×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका बेला अप्ठ्यारोमा परेका नागरिकलाई राहत वितरण गर्ने र खाना खुवाउने विषय समेत जटिल बनेको छ ।

Muktinath Bank

कतिपय ठाउँमा सर्वसाधारण भोकभोकै बसेका समाचार समेत आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाम उपमहानगरपालिकामा समेत सरकारी स्तरबाट राहत वितरण भएको छैन । संघ र प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि पठाएको भनिएपनि त्यसबारे दैनिक ज्याला गरेर खाने श्रमिक वर्गदेखि विपन्न, असहाय, भाडामा बसेका विद्यार्थी बेखबर छन् ।


Advertisment
Nabil box
Kumari

सरकारी राहतको अत्तोपत्तो नभएका बेला जनकपुरमा नागरिक स्तरबाट राहत र खानाको बन्दोबस्त भइरहेको छ । केही ‘मनकारी मानवहरू’ व्यक्तिगत रुपमा सहयोग गर्दै राहत वितरण गर्दै खाना खुवाइरहेका छन् । जसले गर्दा जनकपुरमा कोही भोकै बस्नुपरेको छैन ।

Vianet communication
Laxmi Bank

‘गुमनाम दाता’ दीपेन्द्र ठाकुर 

जनकपुरका निर्माण व्यवसायी दीपेन्द्र ठाकुर लकडाउनमा विपन्न परिवारका लागि भगवान् बनेका छन् । रामानन्द युवा क्लबका पूर्व अध्यक्ष समेत रहेका ठाकुरले हालसम्म करीब २ हजार जति मानिसलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेका छन् । 

केही दिनअघि उनले जनकपुरधाम उपमहानगरपालिका–८ का वडाध्यक्ष रमेश ठाकुरलाई वडामा रहेका विपन्न परिवारको तथ्यांक दिन अनुरोध गरे । सरकारी राहत दिने घोषणा गरिएपनि हालसम्म वितरण नगरिएकोमा राहत आफैंले नै दिने निधो गरेर तथ्यांक मागेको उनी बताउँछन् ।  

त्यसपछि उनले २०० जनाको सूची पाए । प्रतिव्यक्ति ५ किलो चामल, १ किलो दाल, २ किलो आलू, १ किलो प्याज, १ किलो सोयाबिन, १ किलो तेल, १ किलो नून सहितको प्याकेट बनाएर उनले वडाध्यक्ष ठाकुरलाई हस्तान्तरण गरे । ‘लाइन लगाएर आफूले नै राहत वितरण गराउन सकिन्थ्यो, त्यसका लागि आफ्ना कर्मचारीलाई पनि काममा लगाउन सकिन्थ्यो,’ ठाकुरले लोकान्तरसँग भने, ‘तर त्यसो गरेको भए कामभन्दा पनि प्रचारबाजी बढी हुन्थ्यो ।’

त्यसपछि उनले जनकपुरको वडा नम्बर १३ मा २०० परिवार, जनकपुरको बस्पीट्टीमा २०० परिवार, वडा नम्बर ३ मा १०० परिवारमा वडाध्यक्षमार्फत राहत वितरण गरेका छन् । महोत्तरीको एकरहियामा १०० परिवार, पिपरामा ५० परिवार , सिमरदहीमा ५० परिवार, बौहरवामा १०५ परिवार, रौतहटमा २०० परिवारलाई राहत वितरण गरिसकेको उनले बताए ।

करीब १ हजार रुपैयाँ जतिको सामग्री प्रतिप्याकेट राहतमा खर्च भएको उनले बताए । त्यसबाहेक पनि १ हजार २०० जति परिवारको लागि राहत भण्डारण गरेर राखेको उनले बताए । ‘तत्काल त्यो राहत वितरण गर्दिनँ,’ ठाकुरले भने, ‘सरकारी राहत वितरण हुँदा भोट बैंकको पूर्वाग्रह राख्दै वडाध्यक्षले राहत बाड्लान्, नपाउने विपन्न परिवारलाई त्यसपछि दिनेछु ।’

अन्यत्रबाट आएर अलपत्र परेका व्यक्तिलाई समेत १ हजार रुपैयाँसम्म नगद दिने गरेको उनले बताए । विशुद्ध रुपमा मानव कल्याणका निम्ति आफूले सहयोग गरेको उनले बताए । राहत दिने गरेको कुरा न त उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, न त प्रचारबाजी गराउन मिडियाबाजी नै गरेका छन् । उनी गुमनाम दान गरिरहेका छन् ।

धेरै अनुरोधपछि उनले आफूले गरिरहेको सहयोगबारे लोकान्तरसँग खुलेर कुरा गरे । हालसम्म करीब २५ लाख रुपैयाँ जति खर्च भइसकेको उनले बताए ।

‘अहिले मैले आफ्नो कम्पनीका कामदारलाई हटाएको पनि छैन र बसाएर नै तलब दिने गरेको छु,’ चौधरी कन्सट्रक्सन कम्पनी सञ्चालन गर्दै आएका उनले भने, ‘ती कर्मचारीले लकडाउनका कारण बेरोजगार हुन नपरोस् र बसेर नै तलब पाउन सकुन् ।’ इन्जिनीयर, ओभरसियर, कामदार, चालक लगाएर विभिन्न पदमा करीब २०० जति कामदार कर्मचारी कार्यरत रहेको उनले बताए । 

प्रकाश मिश्र बने असहायका सहारा 

जनकपुरधाम उपमहानगरपालिका–८ का प्रकाश मिश्र निर्माण व्यवसायी र होटल सञ्चालक हुन् । जनकपुरको प्रसिद्ध रामानन्द युवा क्लबका पूर्व अध्यक्ष समेत रहेका उनी बाबाका ढाबा होटेलका सञ्चालक हुन् । वडा नम्बर ८ मा धेरै श्रमिक समस्यामा परेको कुरा स्थानीय युवाले उनलाई सुनाए । ठेलामा तरकारी, फलफूल बेच्नेदेखि दैनिक निर्माण क्षेत्रसहित अन्य क्षेत्रमा मजदुरी गर्ने श्रमिक, भाडामा रहेका विद्यार्थी लकडाउनका कारण भोकभोकै बसेको गुनासो सुनेपछि मिश्रको मन भावुक बन्यो ।

चैत्र २४ गते उनी केही स्थानीय युवालाई साथमा लिएर राहतका लागि खाद्यान्न वितरण गर्ने मनस्थिति बनाएर उनी रामानन्द चोकमा पुगेका थिए । जनकपुरको पेठिया बजारस्थित गद्दीबाट उनले ट्याक्टरमा चामल, दाल, नून, सब्जी, तेल सहितका सामान झिकाएर स्थानीयलाई वितरण गर्न थाले ।

‘सामाजिक दूरीलाई कायम गर्दै आएका सबै व्यक्तिलाई २ बजेदेखि ६ बजेसम्म राहत वितरण गरेका थियौं,’ मिश्रले भने, ‘त्यो दिन करीब ८०० जति व्यक्तिलाई राहत वितरण गरेका थियांै ।’ त्यो दिन करीब १० लाख रुपैयाँ जति खर्च भएको उनले बताए ।

राहत लिन आएका प्रत्येक महिला तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सँगसँगै प्रतिव्यक्ति ५०० रुपैयाँ समेत नगद दिएका थिए उनले । ‘राहतको सामान मात्र दिनुभन्दा पनि घर परिवार चलाउन वा औषधि सहितका केही सामग्री किन्नका लागि केही भएपनि मद्दत पुग्न सक्ने भन्दै प्रत्येक महिला तथा अपाङ्गता भएका व्यक्तिलाई ५०० रुपैयाँ नगद समेत दिएको थिएँ,’ मिश्रले भने, ‘४०० जति व्यक्तिलाई त्यो दिन ५०० रुपैयाँको दरले नगद समेत दिएँ ।’ पुरुषलाई नगद दिएको भए त्यसको दुरुपयोग समेत हुनसक्ने तर महिलालाई दिए त्यो रकम परिवारमैं खर्च गर्ने हुनाले दिएको उनले बताए । 

पहिलो दिन राहत वितरण गर्दा सबै दिन राहत मात्र वितरण गरेर नहुने भएकाले भोलिपल्टदेखि प्रत्येक दिन खाना नै पकाएर खुवाइरहेको उनले बताए । प्रत्येक दिन करीब ५०० जना व्यक्तिले खाना खाने गरेको उनले बताए । ‘सानो पाइला संस्थाले खाद्यान्न सामग्री उपलब्ध गराएको छ,’ उनले भने, ‘बाँकी व्यवस्थापन आफैंले गर्दै आएको छु ।’

बाहिरबाट आएका विद्यार्थीलाई समस्या नहोस् भनेर राहत स्वरूप खाद्यान्न सामग्री दिने गरेको उनले बताए । ‘भित्र मनबाट नै विपन्न व्यक्तिका लागि केही गर्नुपर्छ बनेर मानव सेवाका लागि सहयोगको काम गरिरहेको छु,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम तथा दायित्व पूरा नभइरहेको अवस्थामा सानो योगदान गर्न प्रयास भइरहेको छ ।’

वडाध्यक्ष शत्रुघन साहको अगुवाइमा दैनिक १ हजार २०० जनालाई खाना 

जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुघन साहको अगुवाइमा दैनिक १ हजारदेखि १ हजार २०० जना व्यक्तिको लागि खाना खुवाउने काम भइरहेको छ । चैत्र १७ गतेदेखि नै दैनिक १ हजार २०० जना व्यक्तिको लागि प्रत्येक दिन बिहान र बेलुका खाना पकाएर खाना नै वितरण हुने गरेको वडाध्यक्ष साहले बताए । खाना पकाउने तथा खुवाउने काममा उपमहानगरपालिकाको कुनै पनि योगदान नरहेको उनले बताए । 

निजी खर्चका साथसाथै स्थानीय व्यक्तिले दिने सहयोगबाट भण्डारा सञ्चालन हुँदै आएको उनले बताए । विपन्न, श्रमिक, मजदुर वर्गका व्यक्तिलाई खाना दिने गरिएको छ । वडा नम्बर १ का व्यक्तिलाई मात्र नभएर उपमहानगरका अन्य वडाबाट समेत आउने व्यक्तिलाई खाना दिने गरिएको उनी बताउँछन् । १ दिनमा करीब २७५ किलोदेखि ३०० किलोसम्म चामल, ३० देखि ४० किलोसम्म दाल, ७५ किलो आलू र ५० किलो हरियो तरकारी सहितको खाना बनाउने गरिएको उनले बताए । १ दिनमा करीब–करीब ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

‘सरकारी राहत नआएको अवस्थामा नागरिक भोकभोकै बस्नु नपरोस् भनेर हामीले निजीस्तरमा सहयोग गर्नुपरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले राहतका लागि उपमहानगरमा पैसा पठाएपनि हालसम्म रकम वडास्तरमा आउन सकेको छैन ।’

उपमहानगरको वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साह निजी स्तरबाट आफ्नो वडाका करीब १ हजार जति विपन्न व्यक्तिलाई राहत वितरण गरेको बताउँछन् । आफ्नै निजी खर्चमा उनले १० शय्याको क्वारेन्टाइन सञ्चालन गर्नुका साथै उपभोक्तालाई सहज र सुलभ रुपमा तरकारी वितरण गर्ने प्रयास उनले गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले समेत आफ्ना वडाका व्यक्तिलाई राहत वितरण गर्नुका साथै मास्क वितरण लगायतका काम गरेका छन् ।

यी केही व्यक्ति उदाहरणमूलक प्रतिनिधि मात्र हुन् । असहाय संरक्षण मञ्चका बैद्यनाथ साह, युवा अभियन्ता रकीप्रसाद साहसहित धेरै व्यक्ति मानव सेवाका लागि सक्रिय भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x