×

NMB BANK
NIC ASIA

सांसद् डा. सुरेन्द्र यदवको अपहरण प्रकरणमा जोडिएसँगै पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनालका सम्बन्धमा प्रश्न उठेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार पूर्व आईजीपी सवेन्द्र खनाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ ‘किसान’ले संघीय समाजवादी फोरमका सांसद् डा. सुरेन्द्र यादवको अपरहण गरेको भन्ने हल्लापछि प्रहरीबाट अवकाश पाएको २ महिनामै राजनैतिक तथा अपहरणजस्ता काममा संलग्न हुनुले उनलाई अपराधी किन नभन्ने भन्ने प्रश्न उठेको सुरक्षा विज्ञहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपहरणका लागि दुईपक्षीय उद्देश्य, मानिसको भय र त्रास ३ वटा पक्षको अवाश्यकता पर्ने र त्यो डा. सुरेन्द्र यादवको अपरहणमा देखिएकाले यो अपरहण भएको कानूनका जानकारहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘अपहरणका ३ पक्ष उद्देश्य, मानसिक भय/त्रास र दुईपक्षीय हुनुपर्छ, त्यसमा त्यो देखिन्छ, त्यसैले यसलाई अपहरण हो भन्न सकिन्छ,’ कानूनविद् भन्छन् ।

Vianet communication
Laxmi Bank

मुलुकी अपराधसंहिताको दफा २११ (२) (क) र (ख)मा ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा, कुनै व्यक्तिलाई निजको मञ्जुरीविना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबुआमा वा संरक्षकको मञ्जुरीविना वा झुक्यानमा पारी जबरजस्ती कुनै ठाउँमा लगेमा,’ भन्ने व्यवस्था छ ।

सांसद् यादवको केसमा पनि यो देखिने भएकाले अपरहण भएको कानूनविद्हरू बताउँछन् । यस्तै अपराध नियन्त्रण गर्ने र जनताको सुरक्षा गरेर प्रहरी संगठनको प्रमुख समेत भइसकेको मानिसले सांसद्लाई विना कुनै पनि जानकारी जबरजस्ती ल्याउनु अपरहणलाई अपहरण नै भएको अधिवक्ता मुरारी सापकोटाले बताए ।

‘कानून कार्यान्वयन गराउने ठाउँको प्रमुख समेत भएको मानिस संलग्न भएर गरेको यो काम अपहरण नै हो,’ अधिवक्ता सापकोटाले लोकान्तरसँग भने, ‘अपराधमा मुछिनुले उहाँको नैतिकता हिजो संठनमा रहेर गरेको कार्यसम्पादनको विषयमा प्रश्न उठेको छ ।’

प्रहरीजस्तोे संगठनको प्रमुख समेत भइसकेका खनाल अपहरणजस्तो अपराधमा संलग्न रहनु नैतिकताहीन काम भएको पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल बताउँछन् ।

‘प्रहरी जस्तो संगठनको प्रमुख भएर बसिसकेको मान्छेले संगठनबाट रिटार्यड भइसकेको १/२ महिनामै अपहरण जस्तो आरोप लाग्नुले उनको नैतिकता गुमेको देखिन्छ,’ पूर्व एआईजी ढकालले भने ।

यस प्रकरणले हिजोका दिनमा खनालले गरेको कार्यसम्पादमा समेत प्रश्न उठेको प्रहरीका एक उच्च अधिकारीको बुझाइ छ ।

‘संगठनको प्रमुख भइसेकेको मान्छे अपहरणजस्तो कार्यमा संलग्न देखिनुले उहाँले हिजो गरेका कार्यसम्पादन कति स्वच्छ थियो भन्ने कुरामा प्रश्न उठेको छ,’ एक प्रहरी उच्च अधिकारीले लोकान्तरसँग भने ।

खनालको यस्तो कार्यले सिंगो प्रहरी संगठनलाई नै बदनाम बनाउन सक्ने ती अधिकारीको बुझाइ छ ।

के छ नजिर ?

अवकाश पाएका पूर्व प्रहरी महानिरीक्षकहरू कुनै पनि राजनीतिक कार्यमा संलग्न हुन नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन । यसको अर्थ कुनैपनि प्रहरी अधिकृतले संगठनबाट अवकाश पाएपछि तत्काल राजनीतिमा संलग्न हुने पाउँछ । 

‘अहिलेसम्म कुनै कानूनमा अवकाश पाएका प्रहरी अधिकृतले तत्कालै राजनीति गर्न नपाउने भन्ने कानूनी व्यवस्था भने छैन,’ पूर्व आईजीपी कुवेशसिंह राणाले भने ।

अहिलेसम्म कुनै पनि पूर्व आईजीपीहरू राजनीति तथा अपराधमा संलग्न नभएको राणाले लोकान्तरलाई बताए ।

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल हाल नेकपा ललितपुर– २ का सासंद् छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x