×

NMB BANK
NIC ASIA

न्यायाधीश कुँवरको सुझाव : किसानको घरदैलोमै न्युन ब्याजमा ऋण पुर्‍याउने नीति ल्याउनुपर्छ !

बैशाख १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/७८ को  बजेट प्रस्तुत गर्नुपर्ने स‌ंवैधानिक व्यवस्था छ । जसको तयारी स्वरूप अर्थ मन्त्रालय यतिखेर बजेट निर्माणको चटारोमा छ । 

Muktinath Bank

यसैबीचमा उच्च अदालत पाटनका न्यायधिस टिएन कुँवरले बजेट निर्माणका लागि अर्थमन्त्रालयलाई सुझाव दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुन निम्नानुसार छन् : 


Advertisment
Nabil box
Kumari
  • गरिब, किसान, मजदुर, भूमिहिन, बेरोजगार र आर्थिक रुपमा सिमान्तकृत आम नागरिकलाई भोकमरीबाट कसरी बचाउने भन्नेतर्फ नै बजेट लक्षित हुनुपर्ने।
  • व्यापक मात्रामा कृषिमा नै रोजगारी सृजना गर्ने नीती लागु गर्ने।
  • विदेशबाट फर्केर आएका र आउने जनशक्तिलाई कृषिमा रोजगारी दिने।
  • लकडाउन कै अवधिमा बाली लगाउने समय गुज्रन सक्ने संभावना भएकोले गाउँ गाउँमा किसानहरुलाई सामाजिक दुरी कायम राख्दै खेतिपातिमा अग्रसर गराउने।
  • जग्गाधनीलाई अनिवार्य रुपमा खेती लगाउनुपर्ने कानूनी व्यवस्था गर्ने।
  • यस सम्बन्धी नीति बनाउन तुरुन्त विज्ञ समूह गठन गरी १५ दिनभित्र प्रतिवेदन लिने। सो समूहमा अर्थविद कृषिविद कानूनविद लगायतका विशेषज्ञ राख्ने।
  • कृषि विकास कार्यालय मालपोत नापी र भूमिसुधार कार्यालयहरुबाट देशभरको खेतीयोग्य जमिनको तथ्यांक तुरुन्त लिई अद्यावधिक गर्ने।
  •  साना किसानहरुलाई न्यून ब्याजमा जमिनको मूल्यांकनका आधारमा ऋणउपलब्ध गराउने। ऋणघरदैलोमा नै पुर्याउने व्यवसथा गर्ने।
  • ऋणको दुरुपयोग गरेमा कडा कारवाहीको व्यवस्था गर्ने।
  • कृषिलाई मजबूत बनाउन राज्यले सञ्चालन गर्ने गरी फिलिपिन्समा जस्तै भूमिबैंक स्थापना गर्ने।
  • उत्पादन क्षमताको आधारमा प्रत्येक किसिमका जग्गाको किसिम छुट्याई मूल्य निर्धारण गर्ने।
  • जसले पायो उसले जग्गा ल्पटिङ्ग गरी कुरुप शहरी निर्माण गरिरहको वर्तमान अव्यवस्थालाई कडाइकासाथ अन्त्य गरेर सरकारी मापदणड बनाइ कानून बमोजिम दर्ता भएका र सो मापदण्ड पुरा गरेका एवम त्यसै कामको लागि मात्र दर्ता भएका कंपनीलाई सरकारी मापदण्डको आधारमा मात्र अनुमति दिने।
  • जग्गाको मूल्य अनुसार धग्गा धनीले आफ्नो जमिन निक्षेपको रुपमा भूमिबैंकमा राखी सो बैंकबाट झिकेको रकम कृषि उत्पादनमा बाहेक अन्यत्र प्रयोग गर्न नपाउने व्यवस्था मिलाउने।
  • बैंकमा निक्षेप गर्नका लागि अथाह जमिन ओगटेका जग्गाधनी, जमिन परित्यक्त अवस्थामा फालेका जग्गाधनी, वर्षौंसम्म खेतीपाति नै नगरी बसेका जग्गाधनी र खेती गर्न नै नसक्ने जग्गाधनीको जमिन संकलन गरी खेती गर्न उत्साहित किसानलाई सरकारले समुचित प्रविधि सहितको सहुलियत रकम समेत प्रदान गरी कृषिलाई अगाडि बढाउने।
  • कृषि उपज बजारिकरणका लागि भूमि बैंकसंगसंगै कृषि सहकारी स्थापना गर्ने।
  • उत्पादित वस्तुको गुणस्तरमा जोड दिई विदेश निकासीको प्रबन्ध सरकारले गर्ने।
  • ठूला ठूला कोल्ड स्टोरेजहरु सरकारले निर्माण गरिदिने।
  • कृषि क्षेत्रमा मौलाएका विचौलियाहरुलाई कानूनी कारवाही नगरी उनीहरुको दलाली अन्त्य नहुने हुँदा र श्रमिक किसानले कौडीको भाउमा बेच्न बाध्य कृषि उपज उपभोक्ता समक्ष पुग्दा सय गुना बढी मूल्य पर्ने भएकोले त्यस्ता विचौलियालाई कडा रुपमा कैद र दण्ड सहितको कानूनी व्यवस्था गर्ने।
  • सक्षम हुँदाहुँदै पनि जानाजान जसले जमिन बाँझो राख्दछ र कानूनको उल्लंघन गर्छ उसलाई जरिवाना तिराउने।
  • हिमाल पहाड र तराईमा उत्पादन हुने फलफूल, तरकारी अन्नबाली तथा अरु नगदे बालीको बैज्ञानिक तरिकाबाट व्यावसायिक रुपमा खेती गर्न सरकारले मल बिउ उपकरण र प्राविधिक सहयोग व्यवस्थित रुपमा उपलब्ध गराउन प्रदेश र स्थानिय सरकारलाई उत्तरदायी बनाउने।
  • ती कुराहरुको निरन्तर अनुगमन निरिक्षण र मूल्यांकन गरिरहने। आवश्यक परे अनुगमनकर्ता माथि नै आकस्मिक अनुगमन संयन्त्र बनाई अनुगमन गराउने।
  • यी माथि उल्लिखित कतिपय कार्यहरुमा पनि भ्रष्टाचारको संभावना रहने हुँदा त्यसलाई नियन्त्रण गर्न कडा कारवाहीको व्यवस्था गर्ने।
  • उत्पादित वस्तुको उचित मूल्य सरकारले तोकिदिने।
  • कम्तिमा पनि एक घर एक कृषिरोजगार कार्यक्रम लागु गर्ने।
  • किसानले विक्री गर्न नसकेको अवस्थामा कृषि फसल सरकारले नै खरिद गरी स्टोरेज गर्ने र विदेश निकासि वा आन्तरिक बजारमा विक्री प्रबन्ध गर्ने।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x