प्रभु बैंकले गर्यो तीन पालिकामा  राहत सहयोग

नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरू गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ । 

बैंक दैलेख शाखाले चामल, दाल र  नुन  वितरण गरेको हो । बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए।  


Advertisement

बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्