भारतको महाराष्ट्रमा रहेको पालघरमा दुई साधुहरू र उनीहरूको वाहनचालकलाई भीडले कुटपिट गरेर हत्या गरेको छ ।
महाराष्ट्र प्रहरीका अनुसार, यस घटनामा साम्प्रदायिकता छैन । गाउँलेहरूले चोरडाँका ठानेर तीनजनाको हत्या गरेका हुन् ।
पालघरमा कलडाउन लगाइएपछि मानिसहरू दिनरात आफैं पहरा दिइरहेका छन् । गाउँमा चोरडाँका आएको अफवाह पनि फैलिएको थियो । अहिलेको घटनास्थलभन्दा ३० किलोमिटर परको गाउँमा पनि गाउँलेहरूले शंकाकै आधारमा केही मानिसमाथि आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार, बिहीवार मध्यरात दुईजना साधुहरू कार लिएर गाउँ पुगेका थिए । गाउँलेहरूलाई चोर भन्ठानेर चालक सहित उनीहरूलाई कुटपिट गरेर मारे ।
महाराष्ट्रका मुख्यमन्त्री अनिल देशमुखले भने, ‘तीनजना मानिस अनुमति नलिइकन महाराष्ट्र बाहिर जान खोज्दैथिए । प्रहरीको चेकिङबाट बच्न उनीहरू मेन रोड नगएर गाउँको सडक भएर गए । गाउँलेहरूलाई चोर आएको जस्तो लाग्यो अनि आक्रमण गरे । तीनैजनाको घटनास्थलमै मृत्यु भयो ।’
लगभग २०० जना गाउँलेले पहिला गाडीमा बेस्सरी ढुंगामूढा गरे अनि गाडीबाट तानेर तीनैजनालाई कुटपिट गरे ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।