंगलवार दोब्बरको संख्यामा सर्वसाधारण बाहिरिएको थानकोटका अर्का एक स्थानीयले सुनाए ।  

ना८ख १३७६ नम्बरका चालक प्रकाश परियारले एक ठाउँको प्रहरीले अलपत्र पैदल यात्रुलाई लैजान आग्रह गर्ने र अर्को ठाउकोले किल ल्याएको भनेर दुःख दिने गरेको बताए । 

‘बर्दिया जानेलाई बुटवलसम्म लैदिँदै थिए, कावासोतीमा प्रहरीले मलाई दुई घण्टा थुन्यो,’ चालक परियारले लोकान्तरसँग भने । 

बीपी राजमार्ग भएर महोत्तरी, सप्तरी र सिराहासम्म पनि सर्वसाधारण पैदलै हिँडेका छन् । दक्षिणकाली कुलेखानी नाकाबाट पनि बारा, पर्सा र रौतहटका सर्वसाधारण फर्केका छन् । 

अघिल्लो हप्तासम्म पैदल हिँड्नेको लर्को लागेपनि पछिल्ला दिनमा कमी आएको इलाका प्रहरी कार्यालय फाखेल मकवानपुरका असई भरत राउत कुर्मीले जानकारी दिए ।

बुधवारबाट भने प्रहरीले राजधानीबाट बाहिरिन नदिन केही कडाइ गर्न थालेको छ । यसक्रममा केहीलाई थानकोटबाट फर्काइएको प्रहरीले जनाएको छ । 

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x