×

NMB BANK
NIC ASIA

लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

बैशाख ४, २०७७

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब दुई सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो ।

Muktinath Bank

निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए  । 'मजदुर र सामग्री भएका आयोजनालाई सञ्चालन गराएका छौँ', उनले  भने, 'निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरेका छौँ ।' उहाँका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । दुई सय २० केभी क्षमताको दाना सवस्टेशन र प्रसारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सवस्टेशन र प्रसारण लाइन वैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सञ्चालन गरिएको प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिए  ।    भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जेपी) एशोसिएट्सका ५०० मजदुर आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब तीन हप्तासम्म आयोजनाको काम रोकिएको थियो । काम नहुँदा मजदुर क्याम्पमा बसेका थिए ।


Advertisment
Nabil box
Kumari

'मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ', रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भने, 'प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसँग समन्वय गरेका छौँ ।' अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ ।

Vianet communication
Laxmi Bank

मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । धवलागिरि गाउँपालिकामा ५० मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । मजदुर, प्राविधिक र कर्मचारी घर गएकाले निलगिरिखोला जलविद्युत्को काम भने रोकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोलाको बाँध, टनेल, पेनस्टक परीक्षण र पावरहाउसमा उपकरण जडान भइरहेको छ ।   बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम भने रोकिएका निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए  । सडक, सिँचाइ, नदी नियन्त्रण र भवनका योजनामा काम गर्ने धेरै मजदुर घर गएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x