कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन शुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ। यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक कारवाही भइरहेको उनले जानकारी दिए।
नदीमा गोहीले फुल पार्ने बेला भएकाले फागुनदेखि असार मसान्तसम्म माछा मार्न पाइँदैन । तर यस अवधिमा तिहारी र हाते जाल प्रयोग गर्ने २२६ जना पक्राउ परेका छन्। घाँस, दाउरा गर्न गएका २०६ जना पक्राउ परेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार वन्यजन्तु चोरी शिकारको एउटा घटनामा आठ जना पक्राउ परेका हुन् ।
उनीहरुले चित्तल मारेको आरोप निकुञ्जको छ । काठ चोरीनिकासी गरेकामा तीन जना पक्राउ परेका छन् । कोरोना भाइरसका कारण पक्राउ परेकालाई तत्काल अनुसन्धान गरी हाजिरी तारेखमा छाडिएको उप्रेतीले जानकारी दिए। हाल हिरासतमा एक जना मात्र रहेका छन् । यसै अवधिमा एउटा घडियाल गोही तिहारी जालमा परेर मरेको छ । निकुञ्जमा चोरी सिकारी बढेपछि चुरे केन्द्रित तीन दिनको गस्ती गरिएको छ ।
उप्रेतीका अनुसार पूर्वको सुनाचुरीदेखि पश्चिमको त्रिवेणीसम्म सात वटा स्थानबाट स्विफ्ट शल्यक्रिया गरिएको हो। अनाधिकृतरुपमा प्रवेश गरेको नपाइएको उनले जानकारी दिए। यस्तै निकुञ्ज हुँदै बग्ने नदीमा डुङ्गा र पैदल गस्ती गरिएको छ । निकुञ्जका भित्री भागमा क्याम्पिङ, स्विपिङ र हात्तीबाट छुट्टाछुट्टै गस्ती भइरहेको छ ।
लकडाउनका कारण मानिसको प्रवेश बढेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने देखिएको छ । यस अवधिमा निकुञ्ज भित्र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले एक र बँदेलले तीन जनालाई घाइते बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती निकुञ्जमा अनाधिकृत प्रबेश बढेसँगै चोरी तस्करीका गिरोह उनीहरुसँगै प्रवेश गर्न सक्ने भएकाले जोखिम बढेको बताउँछन्।
अरुबेला निकुञ्जमा पर्यटकको चहलपहल हुने भए पनि अहिले सुनसान भएकाले यस समयमा चोरी सिकारी गर्ने सक्रिय हुनसक्ने भएकाले विशेष खालका गस्तीका कार्यक्रम भइरहेका रुपाखेतीको भनाइ छ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले संयुक्तरुपमा गस्ती गरिरहेका उनले जानकारी दिए। सुराक सञ्जाललाई व्यवस्थित गरेर निकुञ्जको पूरै भागलाई सुरक्षा दिने काम भइरहेको उनले बताए। फुर्सद्को समयमा नदीमा पौडी खेल्ने, माछा मार्ने र घाँस दाउरा गर्न जानेसँगै पेशेवर तस्कर पस्नसक्ने भएकाले निकुञ्जले सुरक्षाका रणनीति परिवर्तन गरी काम गरिरहेको जनाएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...