×

NMB BANK
NIC ASIA

धादिङमा ६० प्रतिशत घट्यो किसानद्वारा उत्पादित तरकारीको मूल्य, बिक्नै छाड्यो बन्दा र लौका !

कृषिमन्त्रीलाई किसानको प्रश्न– यस्तै पाराले आउँछ समाजवाद ?

बैशाख १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइसर (कोभिड– १९) फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि त्यसको प्रत्यक्ष असर किसानको बारीमा परेको छ । राजधानी काठमाडौं उपत्यका र पोखरामा तरकारी सप्लाइ हुने धादिङको तरकारीको मूल्य ह्वात्तै घटेको छ भने कतिपय तरकारी बारीमै कुहिने अवस्था आएको छ । 

Muktinath Bank

धादिङको बेनिघाट चरौदीमा रहेको कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थाले व्यवस्थापन गर्ने धादिङ जिल्लाकै सबैभन्दा ठूलो तरकारी संकलन केन्द्रका अनुसार बजारमा माग नभएपछि तरकारीका मूल्य ६० प्रतिशत भन्दा धेरै घटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सहकारीबाट लकडाउनको समयमा पनि दैनिक २० टन भन्दा बढी तरकारी बजारमा गएको छ । सहकारीका व्यवस्थापक कुमार बस्नेतका अनुसार बारीमा तरकारी कुहिन नदिने नीति अनुसार सस्तो मूल्य भएपनि बजारमा पठाइएको छ । कलिलै टिप्नुपर्ने काँक्रो छिप्पिएर पहेँलो भएपछि मूल्य आधा घटेको छ ।


Advertisment
Nabil box
Kumari

‘गतवर्ष यो सिजनमा तिते करेला र घिरौँला किसानसँग १ सय रुपैयाँ प्रतिकिलो खरिद गरिएको थियो, यसपटक ४० रुपैयाँ किलो खरिद भएको छ,’ बस्नेतले लोकान्तरसँग भने, ‘बन्दागोपी र लौकाको कुनै मूल्य छैन, किसानको बारीमा नकुहियोस् भनेर मात्र कालिमाटी पठाएका छौं ।’

Vianet communication
Laxmi Bank

२०५१ सालमा स्थापना भएको यो सहकारीले संकलन गर्ने तरकारी मध्ये ४० प्रतिशत पोखरा पठाउने गरेको थियो । पोखरा महानगरपालिकाले कास्की बाहिरको तरकारी खरिद नगर्ने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर धादिङका कृषकमा परेको छ ।

‘यहाँको ४० प्रतिशत तरकारी पोखरा जान्थ्यो, पोखरा महानगरले कास्की बाहिरको तरकारी पोखरा भित्रन नदिने निर्णय गरेपछि यहाँका किसान मारमा परे,’ उनले भने ।

सहकारीले निर्धारण गरेको मूल्य चित्त नबुझे किसानले सिधै कालिमाटीमा रहेको स्टलमा ल्याएर बेच्न पाउने व्यवस्था सहकारीले गरेको छ । बेनीघाट रोराङ गाउँपालिकाको गोठे भञ्ज्याङ, मिजार गाउँदेखि राजमार्गसम्म ल्याउँदा किसानले ढुवानीमै प्रतिकिलोमिटर ६ रुपैयाँ भाडा तिर्नुपर्छ । 

धादिङबाट तरकारी खरिद गरेर काठमाडौं ल्याउने व्यापारी ईश्वर थपिलयाका अनुसार अहिले किसानको बारीमा धेरै उत्पादन भएका बन्दागोपी, लौका र सिमी बिक्न छाडेको छ ।

‘गतवर्ष १ सय रुपैयाँ किलो बिक्री भएको तितेकरेला अहिले ४० रुपैयाँमा झरेको छ, गतवर्ष ३५ देखि ४० रुपैयाँ परेको लौका यसपटक ८ रुपैयामाँ झरेको छ,’ ८ रोपनी बारीमा तरकारी खेती समेत गरिरहेका थपलियाले लोकान्तरसँग भने, ‘लकडाउनको प्रत्यक्ष मारमा किसान परेका छन्, बिउ र मल पाइएको छैन, उत्पादन भएको तरकारीले बजार पाएन ।’ किसानलाई सिमी नटिप्न र बरू दाना फलाउन आग्रह गरिएको उनले बताए । 

धादिङ थाक्रेकी तरकारी कृषक अप्सरा सुवेदीले महंगो बिउ किनेर उत्पादन गरेको तरकारी बारीमा कुहिन थालेका कारण रुन मन लाग्ने बताइन् । ‘७०–८० रुपैयाँ किलो मल हालेर फलाएको तरकारी अहिले १०–१५ रुपैयाँ किलोमा लैदेऊ भनेर हात जोड्नु परेको छ,’ उनले लोकान्तरसँग भनिन् । 

धादिङका कतिपय किसानको बारीमा सानो फर्सी, काँक्रो र बन्दा कुहिन थालेको छ । 

कृषि मन्त्रीलाई किसानको प्रश्न– यस्तै पाराले आउँछ समाजवाद ? 

कृषिमा आत्मनिर्भरताको गफ गरेपनि यस्तोबेला किसानका समस्याप्रति सरकार मूकदर्शक बनेको भन्दै किसानहरू कृषिमन्त्री घनश्याम भुसालप्रति आक्रोश पोख्छन् । 

लकडाउन शुरू भएपछि बजारमा तरकारी नबिकेको भन्दै व्यापारीहरूले किसानसँग उधारोमा खरिद गरिरहेका छन् । ‘तरकारी बिक्यो भने उनीहरूले पैसा दिन्छन्, अहिले हामीले उनीहरूलाई विश्वासमा तरकारी दिएका छौं,’ थाक्रे ४ किलोका एक किसानले भने ।

तरकारीको मुख्य सिजनमा बजार नपाउँदा आफूहरू मर्कामा परेको किसानहरूले गुनासो गरे । ‘मन्त्रीले भाषण गरेर आउँछ समाजवाद, रगत पसिना बगाएर गरेको उत्पादन बिक्री नभएपछि किसानलाई सरकारले राहत दिनु पर्दैन ? धादिङ बेनीघाटमा आएका किसान रमेश अधिकारीले भने, ‘हाम्रो बारीमा आएर हेर्नुस् तरकारी नबिकेर कस्तो हालत छ ।’

बेनिघाटमा रहेको सहकारीमा किनासले बारीबाट ल्याएको तरकारी उठेर त्यत्तिकै कुहिन थालेको छ । 

चरौंदीको सहकारीका व्यवस्थापक कुमार बस्नेत सरकारले लकडाउन घोषणा गरेर सामाजिक दूरी कायम गर्न आग्रह गरेपनि तरकारी खरिद केन्द्रमा सामाजिक दूरी कायम गर्न नसकिएको बताउँछन् । 

‘यहाँ १७ जना मजदूरले काम गरेका छन्, धेरैले मास्क पनि लगाएका छैनन्, सरकारले भनेको सामाजिक दूरी कायम भएको छैन,’ बस्नेतले लोकान्तरसँग भने, ‘राज्यले वैकल्पिक व्यवस्था गरेर किसानको बारीबाटै तरकारी उठाउनु पर्ने होइन र ? तपाईंहरूले कृषि मन्त्रीको ध्यानाकर्षण गराइदिनुहोला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x