×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीलाई प्रदेशभन्दा गृहजिल्ला प्यारो, स्वास्थ्य सामग्रीको पहुँचमा मन्त्रीको पावर !

बैशाख १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमणविरुद्धको लडाईंमा अहिले ठूलो हतियारको रूपमा स्वास्थ्य सामग्रीको आवश्यकता भएका बेला मुख्यमन्त्रीदेखि मन्त्रीहरूले पावरको प्रयोग गर्दै आ–आफ्नो जिल्लामा पठाउन प्राथमिकता दिने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सबै जिल्लामा आवश्यकताअनुसार ती स्वास्थ्य सामग्री पठाउनुपर्नेमा त्यसो हुन सकेको छैन । अहिलेसम्म अनौपचारिक रूपमा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो गृहजिल्ला पर्सामा नै सामग्री पठाउन बढी ध्यान केन्द्रित गरेको देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो बढी सामान पठाइएको जिल्ला भने धनुषा हो । तर, धनुषामा ती स्वास्थ्य सामग्रीमा पहुँच भने सरकार तथा नेताहरूकै रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका एक कर्मचारीले बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रदेश २ को राजधानी जनकपुरधाम हो, यहाँ सबै मन्त्रालयदेखि प्रदेश सभा सचिवालय समेत रहेकाले सांसददेखि मन्त्रीसम्मको पहुँच भएका व्यक्तिहरूलाई ती सामग्री वितरण गरिएको छ,’ ती कर्मचारीले भने, ‘आवश्यकताअनुसार समानुपातिक तरिकाले सबै जिल्लामा स्वास्थ्य कार्यालयदेखि अस्पतालहरूमा बढीभन्दा बढी सामग्रीहरू जानुपर्ने भन्दा पनि मन्त्रीज्यूहरूको पावरको आधारमा वितरण गरिएको छ ।’ 

Vianet communication
Laxmi Bank

चिकित्सकलाई सर्जिकल मास्क छैन तर, सरकारका सबै मन्त्रीहरूलाई छ । ५ सय सर्जिकल मास्क त प्रदेशसभा सचिवालयलाई नै पठाइएको छ । उनकाअनुसार सांसददेखि कर्मचारीहरूका लागि धेरै पहिले नै सर्जिकल मास्क पठाइएको थियो ।  

प्रदेशको नभएर जिल्लाको मात्र मुख्यमन्त्री 

मुख्यमन्त्री लालबाबु राउतको निर्देशनबमोजिम प्रदेश सरकारले नारायणी अस्पताल वीरगञ्जलाई चैत २५ गते स्वास्थ्यका विभिन्न सामग्रीहरू दिएको थियो ।

उपचारमा संलग्न हुने चिकित्सकहरूको सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) ४० थान, सर्जिकल एन९५मास्क ४० थान, स्यानिटाइजर १ सय ५० थान हस्तान्तरण गरिएको थियो । उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । 

मुख्यमन्त्री राउतकै निर्देशनमा वैशाख १ गते जिल्ला प्रशासन कार्यालय पर्साका लागि पीपीई सेट, ग्लभ्स, स्यानिटाइजर लगायतका सामग्रीहरू त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपककुमार यादवले भने, ‘स्वास्थ्य आपूर्ति महाशाखामा विभिन्न ठाउँबाट आएका सामग्रीहरूमध्ये केही सामानहरू मुख्यमन्त्रीज्यूको निर्देशनमा पर्सा जिल्लामा वितरण गरिएको थियो ।’

चैत्र ३० गते नेपाल भारत महिलामैत्री समाजका अध्यक्ष समेत रहेकी राजपा नेपालकी प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले मुख्यमन्त्री राउतलाई १ सय ५० थान पीपीई, ४ हजार २ सय ५० थान जोडामा ग्लभ्स, ५ सय एमएलको ८४ बोतल स्यानिटाइजर, १० थान स्प्रे ट्यांक र २ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेकी थिइन् ।

‘आवश्यकता हेरर प्रदेशका विभिन्न जिल्लाहरूमा टी सामग्रीहरू वितरण गर्नुहोला भनेर मैले मुख्यमन्त्रीज्यूलाई भनेको थिएँ,’ चौधरीले भनिन्, ‘तर, मैले सुनेअनुसार ती सामग्रीहरू बारा र पर्सामा नै पठाउनुभयो ।’ 

पुनः प्रयोगमा ल्याउन सकिने खालको उक्त पीपीई भएका कारण मुख्यमन्त्री राउतले सबै सामग्रीहरू आफ्नो गृहजिल्ला पर्साको वीरगञ्ज तथा छिमेकी जिल्ला बारा पठाएका कुरा मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्र पनि स्वीकार गर्छन् ।

‘पर्साको वीरगञ्जमा तीनजना व्यक्तिमा कोरोना पोजेटिभ पाइएपछि त्यहाँ बढी आवश्यक देखिएकाले १ सय थान वीरगञ्जमा र ५० थान बारा जिल्लामा पठाइएको थियो,’ मिश्रले भने । 

चैत्र २२ गते जनकपुर अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष प्रमोदकुमार साह सहितको टोलीले मुख्यमन्त्री राउतलाई ५ थान पीपीई सहयोगस्वरूप प्रदान गरेका थिए । 

उक्त पीपीई प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवलाई राउतले हस्तान्तरण गरेका थिए । 

चैत्र २० गते भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नारायणी अस्पताल वीरगञ्जमा आफैं पुगेर त्यहाँका मेसुलाई ५० थान पीपीई र २ सय थान ग्लोभ्स हस्तान्तरण गरेका थिए ।

त्यसैगरी पर्सा जिल्लाकै पोखरिया स्वास्थ्य कार्यालयलाई २० थान पीपीई, २ सय थान ग्लोभ्स, स्वास्थ्य कार्यालय पर्सालाई ७० थान पीपीई, ४ सय थान ग्लोभ्स उनले वितरण गरेका थिए । 

त्यसैगरी उनले आफ्नो गृहजिल्ला बारास्थित कलैया जिल्ला अस्पताललाई ३० थान पीपीई, ४ सय थान ग्लोभ्स, १ सय थान मास्क र स्वास्थ्य कार्यालय बारालाई समेत ५० थान पीपीई, ६ सय थान ग्लोभ्स र ६ सय थान मास्क वितरण गरेका थिए । मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफका अनुसार बारा र पर्सा जिल्लामा मन्त्री सोनलले वितरण गरेका ती सबै सामानहरू प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको थियो ।

‘मन्त्रीज्यू बारा र पर्सा जानु हुने कार्यक्रम थियो, सोही कारण सामाजिक विकास मन्त्रालयले मन्त्रीज्यूलाई ती सामग्रीहरू उपलब्ध गराएको थियो,’ सर्राफले लोकान्तरसँग भने, ‘उसो त अन्य जिल्लाका लागि पनि उक्त मन्त्रालयले छुट्ट्याएको थियो, तर हामी गृहजिल्ला जानै लाग्दा हामीले बोकेर हस्तान्तरण गरिदिएको हो । ’

प्रदेशमा कुन–कुन सामान कहाँ–कहाँबाट आयो ?

वैशाख ११ गते वल्र्ड भिजन नामक संस्थाका प्रतिनिधिहरूले १ सय २५ थान पीपीई र २० थान आईआर थर्मल गन सामाजिक विकास मन्त्री नवल किशोर साह सुडीलाई हस्तान्तरण गरेका थिए । 

त्यसैगरी वैशाख १० गते आसमान नेपाल नामक संस्थाले १० थान आईआर थर्मलगन, ५० थान एन ९५ मास्क, १ सय थान स्यानिटाइजर मन्त्री सुडीलाई हस्तान्तरण गरेका थिए । 

माथि उल्लेख गरिएका यी सामग्रीहरूको अभिलेख प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भने जानकारी नै छैन ।

‘मुख्यमन्त्री कार्यालय वा सामाजिक विकास मन्त्रालयमा दिने गरेका ती सामानहरूमध्ये केही यहाँ अभिलेख पठाउने गरिएपनि धेरैजसोको अभिलेख नै आउँदैन,’ आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी श्रवण नायकले भने, ‘हाम्रो आपूर्ति केन्द्र नै मुख्य कार्यालय हो जहाँ सबै सामग्रीहरू संकलन भएर भण्डारण गर्दै वितरण पनि गर्ने हो ।’

तर, त्यसरी एकद्वार प्रणालीबाट न त संकलन भइरहेको छ न त वितरण नै । मुख्यमन्त्रीदेखि मन्त्रीहरू आफू खुशी आफ्नो जिल्ला तथा क्षेत्रलाई नै प्राथमिकता दिने गरेका छन् । 

आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म कुल १ सय ८० थान पीपीई, १९ थान थर्मलगन, १ हजार १ सय १८ थान गाउन, ४० हजार ५ सय थान सर्जिकल मास्क, ८ सय ४० थान एन ९५ मास्क, २ सय २ थान स्यानिटाइजर प्राप्त भएको बताएको छ । स्वास्थ्य सेवा विभागले ७५ थान, चौधरी फाउन्डेसनले १ सय थान र सनराइज बैंकले ५ थान पीपीई दिएको छ ।

त्यसैगरी विभागले १७ थान, आसमान नेपालले २ थान थर्मलगन उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेनले ८ सय थान र चौधरी फाउन्डेसनले ४० थान एन ९५ मास्क दिएको छ । 

कुन–कुन जिल्लामा कति वितरण ?

केन्द्रले वैशाख ७ गतेसम्म अद्यावधिक गरेर उपलब्ध गराएको तथ्यांकअनुसार सप्तरीमा ३५ थान, सिराहामा ५० थान, धनुषामा १ सय २५ थान, महोत्तरीमा ४० थान, सर्लाहीमा १५ थान, रौतहटमा १५ थान, बारामा ५ थान र पर्सामा १ सय थान पीपीई वितरण गरिएको छ ।

त्यसैगरी सप्तरीमा ७० थान, सिराहामा ५५ थान, धनुषामा ३ सय ८५ थान, महोत्तरीमा ५८ थान, सर्लाहीमा ५५ थान, रौतहटमा ८० थान, बारामा ५५ थान र पर्सामा ७५ थान सर्जिकल गाउन वितरण गरिएको छ ।

सप्तरीमा ३ थान, सिराहामा २ थान, धनुषामा ९ थान, रौतहटमा १ थान, पर्सामा २ थान आईआर थर्मल गन दिएको छ । बारा, महोत्तरी र सर्लाहीमा भने थर्मल गन उपलब्ध गराइएको छैन । धनुषामा ९ थान दिएकोमा २ थानले काम गरेको छैन ।

त्यसैगरी सप्तरीमा १ सय थान, सिराहामा ८ थान, धनुषामा ३ सय ५० थान, महोत्तरीमा २० थान, सर्लाहीमा १० थान, रौतहटमा २० थान, बारामा ८ थान र पर्सामा २५ थान एन ९५ मास्क वितरण गरिएको छ ।

कोरोनापोजिटिभ संक्रमित रोगीको उपचार गर्ने चिकित्सकले मात्र लगाउनुपर्ने उक्त ९५ मास्क चिकित्सकले लगाएका छैनन् । तर, मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरू, उनका पीएदेखि अन्य सचिवालयका कर्मचारीहरू, स्थानीय निकायका मेयरदेखि उपमेयर, उनका स्वकीय सचिवालय लगायतका कर्मचारीहरूले एन ९५ मास्क लगाउने गरेका छन् । 

त्यसैगरी सप्तरीमा ७ हजार ८ सय थान, सिराहामा ३ हजार थान, धनुषामा १४ हजार ८ सय थान, महोत्तरीमा २ हजार १ सय १० थान, सर्लाहीमा १ हजार ३ सय थान, रौतहटमा ४ हजार २ सय थान, बारामा ७ सय थान र पर्सामा २ हजार ३ सय थान र प्रादेशिक प्रयोगशाला जनकपुरमा १ हजार ४ सय ३० थान सर्जिकल मास्क वितरण गरिएको छ ।

सप्तरीमा ११ थान, सिराहामा २ थान, धनुषामा ७५ थान, महोत्तरीमा ३ थान, सर्लाहीमा ५ थान, रौतहटमा ४ थान, बारामा ५ थान, पर्सामा २ थान स्यानिटाइजर वितरण गरिएको छ । सूचना अधिकारी नायकका अनुसार १ सय एमएलदेखि ५ सय एमएलको स्यानिटाइजर वितरण गरिएको छ । 

कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्नका लागि स्वास्थ्य सेवा विभागबाट पठाइएको कुल ४० वटा भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम)मध्ये धनुषामा ३५ र रौतहटमा ५ थान वितरण गरिएको छ । 

त्यसैगरी कोरोना रोगको द्रुत गतिमा परीक्षण गर्नका लागि स्वास्थ्य सेवा विभागबाट कुल ५ हजार आरडीटी किट आएको थियो । त्यसमध्ये सबैभन्दा बढी किट पर्सा जिल्लामा नै गएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा १ हजार ३ सय, नेसनल मेडिकल कालेज वीरगञ्जलाई १ सय र स्वास्थ्य कार्यालय पर्सालाई ३ सय गरेर कुल १ हजार ७ सय किट पर्सा जिल्लामा नै गएको छ ।

स्वास्थ्य कार्यालय बारामा २ सय, रौतहटमा ५ सय, सर्लाहीमा २ सय, महोत्तरीमा ५ सय, धनुषामा ३ सय, सिराहामा ६ सय, सप्तरीमा ७ सय थान किट वितरण गरिएको छ । 

प्रादेशिक अस्पताल जनकपुरमा १ सय, प्रादेशिक प्रयोगशाला जनकपुरमा २० थान, गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज सप्तरीमा १ सय ६० थान र सशस्त्र प्रहरी बल बर्दिवासलाई २० थान किट वितरण गरिएको छ ।  

जिल्लागत रूपमा केन्द्रले विवरण उपलब्ध गराएपनि कुन–कुन ठाउँमा ती सामानहरू गएको भन्ने कुरा केन्द्रले बताउन चहेनन् ।

‘त्यसरी खोज्न सकिन्न, धेरै साम्य लाग्छ, हामी अरू काममा समेत व्यस्त छौं,’ सूचना अधिकारी नायकले भने, ‘हामीले प्रत्येक जिल्लाको स्वास्थ्य कार्यालयलाई पठाउने गरेका छौं, स्वास्थ्य कार्यालयले नै आवश्यकताको आधारमा विभिन्न स्थानीय तहमा सामान पठाउने गरेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x