पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अमेरिका र इरानबीच युद्ध भएमा पश्चिम एसियामा तेलको प्रवाह अवरुद्ध हुने विश्वास गरिन्छ त्यसैले यो युद्ध हुनुहुँदैन भनिन्छ । तर अहिले अमेरिकामा कच्चा तेलको मूल्य ऋणात्मक भएपछि युद्धको जोखिम मोल्दा सही हुन्छ होला ?
अघिल्लो साता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स नेभीका सशस्त्र डुंगाहरूले उत्तरी पर्सियन खाडीमा अमेरिकाको जलसेना तथा तटरक्षक जहाजहरूलाई हावाकावा खेलाए । अमेरिकी जलसेनाका अनुसार, इरानका लगभग ११ वटा द्रुत गतिका गश्ती डुंगाहरूले अमेरिकाका ६ वटा जहाज नजिक खतरनाक तथा हैरान पार्ने क्रियाकलाप गरे ।
पर्सियाको खाडीमा यस्ता हर्कत प्रायः भइरहेका हुन्छन् । त्यहाँ वर्षौंदेखि अमेरिकी र इरानी जलसेनाले एकअर्काविरुद्ध यस्तै किसिमको हैरानी दिने क्रियाकलाप गर्दै आएका छन् तर वास्तविक भिडन्त चाहिँ अहिलेसम्म भएको छैन ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार एउटा ट्वीट गर्दै ‘हाम्रा जहाजलाई हैरान गरे भने इरानका एउटा वा सबै सशस्त्र डुंगालाई ध्वस्त पार्नू’ भन्ने आदेश अमेरिकी सेनालाई दिए । यो अनावश्यक रूपमा उत्तेजित पार्ने काम जस्तो देखियो किनकि उक्त क्षेत्रमा अमेरिका र इरानबीचको द्वन्द्वको लामै इतिहास छ र यसको परिणाम निकै घातक हुनेछ ।
ट्रम्पको ट्वीट आउनेबित्तिकै तेलको मूल्य बढ्यो । अमेरिकामा कच्चा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएटको फ्युचर कन्ट्य्राक्ट्स बढेर १३.४९ डलर प्रतिब्यारल पुग्यो ।
यसअघि त्यो ऐतिहासिक रूपमा सबभन्दा कम मूल्यमा झरेको थियो । त्यसैगरी संसारभरि कच्चा तेलको खरिदको ६० प्रतिशत बेञ्चमार्कका रूपमा रहेको ब्रेन्ट फ्युचर्स प्रतिब्यारल १.२० डलर बढेर २०.५३ डलर पुग्यो । सामान्य अवस्थामा युद्धको जोखिम तथा तेलको मूल्यमा वृद्धिको कार्यकारण सम्बन्ध नकारात्मक रूपमा लिने गरिन्छ । तर अहिले सामान्य समय हैन ।
सन् २०१९ को सेप्टेम्बर महिनामा इरानले गरेको भनिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणले साउदी अरबका तेलखानीहरू बन्द हुन बाध्य भएका थिए । त्यसले गर्दा दिनको ५७ लाख ब्यारल तेल उत्पादन हुन सकेको थिएन । त्यो वैश्विक उत्पादनको ५ प्रतिशत हो । त्यसअघि मे महिनामा होर्मुज जलप्रपातमा तेल बोेकेका जहाजमा शृंखलाबद्ध विस्फोट गरिएका थिए र त्यसको दोष पनि इरानलाई नै लगाइएको थियो ।
इरानले अमेरिका, खाडीमा रहेका उसका अरब साझेदार र बाँकी विश्वलाई आफ्नो तेल तथा ग्यास उद्योगमाथि प्रतिबन्ध लगाएर अमेरिकाले अधिकतम दबाब अभियान चलाइरह्यो भने इरान पनि प्रतिकार गर्न समर्थ रहेको सन्देश निरन्तर दिइरहेको छ । उसले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलप्रपातमा तेल बोकेको जहाजको आवागमन बन्द गराउने र तेल उत्पादन संरचनालाई तहसनहस पार्ने क्षमता आफूसँग रहेको प्रमाणित गरिसकेको छ । यस्तो सन्देश दिएको भए पनि इरानले तेलखानीहरूमा गरिएका आक्रमणको जिम्मेवारी चाहिँ लिएको छैन ।
त्यतिखेर ट्रम्पले इरानविरुद्ध सैन्य कारवाही चलाउने सोच बनाएको भए पनि उनको प्रशासनमा रहेका अधिकारीहरूले सम्झाइबुझाइ गरेका थिए । अमेरिकी सेनाका वरिष्ठ अधिकारीहरूले पश्चिम एसियाको तेल उत्पादनमा इरानले पुर्याउने अकल्पनीय क्षति रोक्ने अवस्थामा अमेरिका नरहेको र त्यस्तो क्षति भएमा विश्व अर्थतन्त्र नै धरापमा पर्ने बताएका थिए । सरल शब्दमा भन्नुपर्दा, इरानसँग युद्ध गर्दा फाइदाभन्दा जोखिम बढी हुने देखिएको थियो ।
त्यो त्यतिखेरको कुरा भयो । अहिलेचाहिँ कोभिड–१९ महाव्याधिका कारण संसारकै अर्थतन्त्र ठप्प भएकाले तेलको माग नाटकीयरूपमा घटेको छ अनि यही बेलामा संसारमा तेल उत्पादन चाहिँ कीर्तिमान तोडिने गरी भइरहेको छ । तेल बढी उत्पादन भएका कारण मूल्य धराशायी भएको छ । रुस र साउदी अरबबीच तेलको मूल्यका विषयमा विवाद भएको छ । उनीहरूले अमेरिकाको शेल तेल उत्पादकलाई विस्थापित गर्न र खुम्चिँदो बजारमा आआफ्नो भाग कब्जा गर्न मूल्ययुद्ध गरेका हुन् ।
रुसी र साउदीहरू सफल पनि भए, बढी नै सफल भए । अमेरिकामा कीर्तिमान रूपमा तेल उत्पादन जारी रहँदा विश्वलाई चाहिनेभन्दा दुई करोड ७० लाख ब्यारल बढी तेल दिनदिनै उत्पादन भइरहेको छ । यसले गर्दा अमेरिका र विश्वमै तेल राख्ने ठाउँको अभाव हुन थालेको छ ।
यसले संकट उत्पन्न गराएपछि अमेरिकी तेलको बेञ्चमार्क सूचकांक वेस्टर्न टेक्सस इन्टरमिडिएटको मूल्य नकारात्मक पुगेको छ किनकि तेल व्यापारीहरूले मे महिनाका लागि तेल किन्न ठिक्क परेको ग्राहकहरूलाई उल्टो पैसा तिर्नुपरेको छ । जुन महिनाको सवालमा पनि यही समस्या देखिएको छ । विश्वव्यापी रूपमा तेलको बढी उत्पादन जारी रहेमा ऋणात्मक मूल्य कायम रहनेछ ।
अमेरिकाका तेल उत्पादकहरू दिवालिया बन्न थालेका छन् जसले गर्दा अर्थतन्त्र धराशायी भएर अमेरिकाको तेल उद्योगको ठूलो हिस्सा ध्वस्त हुने सम्भावना विकसित भएको छ ।
विश्वको यस आर्थिक विपत्तिबाट बाहिर निस्कने एउटै उपाय भनेको तेल उत्पादन घटाउनु नै हो । प्रमुख तेल उत्पादकहरूबीच अप्रिल महिनाको आरम्भमा भएका वार्ताले दिनको करीब एक करोड ब्यारल तेल उत्पादन कटाउने योजना बनाएको थियो । त्यति गर्दा पनि विश्वलाई चाहिने भन्दा बढी तेल उत्पादन हुन्छ र थप कटौतीका विषयमा कुराकानी भइरहेका छन् । तर अमेरिकाको शेष तेललाई जोगाउन कुनै पनि देशले आफ्नो बजारभागलाई बलि दिन चाहँदैन । त्यही अमेरिकी तेलका कारण अहिलेको बढी उत्पादन भइरहेको भनी धेरै देशले दोष लगाउने गरेका छन् ।
तर विश्व अर्थतन्त्रबाट दिनको दुई करोडभन्दा बढी ब्यारल तेल तत्कालै हटाउनका लागि अर्को उपाय छ । अमेरिकाले इरानसँग युद्ध गरेमा होर्मुज जलप्रपात बन्द हुन्छ र पर्सियन खाडी क्षेत्रमा तेल उत्पादन बन्द हुन्छ । सन् २०१९ मा यसै हुन्छ भनेर अमेरिका र इरानबीचको सैन्य द्वन्द्व रोकिएको थियो । अहिले अमेरिकाको तेल उद्योग संकटमा परेको अनि अपूरणीय क्षतिको अवस्था रहेकाले पश्चिम एसियामा युद्ध गर्दा फाइदा हुने अमेरिकाको आंकलन छ ।
सन् २०१९ मा इरानसँग युद्ध गर्न अमेरिकाको खासै तयारी थिएन । तर यसबीचमा अमेरिकाले पर्सियन खाडी क्षेत्रमा आफ्नो प्रतिरक्षा तथा सैन्य उपस्थिति मजबूत बनाएको छ । अहिले उसले तैनाथ गरिएका बललाई सुरक्षा दिन तथा सँगसँगै इरानविरुद्ध खतरनाक आक्रमण गर्न सक्ने सामर्थ्य हासिल गरिसकेको छ ।
इरानले गर्ने प्रत्याक्रमणबाट खाडीमा रहेको आफ्ना अरब साझेदारलाई अमेरिकाले कत्तिको सुरक्षा दिनसक्छ भन्ने कुरा निश्चित छैन र त्यो त्यति सान्दर्भिक पनि छैन । अमेरिकाले साउदी अरबमा महत्त्वपूर्ण तेल संरचनाको संरक्षणका लागि जमिनबाट आकाशमा मार हान्न सक्ने पेट्रियोट क्षेप्यास्त्र तैनाथ गरेको छ तर इरानले साउदी अरब तथा खाडीका अन्य अरब मुलुकको तेल उत्पादन क्षमतालाई तहसनहस पार्ने कुरामा शंका गर्न सकिन्न ।
अमेरिका र इरानबीचको युद्धका परिणाम भयानक हुनेछन् र विश्व बजारबाट दुई करोड १० लाखभन्दा बढी ब्यारल तेल तत्कालै हट्नेछन् अनि तेलको मूल्य ह्वात्तै बढ्नेछ ।
अमेरिकाका तेल उत्पादकलाई जोगाउनका लागि गर्नुपर्ने यही नै हो भन्ने अमेरिकाको आंकलन छ । युद्ध होला कि नहोला भविष्यले बताउनेछ तर एउटा कुरा निश्चित छ– इरानसँग युद्धको नाफाघाटा विश्लेषण गर्दा युद्ध निकै महंगो पर्न जान्छ भन्ने जोखिमचाहिँ अमेरिकालाई रहेन । सीधै भन्नुपर्दा इरानसँगको युद्धले नै अमेरिकी तेल उत्पादकलाई बचाउन सक्छ ।
कोभिड– १९ ले समेत कमजोर बनाएको अमेरिकी अर्थतन्त्रलाई निर्वाचन वर्षमा उकास्न खोजेका ट्रम्पका लागि युद्ध एक आकर्षक विकल्पका रूपमा प्रस्तुत भएको छ ।
(आरटीमा प्रकाशित स्कट रिट्टरको विश्लेषण)
लोकान्तरका लागि विन्देश दहालको अनुवाद
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...