माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
एनसेलका प्रिपेड ग्राहकले टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्ने भएका छन् ।
एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ जसअन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्ने कम्पनीले जनाएको छ ।
एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यी प्याकहरु यहि बिहीबार (वैशाख ११) देखि लागु हुनेछ ।
एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले ३ दिन भित्र एनसेल नेटवर्कभित्र उतm भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।
डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी र २०० एमबी नाइट डेटा) मात्र रु ४४.६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । उतm डेटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथिभाई तथा परिवारजनलाई २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी ७ दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिन सक्नेछन् ।
यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुप मात्र रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स१७१११ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...