×

NMB BANK
NIC ASIA

कोरोनाको शंका लागेमा के गर्ने ? [यी हुन् डा. पाण्डेका २१ सुझाव]

बैशाख ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ । एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्कोतर्फ अधिकांश निजि स्वास्थ्य संस्था बन्दप्राय छन् । सबैको आम्दानी घटेको छ । तसर्थ यस्तो अवस्थामा आफु सजग भएर आफ्नो उपचार आफै गर्नु राम्रो बिकल्प हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केहि घरेलु बिधिहरु छन् जसले हामीलाई रुघाखोकी तथा कोरोना संक्रमणबाट पनि फाइदा गर्छन ।  कोरोना भाइरसको संक्रमणविरूद्ध सचेतना जगाउँदै आएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले घरभित्र नै आराम गर्न सुझाव दिएका छन् । उनले बिरामीका लागि घर पहिलो अस्पताल भएको भन्दै  घरभित्रै रहन अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले भनेका छन्, 'जसरी घर बालबालिकाको पहिलो पाठशाला हो भने हाम्रो घर बिरामीको लागि पहिलो अस्पताल हो ।'


Advertisment
Nabil box
Kumari

यस्ता छन्  डा. पाण्डेले दिएका सुझावहरू :
....
– घरभित्र आराम गर्ने । यसले रुघाखोकी निको गराउनुको साथै शरीरमा कमजोरी हुन पाउंदैन । आराम गर्ने कोठामा हावाको ओहोरदोहोर राम्रो हुनुपर्दछ । स्वाश्प्रश्वासको अभ्यास तथा प्राणायामले शरीरका अंगअंगमा प्रचुर अक्सिजन पुर्याउँछ ।
– तातोपानीले नुहाउँदा शरीरमा स्फुर्ति, ताजगी तथा बाहिरी शरीरमा रहेका किटाणुको डर हुँदैन ।
– भिटामिन सि को नियमित सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– गुलियो, चिल्लो तथा चिसो पेय सेवन नगर्ने । हरियो सागसब्जी तथा अमिलो फलफुल सेवन गर्ने । मनतातो पानी, सुप, दाल तथा गेडागुडीका रस प्रशस्त खाने ।
– सकभर एन्टिबायोटिक नखाने । रुघाखोकी भाइरसबाट हुने हो । एन्टिबायोटिकले ब्याक्टेरिया मार्ने हो । द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक खाँदा बेफाइदा गर्छ । लसुन, प्याज, अदुवा, बेसार तथा कागती पानी धेरै लाभदायक हुन्छ ।
– हात, खुट्टा, घांटी तथा कानमा न्यानो कपडाले छोप्ने । हातखुट्टामा तापक्रम घटेमा नाक वरिपरी रक्तसंचार घट्छ । चिसो तथा रक्तसंचार कम भएको ठाउँ भाइरसको लागि उपयुक्त ठाउँ हो ।
– नियमित घाम ताप्नाले इम्युनिटी पावर बढाउँछ । भिटामिन डी प्राप्त हुन्छ । न्यानोले रुघाखोकी निको हुन्छ, जिउ दुखेको सन्चो हुन्छ अनि किटाणु मार्न सहयोग गर्दछ ।
– ज्वरो आफैमा रोग हैन । तसर्थ ज्वरो घटाउन गम्भीर बन्नुपर्दैन । हाम्रो शरीरले संक्रमणसंग लड्दा ज्वरो आउने हो । ज्वरोले जाडो भएको बेला आफुलाई न्यानो गराउनु पर्दछ । ज्वरो बढेर पसिना आएपछि तापक्रम घट्न थाल्छ । ज्वरो १०१ डिग्री से को आसपास पुग्यो भने पारासिटामोल खानुपर्दछ । १०० डिग्री से भन्दा कम तापक्रममा औषधि खानु हुँदैन ।
– रुघा लागेर नाक बन्द भएमा तातो पानी, चिया, पुदिना, अदुवा तथा बेसार, लसुन र प्याजको सुपले फाइदा हुन्छ । हल्का तातोपानीको बाफ लिंदा पनि फाइदा हुन्छ । न्याजल ड्रप वा नुन पानीको थोपा राखेर नाक खुलाउन सकिन्छ ।
– घांटी बसेमा मनतातो नुनपानीले कुल्ला गर्ने तथा भ्वाइस रेस्ट ( नबोल्ने ) गर्दा छिटो निको हुन्छ ।
– खोकी लागेमा मनतातो चियामा पुदिना वा अदुवा राखेर पिउने । हट लेमनमा मह मिसाएर पिउने । छाती न्यानो राख्ने गर्नुपर्दछ ।
– प्रोबायोटिकको सेवनले शरीरमा लाभदायक ब्याक्टेरिया वृद्धि गर्दछ ।
– मानसिक तनाब नलिने तथा आनन्द आउने गतिबिधि जस्तै गीत सुन्ने, उत्साह जगाउने स्पिच सुन्ने, आत्मबल बढाउने लेख पढ्ने गर्दा आत्मबल बढ्छ, इम्युनिटी पावर पनि बढ्छ ।
– ज्वरो धेरै बढेमा, घांटी दुखेमा, निल्न गाह्रो भएमा, घांटी अररो भएमा, कान दुखेमा, स्वर बसेमा, घ्यारघ्यार भएमा, खकार पहेंलो वा रक्तमिश्रित भएमा, खोकी बढेमा तथा गाह्रो भएमा स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्दछ ।
– रुघाखोकी लाग्दा अरुलाई नसरोस् भनेर खोक्दा, छ्युं गर्दा तथा कुराकानी गर्दा व्यक्तिगत दुरी कायम गर्नुपर्छ ।
– निको भएपनि केहि दिन पछिसम्म आराम गर्नुपर्छ ।
– धुम्रपान तथा मध्यपान पटक्कै गर्नुहुँदैन ।
– प्रशस्त फलफुल तथा सागसब्जी खानाले आबश्यक पोषण प्राप्त हुन्छ ।
– नियमित हात धुने बानीले कोरोना संक्रमण, रुघाखोकी तथा अन्य सरुवा रोग सर्नबाट बचाउँछ ।
– नियमित ब्यायाम, योग तथा ध्यान गर्नाले शारीरिक तथा मानसिक अवस्था शक्तिशाली हुन्छ ।
– बेसार, अदुवा, लसुन, कागती, मह, घ्यु, गुर्जो, तुलसी, अमलाको नियमित प्रयोग गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
बिरामी भएर अस्पतालमा बस्नुभन्दा पोषिलो खाना, आराम, व्यायाम, घरेलु उपचार, योग, ध्यान, सरसफाई तथा सक्रिय जीवन बिताएर आफुलाई ठिक गर्नु सबैभन्दा राम्रो उपाय हो । यसको अर्थ हामी प्रकृतितर्फ फर्किनुको बिकल्प छैन ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x