पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
बैशाख ९, २०७७
लकडाउन अवधि लम्बिँदै गएपछि मानवीय संवेदना जोडिएका केही मार्मिक दृष्य देखिएका छन् । म्याग्दीदेखि सिन्धुपाल्चोक हिँडेर पुग्ने पनि देखिए । काठमाडौंबाट सिराहा, सप्तरी तथा बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका लागि पैदलै हिँड्ने पनि भेटिए । कोही विनाजुत्ता चप्पल हिँडिरहेका थिए (लगाएको जुत्ता चप्पल च्यातिएकाले) । कोही बालबच्चालाई काखमा लिएर बाटामै अलपत्र परेका देखिन्थे । उनीहरू खुशीले हिँडेका पक्कै होइनन्, ठूलै संकट नपरी कोही पनि त्यस्तो जोखिम उठाउन चाहँदैन । लकडाउनका कारण खर्च र सामल सकिएर घरतिर हिँडेका मजदुरहरू हुन् ती, जो आफ्नै घर पुगी खोलेफाँडो खाएर भएपनि प्राण बचाउन चाहन्थे ।
प्रश्न उठ्छ, यस्तो अवस्था किन आयो ? कोरोनाभाइरस (कोभिड– १९) को विकराल स्वरूप देखिन थालेपछि सरकारले मुलुकलाई लकडाउन गर्ने निर्णय गर्यो । सरकारको यो बाध्यता थियो । यसबाहेक तत्काल मुलुकलाई बचाउन सक्ने भरपर्दो अर्को उपाय नै थिएन । जे गरेको थियो ठीकै गरेको थियो तर त्यसपछि के कस्तो समस्या निम्तिन सक्छ भन्नेतर्फ भने बेखबर जस्तै पाइयो । लकडाउन गर्नुको अर्थ लकडाउन गर्नासाथ सबै समस्या स्वतः समाधान हुन्छ भन्ने होइन । मुलुकलाई एउटा निश्चित अवधिसम्म वर्तमान अवस्थामै स्थिर गरी भरसम्भव सुरक्षा संयन्त्रको खोजी गर्न यसो गरिएको थियो । यसैका लागि नै यसो गरिन्छ । अन्यत्र पनि यस्तो चलन छ ।
तथापि भइदियो के भने सरकारले पटक–पटक गरी लकडाउनको अवधि थप्दै जाने काम त गर्यो तर यसबाट सर्वसाधारणमा खासगरी निम्न बर्गीय गरीब किसान तथा मजुदुरवर्गको जीवनमा कस्तो प्रभाव पर्छ भन्नेतिर भने ध्यान दिन सकेन । यसको अर्थ सरकारले केही पनि गरेन भन्ने होइन । जो जहाँ छ, त्यहीँ बस्नुहोला पनि भनेकै हो । खानपानको व्यवस्था सररकारले गर्नेछ, चिन्ता लिनुपर्दैन भन्ने सूचना प्रवाह पनि गरेकै हो तर त्यो यति बढी सतही ठहरियो कि त्यस्तो सूचना विपन्न मजदुर वर्गसम्म पुग्नै सकेन । जोजसले जानकारी पाए उनीहरूलाई सरकारी राहतको आवश्यकतै थिएन ।
कोही पाँच तोलाको सिक्री लगाएर पाँच किलो चामल रातका लागि लाइनमा बस्छ भने लहड हो बाध्यता होइन । जोजसलाई आवश्यकता थियो उनीहरू समक्ष सूचना पुग्नै सकेन ।
हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैं देशको कुनाकाप्चासम्म पुग्न सक्दैन । त्यहाँसम्म पुग्ने भनेको उसको प्रतिनिधि हो । प्रान्तीय सरकार छ, नगरपालिका छ, गाउँपालिका छ, वडास्तरका समेत सरकार छ । यस्तै अवस्थामा चाहिन्छ, भनेर तिनको व्यवस्था भएको हो । यसैका निम्ति नै राज्यले त्यति ठूलो व्ययभार व्योहोरेको हो तर यस मामिलामा उनीहरू समेत नराम्ररी चुकेको पाइयो । प्रहरी परिचालित गरी सूचना जारी गर्न सकिन्थ्यो । माइकिङ गर्न सकिन्थ्यो, त्यस्तै परे पुरानो कटुवाल प्रथालाई ब्युँताउन सकिन्थ्यो । जहाँ बसिएको छ, त्यहीँ खानपिनको व्यवस्था गरिएको छ भन्ने जानकारी पाएका भए पक्कै टाउकोमा ताउलो, काम्लो र काखीमा बालबच्चा च्यापेर लखरलखर चर्को घाममा निस्किने थिएनन्, त्यो पनि हप्ता–दश दिनको बाटोमा ।
लौ मानौं, एकछिनलाई कोही बाध्यतामा थिए रे, त्यसै हो भने पनि समाधानका उपाय धेरै थिए । सरकारले आफ्नै गाडी प्रयोग गरेर उद्धार गर्न सक्थ्यो । अरू नै कुनै गाडी रिजर्भ गरेर पनि प्रयोगमा ल्याउन सकिन्थ्यो । आर्मी तथा प्रहरीकै सवारी साधन प्रयोग गरेको भए पनि हुन्थ्यो । यसको अर्थ कमजोरी सरकारी पक्षको मात्र छ भन्ने होइन । प्रतिपक्षी दलहरूका कमजोरी झन् बढी छन् । आपतविपत परेका बेला मुलुक र मुलुकवासीको हितखातिर सरकारसँग होस्टेहैँसे गर्नु उनीहरूको पनि दायित्व हो तर दुःख साथ भन्नैपर्छ, उनीहरू यसलाई समेत राजनीतिको आँखाले हेर्न थाले । राष्ट्रिय विपत्तिको घडीलाई राजनीतिको च्याँखेमा राखेर कोही संयुक्त सरकारको माग गर्न थाले भने कोही मध्यावधि चुनावको बेसुरा राग अलाप्न पुगे । कोही कार्यकर्ता तहमा एकाध बोरा चामल बाँडेको फोटो खिचाउनुलाई नै ठूलो उपलब्धिको हो भन्ने मानसिकतामा देखिए ।
कति राम्रो हुन्थ्यो होला सरकारले यसो गरेन, त्यसो गरेन भनेर चिच्याउनतिर लाग्नुभन्दा गाडी रिजर्भ गरी विपदमा परेका मानिसको उद्धार गर्नतिर लागेका भए । कसले छेक्यो यसका निम्ति उनीहरूलाई ? कि त्यति काम गर्न पनि सत्तामै पुग्नुपर्ने हो ? लौ मानौं एक छिनलाई पैसाको कुरा आयो तत्काल त्यो सम्भव भएन रे, स्थानीय सरकारलाई नै घच्घच्याइदिएको भए पनि हुन्थ्यो । कुरा मात्र ठूला गर्नुको कुनै अर्थ छैन । बरू सानै भएपनि कामले भने अर्थ राख्छ ।
यसबाहेक स्वयं आपतविपतमा पर्ने जनसमुदायका तर्फबाट पनि उत्तिकै कमजोरी भएका छन् । लकडाउनको समय लम्बिँदै जान थालेपछि खर्च र सामल सकिँदै गएको छ भने ताउलो कुम्लो बोकेर लामो दुरीको यात्रमा निस्कनुभन्दा आफूले मतदान गरेको पार्टी कार्यालय वा तिनका प्रतिनिधिकै ढोका ढक्ढक्याउन गएको भए पक्कै यस्तो अवस्था आउने थिएन । ठूलो सानो आफू समर्थित पार्टी कार्यालय जहाँ पनि रहेकै हुन्छ । अहिलेको अवस्था भनेको अरूले गरिदिएन भन्ने होइन त्योभन्दा बढी आफैंले सकेको गरेर देखाउने बेला हो । अरू केही नसके पनि बालबच्चा भोकभोकै मर्न लागेको खबर सम्बन्धित निकायसम्म पुर्याउन त सकिन्छ नि ? डुब्दै गरेका बखत छेस्काको सहारा भन्छन्, विपदका बेला त्यही पनि ठूलो हुन्छ ।
कोरोनाभाइरसको समस्या विश्वव्यापी समस्या हो । सारा संसार यसैसँग जुधिरहेको छ । कति बेला के कति संक्रमणमा पर्ने हुन्, को कसको ज्यान जाने हो यसै भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा सबैको सर्वोपरि कर्तव्य भनेको कसरी आफू बच्ने र अरूलाई बचाउने भन्ने नै हो । त्यसैले सबैले आफ्नो साथमा जेजस्तो शक्ति र साधन छ, त्यसैलाई प्रयोग गरी होस्टेहैँसे गर्दै अघि बढौं । लकडाउन अवधि अरू बढ्ने सम्भावना छ । जो जहाँ बसिएको छ, त्यहीँबाट आत्मसुरक्षाको बाटो अप्नाऊँ । बीच बाटोमा हुनेले नजिकै पार्टी कार्यालय वा प्रशासन कार्यालयमा सम्पर्क गरौं । पार्टी तथा प्रशासन कार्यलयले पनि जो जहाँ पुगेका छन् स्कूल, क्याम्पस भवन प्रयोग गरेर हुन्छ कि पाल टाँगेर हुन्छ उनीहरूलाई त्यहीँ बसोबास गर्न लगाई खानपिनको व्यवस्था मिलाउने काम गरौं । यही नै अहिलेको धर्म पनि हो, कर्म पनि हो ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...