×

NMB BANK
NIC ASIA

कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम सुचारु

बैशाख १४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी करिडोरअन्तर्गत ‘बागलुङ–गुल्मीखण्ड’को काम सञ्चालनमा ल्याएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनाको सो खण्डको काम अवरुद्ध भएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मजदूरको सङ्ख्या घटाएर काम पुन: सञ्चालन ल्याएको सेनाले जनाएको छ । यो खण्डमा लकडाउन पूर्व झण्डै ३०० मजदुर र केही उपकरणको प्रयोग गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

कोरोना जोखिमका कारण काम गर्ने मजदुर घटेपछि सो खण्डमा ८० जनाले काम शुरू गरेको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । 

Vianet communication
Laxmi Bank

मजदुरलाई स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेर ठूला योजनाका काम सञ्चालन गर्न सरकारको आग्रहपछि  आयोजनाको काम शुरू भएको हो ।

सेनालाई बागलुङदेखि गुल्मीसम्मको सडक निर्माण गर्ने कामको जिम्मेवारी सरकारले दिएको छ । 

यो सडक असार मसान्तसम्म सक्ने लक्ष्य राखे पनि कोरोनाको प्रभावले काम गर्ने मजदुर सबै घर फर्किएपछि काम निर्धारित समयमा सक्न गाह्रो पर्ने कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिए ।

बाग्लुङको मालढुंगादेखि गुल्मीसम्म जोड्ने सडक निर्माणमा अहिलेसम्म एक अर्ब ४२ करोड खर्च भइसकेको छ । 
    
बागलुङको मालढुंगादेखि बलेवा एअरपोर्टसम्मको १० किलोमिटर सडक १० मिटर चौँडाइ निर्माण सम्पन्न गरी सडक कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । 

छिमेकी मुलुक भारत र चीनको उत्तरदक्षिण जोड्ने यो सडक निर्माण भएमा भारतीय नागरिक मुक्तिनाथ मन्दिर दर्शन गर्न जान र चिनियाँ बौद्ध धर्मावलम्बीलाई लुम्बिनी पुग्न सहज हुने करिडोर अभियन्ताका टीकाराम ढकाल बताउँछन् ।

सडकले छोएका जिल्लाका कृषकले उत्पादन गरेको कृषि उपज निर्यातमा समेत सहज हुने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । तारानाथ आचार्य/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x