२६ जेठ २०८३, मंगलबार

पूर्वमाओवादी मन्त्रीहरूको छुट्टै बैठक, सन्देश लिएर वर्षमान पुन प्रचण्डकोमा

पूर्वमाओवादी मन्त्रीहरूको छुट्टै बैठक, सन्देश लिएर वर्षमान पुन प्रचण्डकोमा

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषद्बाट भएलगत्तै पूर्वमाओवादी खेमाका मन्त्रीहरूबीच छुट्टै छलफल भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री लेखराज भट्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री बिना मगर लगायत सहभागी थिए ।

छलफलले प्रधानमन्त्रीको ठाडो प्रस्तावमा गरिएको निर्णय गम्भीर षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

'अहिलेको यो विषम परिस्थितिमा यस्तो निर्णय हुनु गम्भीर षड्यन्त्र हो भन्ने हाम्रो निष्कर्ष रह्यो,' एक मन्त्रीले लोकान्तरसँग भने ।

उनका अनुसार छलफलले 'परिस्थितिको डटेर सामना गर्ने र आवश्यक पर्दा धेरै अघि बढेर निर्णय लिन पनि पछि नपर्ने' निष्कर्ष समेत निकालेको छ ।

छलफललगत्तै निष्कर्ष सहितको सन्देश लिएर ऊर्जामन्त्री पुन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटार पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्