×

NMB BANK
NIC ASIA

लकडाउनले रोकिएन रेलमार्गको काम

बैशाख १३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई लकडाउनको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बर्दीबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा पर्ने ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानी तथा नेपाली निर्माण व्यवसायीले लकडाउनको समयमा समेत काम जारी राख्नुलार्ई महानिर्देशक मिश्र खुशी व्यक्त गर्छन् ।


Advertisment
Nabil box
Kumari

‘सामाजिक दूरी कायम गरेर निर्माण स्थलमा काम भइरहेको छ । विभागले स्थानीय प्रशासन र निर्माण व्यवसायीसँग पनि आवश्यक सहजीकरण गरिरहेको छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

सरकारले तोकेको सामाजिक दूरी तथा सुरक्षाका सम्पूर्ण व्यवस्था गरी काम भइरहेको छ । रेलमार्गका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा निर्माण व्यवसायीले अपेक्षित श्रमिक परिचालन गरेका छन् । ‘लकडाउन हुनुअघिदेखि नै कार्यस्थलमा मजदुर तथा मशिन तयारी अवस्थामा थिए, उनीहरूलाई परिचालन गरेर काम भइरहेको छ,’ महानिर्देशक मिश्रले भने ।

निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्रयाक निर्माणकार्य लकडाउन अघि पनि गतिमा नै रहेको थियो । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । त्यस्तै, धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्रयाक र पुल निर्माणको काम गरिरहेका छन् ।

महानिर्देशक मिश्रका अनुसार सरकारले लकडाउनका समेत सामाजिक दूरी कायम गरेर विकास निर्माणको काम गर्न गत चैत २० गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट स्वीकृति लिएर काम भइरहेको र त्यसमा विभागले निर्माण व्यवसायीसँग आवश्यक सहजीकरण गरिरहेको छ । विभागका अनुसार जनकपुर–विजपुरा खण्डमा समेत रेल्वे ट्रयाकको काम लकडाउनको नियमलाई अक्षरशः पालना गर्दै भइरहेको छ । सो खण्डमा हाल ७० कामदार परिचालित छन् । 

सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्रयाक निर्माण भइरहेको छ । लकडाउनले अपेक्षित गति नलिएको भएपनि काम भने निरन्तर जारी छ ।

बन्दबन्दीमा पनि सर्लाहीमा पनि पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा धमाधम निर्माणको काम भइरहेको विभागको भनाइ छ । श्रमिकले काम गर्दा आपसमा सामाजिक दूरी कायम गरेको र बाहिरी मानिससँग कुनै पनि सम्पर्क राखेका छैनन् ।

निर्माण स्थलमा निर्माण सामग्री पनि रहेको र उपकरण तथा जनशक्ति समेत रहेकाले काम गर्न सहज भएको महानिर्देशक मिश्रको भनाइ छ । स्थानीय बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी काम भइरहेको छ ।

काममा खटिएका श्रमिकले रेलमार्ग निर्माणको कामका अलावा निर्माण सामग्रीको समेत सुरक्षा गरिरहेका छन् । कोरोनाको जोखिमलाई ध्यानमा दिँदै काम भइरहेकाले वर्षा अगाडि रेलमार्गलाई एउटा आकारमा ल्याउन सकिने महानिर्देशक मिश्रको भनाइ छ ।

स्थानीय धन्सारदेखि वाग्मतीसम्म करीब २३ किलोमिटरमा ट्रयाक निर्माणले यसअघि नै गति लिएको थियो । सो स्थानमा जंगल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयले समेत आवश्यक सहजीकरण गरिदिएका थिए । रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटको भनाइ छ । त्यस खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी ६ पुल बनाउनुपर्नेछ ।

तोकिएको कार्यतालिका अनुसार साढे २ वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेेछ । निर्माण कम्पनीलाई करीब ३ अर्ब २५ करोड रुपैयाँमा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको थियो । – रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x