२६ जेठ २०८३, मंगलबार

नेयमारकी आमाले छोडिन् २२ वर्षे प्रेमीलाई

बैशाख १२, २०७७
नेयमारकी आमाले छोडिन् २२ वर्षे प्रेमीलाई

ब्राजिली फूटबलर नेयमारकी ५२ वर्षीया आमा नाडाइन गोन्साल्भेसले आफ्ना २२ वर्षीय प्रेमीसँग सम्बन्ध तोडेकी छन् । 

उनले भिडियोगेम बनाउने टियागो रामोससँग डेटिङ गरिरहेको खबर आएको थियो । तर १५ दिन पनि नबित्दै गोन्साल्भेसले रामोससँग सम्बन्ध टुटाएकी छन् ।

रामोस समलिंगी भएको र उनले थुप्रै पुरुषहरूसँग डेटिङ गरेको उनले थाहा पाइन् । 

गोन्साल्भेसले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो पोस्ट गरेर रामोससँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । रामोस नेयमारभन्दा ६ वर्ष कान्छा छन् । 

नडाइन गोन्साल्भेसले नेयामारका पिता वाग्नर रिबेरियोसँग सन् २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन् । 

उनले रामोससँग सम्बन्ध जोड्दा नेयमार र उनका पिताले स्वीकृति दिएका थिए । 

डेली मेलको एक खबर अनुसार, नेयमारका निजी शेफ माउरोसँग डेटिङ गरेपछि रामोस नाडाइन गोन्साल्भेससँग नजिकिएका थिए । अहिले सम्बन्ध टुटेपछि रामोस नाडाइनको घर छोडेर आफ्नै घरमा बस्न थालेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्