कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
बैशाख ११, २०७७
समय : बिहीवार दिउँसो २ बजेर १२ मिनेट ।
लोकान्तर : मोबाइलमा फोन उठ्नासाथ, हेलो किसान सर, नमस्कार ! म विमल गौतम, लोकान्तर डट्कमबाट । तपाईं त, एकाएक चर्चामा आउनुभयो नि !
श्रेष्ठ : अँ अब मिडियाले बढाइचढाइ गरेर लेखेका छन् रे ! केही छैन । अपहरण गरेको होइन । सबै सहमति र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको हो । भेटघाट पनि सहमतिमा भएको हो र महोत्तरीबाट काठमाडौंसम्मको यात्रा पनि सहमतिमा भएको हो । कुनै पनि किसिमले अपहरण भएको वा जबरजस्ती गरिएको होइन ।
लोकान्तर : के–के भएको हो ? विस्तृतमा बताइदिनुहोस् न ।
श्रेष्ठ : हुन्छ, सबै बताउँछु, जस्ताको तस्तै छाप्नुहोला है ।
श्रेष्ठ र लोकान्तरकर्मी विमल गौतमबीच भएको कुराकानीको सम्पादित अंश :
मलाई मंगलवार बेलुका ७ बजे संघीय समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरियाले फोन गर्नुभयो । हामी पार्टीमा बस्नै नसक्ने भयौं, कुनै पनि हालतमा हामी पार्टीमा बस्दैनौं, सहयोग गर्नुपर्यो भन्नुभयो । उहाँ प्रमुख सचेतक र म पनि सांसद भएको हुनाले चिनजान नहुने कुरा भएन, पहिलेदेखि नै चिनजान थियो । कस्तो सहयोग भनेर सोधे ।
उहाँले हामीलाई डा. सुरेन्द्र यादवले सहयोग गर्नुभयो, अब पार्टी फुटाउन संख्या पुग्ने भयो, पार्टी फुटाउन सकिने भयो, सजिलो हुन्छ, उहाँलाई लिन महोत्तरी जाऊँ भन्नुभयो । भर्खरै विधेयक आएको हुनाले मैले सहजै अनुमान लगाएँ । मलाई प्रधानमन्त्री वा कसैले पठाएर यो काममा लागेको होइन । मलाई उमाशंकरजीले अनुरोध गरेका कारण मात्र उहाँलाई लिन महोत्तरीमा गएको हुँ ।
मंगलवार ७ बजे उमाशंकरजीसँग कुरा भएपछि हामीले भेट गर्यौं । साथी नविन बस्नेत, म र उमाशंकरजीबीच भेट भयो । अनि गाडीको बन्दोबस्त पनि भयो । त्यसपछि हामीले डा. सुरेन्द्र यादवसँग पनि फोनमा कुरा गर्यौं । उहाँले हुन्छ, आउनुहोस् भन्नुभयो । उमाशंकरजी र मबीच पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि साथमा लैजाने सहमति भयो, किनभने खनाल र डा. यादव नजिकका साथीहरू हुनुहुँदो रहेछ ।
उहाँहरूबीच पहिलेदेखि नै घनिष्ठ मित्रता रहेछ । हामीले खनाललाई सबै कुराको जानकारी गरायौं । खनालले पनि हुन्छ, जान्छु भन्नुभयो । त्यसपछि उमाशंकरजी, म, खनाल र नविन बस्नेतजी गाडीमा चढेर हिँड्यौं । भक्तपुर पुगेपछि हामी त यस्तो कामले महोत्तरी जाँदैछौं, तपाईं पनि हिँड्नुस् न त भनेर महेश बस्नेतलाई अनुरोध गर्यौं । बस्नेतजीले पनि हुन्छ भनेपछि हामी राति १० बजे भक्तपुरबाट हिँड्यौं । राति २ बजेतिर महोत्तरीको बर्दिवासमा रहेको गौतम होटलमा गएर हामी त्यहीँ सुत्यौं ।
हिजो बुधवार बिहान साढे १० बजेतिर हामी महोत्तरीको देहाद भन्ने ठाउँमा रहेको डा. सुरेन्द्र यादवको घरमा पुग्यौं । डा. यादव र उहाँको परिवारले हामीलाई राम्रो स्वागत गर्नुभयो । ओहो ! तराईमा कति राम्रो घर रहेछ भनेर शुरूमा कुराकानी भयो । उहाँहरूले मेहेनत गरेर खाना पकाउनुभएको रहेछ । दाल, भात, तरकारी, अचार, कुखुराको मासु र दूध खायौं । खाना खाइसकेपछि उमाशंकर र डा. यादवबीच लामो कुराकानी भयो । उहाँहरूले राजनीतिक कुराकानी गर्नुभयो । त्यसपछि हामी हिँड्यौं र दिउँसो ३ बजे फेरि बर्दिवासको गौतम होटलमा आएर चिया खाजा खायौं । महोत्तरीबाट फर्कंदा हामीसँग डा. यादव, उहाँका पीए र भिनाजु पनि सँगै हुनुहुन्थ्यो ।
बर्दिवासस्थित गौतम होटलमा चिया नास्ता गरेर हामी हिँड्दा बुधवार बेलुकाको ७ बजेको थियो । हामी बाटोमा राम्रो कुराकानी गर्दै आयौं । सिन्धुलीमा आएपछि भोक लाग्यो भन्ने कुरा भयो र हामीले सुक्खा रोटी र तरकारी खायौं । लकडाउनका कारण होटलहरू पनि नखुलेकाले रोटी तरकारी खानुबाहेक अन्य विकल्प थिएन ।
गाडीमा बाटोमा आउँदा पनि एकदमै हार्दिकताका साथ कुराकानी भयो । खासगरी उमाशंकरजी र डा. यादवबीच एकदमै गहन तर हार्दिकतापूर्वक कुराकानी भैरहेको थियो ।
सिन्धुलीमा रोटी तरकारी खाएर हिँडेपछि हामी सरासर धुलिखेल नपुग्दैको कुनै ठाउँमा पुग्यौं । त्यहाँ पुगेपछि खाना खानेकुरा भयो र हामी सबैले खाना खायौं ।
सडकमा गाडी नचलेकाले यात्रा पनि सहज भयो । एक किसिमको होलीडे ट्रिप जस्तो थियो हाम्रो यात्रा ।
बिहान ३ बजे हामी काठमाडौं आइपुग्यौं । लकडाउन जारी छ, कोरोनाको त्रास छ, त्यसैले कसैको घरमा गएर बस्ने कुरा भएन । त्यसैले हामीले म्यारियट होटलमा गएर बस्ने योजना बनायौं । त्यहाँ चारवटा कोठा बूक थियो हाम्रा लागि । महेश बस्नेतजी र म एउटा कोठामा सँगै केहीबेर आराम गरौं न त भनेर बस्यौं । डा. यादव छुट्टै एउटा कोठामा सुत्नुभयो । उमाशंकरजी अर्को कोठामा सुत्नुभयो । डा. यादवका पीए र भिनाजु फरक कोठामा सुत्नुभयो । सर्वेन्द्रजी चाहिँ घर जान्छु भनेर हिँड्नुभयो ।
बिहान अशोक राई म्यारियटमा आएको हामीले थाहा पायौं । अशोकजीसँग हाम्रो भेट भएन । राज्यमन्त्री भैसकेका डा. यादवजस्तो व्यक्तिसँग हामीले जबरजस्ती कुनै व्यवहार गर्ने कुरा पनि थिएन । गर्दा पनि गरेनौं । यदि हामीले अपहरण गरेको भए त डा. यादवलाई बन्धक बनाएर होटलमा नलगी अन्त पो लैजान्थ्यौं होला त । यस्तो गलत प्रचार पनि गर्न हुन्छ ?
बाटोमा उमाशंकरजी र डा. यादवले भोलि (आज बिहीवार बिहान) टोलीसहित प्रधानमन्त्रीसँग भेटघाट गर्ने कुरा भएको छ भन्नुभएको थियो । त्यो बाहेक अरू कुरा हामीले सुनेनौं । कुनै स्रोतमार्फत डा. यादवले प्रधानमन्त्रीज्यूसँग कुरा गर्नुभयो कि शायद । हामीले खासै चासो दिएनौं । दिने कुरा पनि थिएन तर प्रधानमन्त्रीसँग भेट्ने कुरा भएको छ चाहिँ भन्दै हुनुहुन्थ्यो ।
डा. यादवको घरमा खाना खाएपछि काठमाडौं जाऊँ भनेर उमाशंकरजीले उहाँलाई अनुरोध गर्नुभएको हो । हुन्छ नि त जाऊँ न त भनेर उहाँले राजीखुशीले आउनुभएको हो । हामीले जबरजस्ती गरेर गाडीमा चढाएर ल्याएको होइन । हिँड्ने बेलामा डा. यादवको परिवारले कुनै अवरोध गरेको भन्ने पनि सत्य होइन ।
मैले पैसा कमाउनका लागि डा. यादवलाई लिन जाने काम गरेको होइन । पैसा कमाउने उद्देश्यले त अर्कै काम गर्न सकिन्छ होला तर यहाँ त बिरामी प्रधानमन्त्री, यति खटेर काम गर्नुभएको छ । शायद हाम्रो सानो प्रयासले उहाँलाई सहयोग पुग्छ भने जाऊँ न त भनेर हामी गएका हौं । त्यसमाथि पनि मलाई प्रधानमन्त्री स्वयं या उहाँको सल्लाहकार टीमले खटाएको पनि होइन । बिशुद्ध उमाशंकरजीको अनुरोधमा म गएको हुँ ।
आज यो विषय बाहिर आएपछि चाहिँ प्रधानमन्त्रीज्यूको सल्लाहकार साथीहरूले पनि फोन गरेर वास्तविकता के–के भएको हो र भनेर सोध्नुभयो । हो हामी महोत्तरीमा रहेको डा. यादवको घरमा गएका हौं र सहमतिमा उहाँलाई काठमाडौं ल्याएका हौं भनेर जानकारी गराएको छु ।
होटल म्यारियटमा पुगेपछि उमाशंकरजी, डा. यादव लगायतबीच राजनीतिक विषयमा कुराकानी भएको हो । उहाँहरूले गहन छलफल गर्दै हुनुहुन्थ्यो । डा. यादवले विचार गर्छौं, छलफल गर्छौं, भनेको हामीले सुनेका हौं । पार्टी नै फुटाउँछौं भनेको सुनेको छैन ।
म पनि राजनीति गर्ने मानिस हुँ । भर्खरै विधेयक आएको सन्दर्भमा कुनै सहयोग पुग्छ कि भनेर हामी खटेका हौं । यसमा कुनै ठूलो स्वार्थ लुकेको छैन ।
बाबुरामजीहरूले अनावश्यक हल्ला गर्नुभयो : महेश बस्नेत
महोत्तरी– ४ बाट निर्वाचित समाजवादी दलका सांसद डा. सुरेन्द्रकुमार यादवलाई आफूहरूले अपहरण नगरेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद महेश बस्नेतले दाबी गरेका छन् ।
बस्नेतसहित नेकपा तनहुँका सांसद किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालमाथि महोत्तरीस्थित यादवको घरबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो ।
‘१० बजेदेखि २ बजेसम्म उहाँकै घरमा खाना खायौं, उहाँले नै मलाई प्रधानमन्त्री ओलीसँग भेट गराइदिन आग्रह गर्नुभयो र हामीसँगै काठमाडौं आउन तयार हुनुभयो,’ बस्नेतले लोकान्तरसँग भने, ‘के यी कुराले अपहरण भएको पुष्टि हुन्छ ? अपहरण हुनका लागि अरू के–के हुनुपर्छ, त्यो हामीलाई डाक्टर भट्टराईले बताइदिए हुने ।’
बस्नेतले यादवसँगै काठमाडौं आउँदा बाटोमा आफूहरू आफ्नो पार्टीसँग असन्तुष्ट रहेको बताएको खुलासा गरे ।
‘उहाँहरूले हामी पार्टीबाट असन्तुष्ट छौं भन्नुभयो,’ बस्नेतले भने ।
सांसद-सांसदबीच भएको सामान्य राजनीतिक भेटघाटलाई ‘अपहरण’ भनेर बदनाम गराउने गरी प्रचार गरेको आफूलाई मन नपरेको बस्नेतको जिकिर छ ।
यसलाई डाक्टर बाबुराम भट्टराईले फण्डा गरेको नेकपाका नेता महेश बस्नेतले बताए ।
‘के ठूला नेतासँग मात्र राजनीतिक कुरा हुने हो ? हामी सांसद–सांसदबीच राजनीतिक कुराकानी हुन सक्दैन ? एउटासँग अर्को हिँड्नै मिल्दैन ? यही हो अपहरण ?’ बस्नेतले प्रश्न गरे ।
नेता बस्नेतले लोकान्तरसँगको कुराकानीमा डा. बाबुराम भट्टराईको ग्रुपले नेकपालाई बदनाम बनाउनका लागि नयाँ प्रोपागाण्डा र फण्डा गरेको बताएका हुन् ।
बिहान ६ बजे अलपत्र परेका यात्रुलाई उद्धारको क्रममा भक्तपुरको जगातेमा पूर्व आईजीपी सवेन्द्र खनालसँग भेट भएको नेकपा नेता बस्नेतले बताए ।
उनले घटनाको विवरण लोकान्तरकर्मी गगन अर्यालसँग यसरी सुनाए :
हामी बिहान करीब १० बजेतिर अलपत्र परेका यात्रीलाई खाना खुवाउने र गाडीको व्यवस्था गर्नका लागि भक्तपुरको जगातेमा गएका थियौं, त्यही क्रममा पूर्वआईजीपी सर्वेन्द्रजी पनि भेट हुनुभएको थियो ।
त्यसपछि समाजवादी फोरमका नेता डा. सुरेन्द्र यादवले भेट्न इच्छा गरेको कुरा सुनेपछि सर्वेन्द्रजीलाई लिएर हामी उहाँकोमा गएका थियौं ।
पूर्व आईजीपी खनाल आफ्नै गाडीमा हुनुहुन्थ्यो, म र किसान श्रेष्ठ छुट्टै गाडीमा थियौं । हामी उहाँ (सुरेन्द्र यादव)को घरमा गयौं । १० बजे पुगेका थियौं र दिउँसो २ बजेसम्म कुराकानी गर्यौं । खाना पनि सँगै खायौं । खाना खानका लागि डाक्टर यादवले हामीलाई निम्ता गर्नुभएको थियो ।
यसबीचमा डाक्टर यादवले धनुषाका सासंदलाई भेट्नुभयो, आफ्ना मामा–भाञ्जा, भिनाजुसँग पनि भेट गर्नुभयो । त्यति बेलासम्म हामीले बर्दिवासमा उहाँलाई कुरेर बस्यौं । त्यसपछि डाक्टर यादवको पीएसओसँगै एउटै गाडीमा आईजीपी, नेता बस्नेत अर्का नेता श्रेष्ठ र डा. यादवसँगै काठमाडौं आयौं ।
कुराकानीका क्रममा नेता यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कामले प्रभावित भएको र कुरा प्रमधानमन्त्रीसँग गराइदिन अनुरोध गरेका थिए ।
‘म प्रधानमन्त्रीको कामसँग निकै प्रभावित भएको छु, मेरा कुरा पुर्याइदिनको लागि भेट्न बोलाएको हुँ,’ भन्नुभएको थियो । हामीले कुराकानी गर्ने वातावरण मिलाइदिन्छौं भनेका भन्यौं ।
हामी बिहान साढे ३ बजे काठमाडौंको म्यारियट होटलमा आयौं । यतिबेला प्रधानमन्त्री सुतिरहेको र बिहान ८/९ बजेतिर बालुवाटारमा गएर भेट गराइदिने भन्यौं । त्यसपछि हामी बाहिरियौं ।
उता, समाजवादी पार्टीका प्रचारप्रसार विभाग प्रमुख प्रशान्त सिंहले पार्टीका केही नेताहरूको कमजोरीमाथि टेकेर प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रयास गरेको तर त्यो सफल नभएको बताए ।
लोकान्तरसँग कुरा गर्दै सिंहले भने, ‘प्रधानमन्त्रीले प्रयास गर्नुभएको हो । उहाँकै निर्देशनमा डाक्टर यादवलाई काठमाडौं ल्याइएको थियो ।’
सांसद यादव आफैंले प्रधानमन्त्रीसँग भेट्न इच्छा जाहेर गर्नुभएको रहेछ नि ! भन्ने प्रश्नमा सिंहले भने, ‘पार्टी फुट्नका लागि विचार, सिद्धान्त चाहिने हो । कुनै नेता मन नपरेर तत्काल पार्टी फुट्ने या अर्को पार्टीमा जाने भन्ने हुँदैन । केही साथीहरू असन्तुष्ट हुनुहुन्थ्यो होला, तर त्यो असन्तुष्टिलाई प्रयोग गरेर रातारात अर्को पार्टी बनाइदिन्छु भन्दै लोभलालच देखाउने काम गर्नु हुँदैनथियो ।’
नेता सिंहले बिहीवार बिहान होटल म्यारियटमा आङकाजी शेर्पाले खिचेको भिडियो नै अपहरण गर्न खोजेको प्रमाण भएको बताए । शेर्पाले बिहान करीब ८ बजे होटल म्यारियटको गेटमा पुगेर सांसद डाक्टर यादव, उमाशंकर अरगरिया र कल्लुदेवी यादवलाई पछाडिको गेटबाट निकालिएको भन्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
यसैगरी समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेको दाबी यस्तो छ :
(लाेकान्तरका लागि सुशील पन्तसँग गरेको कुराकानी ।)
बुधवार दिउँसो डा. सुरेन्द्र यादव महोत्तरीस्थित घरमा बसिरहेका थिए । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले फोन गरेर म तपाईंको गाउँनजिक छु, घरमा आउँदैछु भनेछन् ।
नेकपाका सांसद किसान श्रेष्ठ र महेश बस्नेत पनि खनालसँगै थिए ।
सुरेन्द्रलाई फोन गर्नुअगावै सर्वेन्द्रले पीएसओमार्फत सुरेन्द्रको घरको लोकेसन ट्र्याक गरिसकेका थिए । सुरेन्द्रको घरमा गएपछि उनीहरूले घुमाउरो भाषामा धम्की दिँदै काठमाडौं जान प्रेसर गरेछन् ।
प्रधानमन्त्रीज्यूले बोलाउनुभएको छ, मन्त्री बनाउने कुरा छ, आजै जाऔं भनेछन् । एकछिन सुरेन्द्र अलमलमा परेछन्, ल हुन्छ भनेर उनी बाथरूममा छिरेछन् । बाथरुममा छिरेर सुरेन्द्रले उपेन्द्र यादवलाई फोन गरेर आफू यसरी काठमाडौं आउदै गरेको जानकारी गराएछन् । सुरेन्द्रले आफ्नै गाडी चढ्न खोज्दा दिएनछन्, हाम्रै गाडीमा जाऔं भनेर चढाए छन् ।
सुरेन्द्रले पनि आफ्ना पीएसओलाई गाडीमा राखेछन् । बीच बाटोबाट महेश बस्नेतले आफ्नो फोनबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गराएछन् । ‘ल भोलि बिहान भेटेरै छलफल गरौंला’ भनेर ओलीले फोन राखेछन् । फोनमा ओलीले मन्त्री बन्ने तयारी साथ आउनुस् भनेका रहेछन् । सुरेन्द्रलाई लिएर सर्वेन्द्रको टोली राति ३ बजे कमलपोखरीमा रहेको पाँचतारे होटल म्यारियाटमा पुगेछ ।
यो सबै सूचना पाएर हामीले सामाजिक सञ्जालबाट जानकारी गरायौं । बिहीवार सबै सांसदलाई बालुवाटार पुर्याउने र त्यतैबाट निर्वाचन आयोग पुर्याउनेसम्मको तयारी रहेछ ।
आज बिहान डा. यादवले बावुरामलाई फोन गरेर ममाथि शंका नगर्नुस् होटलबाट फुत्किएर म आउँछु भन्नुभयो ।
पीएसओलाई मेरो सामान कोठामा छ कुर्दै गर म एकछिन मर्निङ वाक गरेर आउँछु भनेर उहाँ होटलबाट बाहिर निस्कनुभयो, अनि हामीले उहाँलाई सुरक्षित स्थानमा पुर्यायौं ।
यसरी बद्नियतपूर्ण ढंगले समाजवादी पार्टी विभाजन गर्ने षड्यन्त्र चकनाचुर भयो । नेकपाभित्र कलह चलिरहेको समयमा समाजवादीका ९ सांसद तान्न ओलीले गरेको चाल बडो रहस्यमयी छ भन्ने हाम्रो बुझाइ छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...