२७ जेठ २०८३, बुधबार

लकडाउनका कारण घरघरमै पुगेर भत्ता वितरण

बैशाख ८, २०७७
लकडाउनका कारण घरघरमै पुगेर भत्ता वितरण

सुर्नया गाउँपालिकाले घरमा पुगी  सामाजिक सुरक्षा भत्ता वितरण शुरूआत गरेको छ । गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । 

कोभिड–१९ को जोखिम हुन नदिन  ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए ।

गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । 

यसपछि  बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए ।

वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ ।

सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको प्रतिनेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको छ ।  

कांग्रेसका सो गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैं गरेको निर्णय उल्लंघन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नु सट्टा कुखुरा वितरण गरेर लकडाउनको उल्लंघन गरेको आरोप लगाएको छ । 

यस्तै गाउँपालिकाले कार्यकर्तामुखी हिसाबले राहत वितरण गरेको र राहतमा समेत भेदभाव गरेको कांग्रेसले जनाएको छ । 

लकडाउनको पूर्ण पालना गर्नका लागि सक्रिय रहनुपर्ने निकायले नै लकडाउनको उल्लंघन गर्नु गलत भएको कांग्रेसले ठहर गरेको छ ।
 
दोगडाकेदार गाउँपालिकाले विभेदकारी र निषेधकारी कामको शुरूआत गरेकाले कांग्रेस यो कार्यप्रति आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ । 

अबका दिनमा लकडाउनको पूर्ण पालना गर्न र गराउन र समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न कांग्रेसले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

गाउँपालिकाले आइतबार विभिन्न वडामा ७०० कुखुरा वितरण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्