२६ जेठ २०८३, मंगलबार

सांसदको राजनीतिक अपहरण प्रकरणः तत्काल कानूनी कारवाही अगाडि बढाउन प्रतिपक्षी दलहरुकाे माग

बैशाख १५, २०७७
सांसदको राजनीतिक अपहरण प्रकरणः तत्काल कानूनी कारवाही अगाडि बढाउन प्रतिपक्षी दलहरुकाे माग

प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलले सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरणमा संलग्नलाई कारबाहीको माग गरेको छ। 

कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार सानेपामा भएको बैठकले उक्त घटनामा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो। 

सांसद यादवलाई तराईबाट काठमाडौँ ल्याउन संलग्न रहेका नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायरको प्रयास भएपनि प्रहरीले जाहेरी लिएको छ। 

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्