कमल आकारमा विश्वकै सबभन्दा ठूलो फूटबल स्टेडियम बनाउँदै चीन

कोरोनाभाइरस संक्रमण रोक्न एक हदसम्म सफल भएपछि चीनले आफ्नो ठूला निर्माण परियोजना पुनः आरम्भ गर्न थालेको छ । 

त्यसैक्रममा उसले संसारको सबभन्दा ठूलो फूटबल स्टेडियम बनाउँदैछ । स्टेडियम कमल आकारको हुनेछ । 


Advertisement

व्यावसायिक क्लब क्वाङ्चो एभरग्रान्डेले यो स्टेडियम बनाइरहेको हो । यसलाई बनाउन लगभग २१ हजार करोड रुपैयाँ खर्च हुनेछ । स्टेडियममा एक लाख जना अट्छन् । 

स्टेडियम सन् २०२२ सम्म तयार भइसक्नेछ । यसमा १६ वटा अतिविशिष्ट कक्ष हुनेछन् । १५२ वटा भीआईपी प्राइभेट रूम हुनेछन् । फिफा एसिया र एथलिट एरिया पनि हुनेछ । 


Advertisement

स्टेडियममा म्याच कभरेजका लागि फरक किसिमको मिडिया एसिया र प्रेस रूम तयार गरिँदैछ । 

अहिलेसम्म संसारको सबभन्दा ठूलो फूटबल स्टेडियम स्पेनी क्लब बार्सिलोनाको क्याम्प नाओ हो । यसको क्षमता ९९ हजार ३५४ छ । क्लबले थप दुई स्टेडियम बनाउन खोजेको छ ।

सीएनएनबाट


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्