×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसको 'नेपाली भर्सन' : लक्षण देखिएका संक्रमित छैनन्, संक्रमितमा लक्षण 'छैन' !

विज्ञ भन्छन् - नेपालमा यो 'केस स्टडी'को विषय बन्न सक्छ

बैशाख ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड– १९ को प्रभाव नेपालमा डरलाग्दो स्तरमा भने फैलिसकेको छैन । स्वास्थ्य मन्त्रालयले अझै पनि नेपाल दोस्रो चरणमै रहेको बताउँदै आएका छन् ।

Muktinath Bank

पहिलो चरण भनेको बाहिरबाट आएका मान्छेहरूमा देखिने र दोस्रो चरणमा बाहिरबाट आएका संक्रमितबाट थप संक्रमण हुनु हो । कैलालीमा भारतबाट आएको एक व्यक्तिमा देखिएको कोभिड– १९ परिवारका सदस्यमा फैलिएको थियो । त्यो भन्दा बाहेक नेपालमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको उदाहरण पुष्टि भइसकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले पछिल्लो समयमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटमार्फत परीक्षणको दायरालाई ठूलो बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म पीसीआर (पोलिमरेज चेन रियाक्सन) र आरडीटीमार्फत जम्मा १५ हजार ८ सयको परीक्षण गरिसकेको बताए । तीमध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड– १९ को संक्रमण पुष्टि भएको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर जम्मा १ सय १७ जना आइसोलेसनमा छन् । आइसोलेसनमा भएकाहरू सम्भावित संक्रमित हुन सक्छन् । तीमध्ये धेरैमा कोभिड– १९ संक्रमणमा जस्तै लक्षणहरू देखिएका छन् ।

Vianet communication
Laxmi Bank

लक्षण देखिएकामा संक्रमण नहुने तर संक्रमितमा लक्षण नदेखिने !

पछिल्लो समयमा नेपालमा कोभिड– १९ को लक्षणहरू देखिएका धेरैमा संक्रमण नेगेटिभ पाइएको छ भने कतिपय संक्रमितहरूमा कुनै लक्षण नै देखिएको छैन । कोभिड– १९ को लक्षण देखिएका एकाध बिरामीको मृत्यु पनि भइसकेको छ । तर उनीहरूमा संक्रमण देखिएन ।

राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा १ जना महिला र १ जना पुरुषमा कोभिड– १९ को संक्रमण देखियो तर उनीहरूमा लक्षण देखिएको थिएन । गत चैत ५ गते बेलायतको लण्डनबाट आएका उनीहरूमा वैशाख १ गते संक्रमण भेटिएको थियो ।

यसले दुईवटा प्रश्न उब्जाउछ । पहिलो करीब १ महिनासम्म संक्रमितमा कुनै लक्षण किन देखिएन ? दोस्रो परिवारकै सदस्य रहेका अर्को एकजनामा आरडीटी किटबाट परीक्षण गर्दा पोजिटिभ तर पीसीआरबाट परीक्षण गर्दा किन नेगेटिभ देखियो ?

यी दुई प्रश्नको जवाफ अहिलेसम्म फेला नपरेको जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

लोकान्तरसँग डाक्टर दीक्षितले भने, 'यसलाई अहिलेसम्म प्रश्नकै स्तरमा राखौं । वृहत् अनुसन्धानपछि मात्र यसको जवाफ यही हो भन्न सकिन्छ ।'

डाक्टर दीक्षितले नेपालमा जुन परिमाणमा कोभिड– १९ फैलिने आशंका गरिएको थियो, त्यसरी नफैलिएको बताए । यसका धेरै कारणहरू हुन सक्ने उनको भनाइ छ । 'पहिलो त विश्वव्यापी रूपमै ७० वर्ष भन्दा बढी उमेरसमूहका व्यक्तिहरूलाई यो संक्रमणको भयावह असर देखिएको छ,' उनले भने, 'नेपालमा उक्त जनसंख्या समूह निकै सानो भएको र संक्रमितको सम्पर्कमा नआएको हुनाले त्यो स्तरमा नदेखिएको हुनसक्छ । दोस्रो भाइरसहरू विभिन्न ठाउँबाट आएका छन् । ती नेपालको हावापानीमा आउँदा म्युटेट हुन सक्ने सम्भावना देखिन्छ । म्युटेसनले भाइरसलाई थप शक्तिशाली पनि बनाउन सक्छ र थप कमजोर पनि बनाउन सक्छ ।'

डाक्टर दीक्षित

उनले भारतमै पनि २ प्रतिशतभन्दा बढीको मृत्यु भएको आंकडा रहेको बताए । 'तर नेपालमा संक्रमितमा पनि लक्षण नदेखिनु, संक्रमितले थप संक्रमण गर्न नसक्नु, संक्रमित भएर उपचार गराइरहेकाहरूको अवस्था पनि अत्यन्त सामान्य देखिनु केस स्टडी बन्न सक्छ,' डाक्टर दीक्षितले भने ।

नेपाल प्रवेश गरेको भाइरसनै  कमजोर हो त भन्ने प्रश्नमा डाक्टर दीक्षितले भने, 'अहिले नै भाइरस कमजोर या बलियो रहेको निष्कर्षमा पुग्नु घातक हुन्छ । विश्वभरि नै यो भाइरस देखिन शुरू भएको जम्मा ४ महिना भयो । नेपालमा भाइरसको अलि फरक ट्रेन्ड देखिएको साँचो हो । यसको अध्ययनविना केही भन्न सकिँदैन तर प्रश्न भने उठाउन सकिन्छ ।'

शायद हाम्रो इम्युनिटी बढी छ कि !

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशी संक्रमितमा लक्षण नदेखिनु र लक्षण देखिएकामा संक्रमण नदेखिनु अध्ययनको विषय रहेको बताउँछन् ।

लोकान्तरसँग कुरा गर्दै डाक्टर जोशीले भने, 'कोभिड– १९ को जस्तै लक्षण अन्य बिरामीहरूमा पनि देखिन सक्छ । तर कोभिड– १९ संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ भन्ने त नेपालमै देखियो, यस्तो किन भइरहेको छ ? यो एउटा अध्ययनको विषय हो ।'

डा. जोशी

बाहिरबाट संक्रमित भएर आउनेहरूले पनि स्थानीय रूपमा संक्रमण नफैलाउनु नयाँ विषय रहेको उनले बताए । 'भाइरस म्युटेसन भएर पनि हुन सक्छ,' उनले भने, 'नेपालीहरूको इम्युनिटी बढी भएर पनि हुन सक्छ, यसबारेमा अहिल्यै केही भन्न छिटो हुनेछ ।'

डाक्टर जोशीले सेती प्रादेशिक अस्पतालमा ५ जना संक्रमित रहेको बताए ।

'सबैको अवस्था सामान्य छ,' उनले भने, 'थप २ जना शंकास्पद देखिएका छन् । उनीहरूमा कोभिड– १९ को जस्तो लक्षण पनि देखिएको छ । ज्वरो आएको छ । हामीले एन्टिबायोटिक लगायत औषधिहरू दिएका छौं । परीक्षणको नतिजा आउन बाँकी छ ।'

'लक्षण देखिएकोमा पोजिटिभ नभेटिएपछि घर पठायौं

बुटवल कोरोना विशेष अस्थायी अस्पतालका फोकल पर्सन डाक्टर डाक्टर सुदर्शन थापाले कोभिड– १९ को लक्षण देखिएका केही बिरामीहरू आइसोलेसनमा रहेको भएपनि अहिले डिस्चार्ज भइसकेको बताए ।

'हामीले हिजोमात्र आइसोलेसनका सबै बिरामीलाई डिस्चार्ज गर्‍यौं,' डाक्टर थापाले लोकान्तरसँग भने, 'उहाँहरूमा लक्षण देखिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न समस्या हुने जस्ता लक्षणहरू थिए । तर उपाचारपछि निको भयो । टेस्ट पनि नेगेटिभ देखिएपछि हामीले घर पठायौं ।'

उनले आइसोलेसनबाट घर पठाइएका बिरामीहरूलाई घरमा पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको बताए । 'हामीले घरमा पनि विशेष सतर्कता अपनाउन आग्रह गरेर पठाएका हौँ,' उनले भने, 'थप केही समस्या परेमा तत्काल आउन भनेका छौं ।'

बुटवल कोरोना विशेष अस्थायी अस्पताल

उक्त अस्पतालमा गत चैत १६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका एक ३३ वर्षीय युवाको मृत्यु भएको थियो । उनमा कोभिड– १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएका थिए । धेरैले कोभिड– १९ का कारण मृत्यु भएको दाबी गरेपनि उनको परीक्षण नेगेटिभ आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x