×

NMB BANK
NIC ASIA

प्रदेशको बजेट तयारीमा कर्मचारीको भर, मुख्यमन्त्री पोखरेल काठमाडौंको खिचातानीमा

बैशाख १६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रदेश ५ सरकार लकडाउनको अवस्थामा पनि आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणमा केन्द्रित भएको छ ।

Muktinath Bank

अर्थ मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेल काठमाडौंको राजनीतिक खिचातानीमा सक्रिय रहेका बेला प्रदेशमा कर्मचारीले बजेट निर्माणको तयारी गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश योजना आयोग कोरोनाले निम्त्याएको विषम परिस्थितिको अध्ययन गर्दै यतिबेला बजेट, नीति तथा कार्यक्रममा निर्माणमा जुटेको हो । हालकै अवस्था रहे तोकिएको जेठ १५ गते नै नीति तथा कार्यक्रम आउने छ । प्रदेशले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले अहिलेको बजेटले स्वास्थ्य क्षेत्र र आन्तरिक रोजगारी सिर्जनाले प्राथमिकता पाउने गरी बजेट निर्माणको काम भइरहेको बताए ।

Vianet communication
Laxmi Bank

‘मन्त्रालयहरूलाई गत वर्षको बजेटमा आधारित रहेर कार्यक्रम बनाउन मन्त्रालयहरूलाई भनिएको छ । त्यसका साथै ‘पब्लिक हेल्थ’ सुधार प्राथमिकतामा पर्छ,’ उनले भने । स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार र सेवा विस्तारका दृष्टिले निजी क्षेत्रभन्दा सरकार धेरै पछाडि छ । 

प्रदेश ५ सरकारमा अन्तरिक मामिला तथा योजना मन्त्री छैनन् । मुख्यमन्त्री शंकर पोखरेललाई नै मन्त्रालयको जिम्मा छ । बहुवर्षीय आयोजना स्वीकृति ठेक्का बन्दोबस्त सम्बन्धी मापदण्ड, दीगो विकास लक्ष्य, आवधिक योजना (२०७६/०७७ देखि आव २०८०/०८१) परियोजना बैंकमा समावेश गरिने आयोजनालाई बहन गर्नुपर्ने दायित्व, प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड, बहुवर्षिय आयोजना स्वीकृति ठेक्का बन्दोबस्ती सम्बन्धी मापदण्ड लगायत विषय बजेट तर्जुमा गर्दा आधार लिइएको छ ।

महाशाखा प्रमुख जनार्दन पौडेल

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कोरोनाले अप्ठ्यारो अवस्थामा पुर्‍याएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आउने बताए । ‘स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग जस्ता उत्पादनशील क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ । कोरोनाका कारण वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा लगाउने गरी बजेट बन्छ । जनता आर्थिक विकाससँग जोडिन कार्यक्रम ल्याउने प्रयत्नमा सरकार लागेको छ,’ उपाध्यक्ष डा. गौतमले भने ।

गौतमले गत वर्षभन्दा यस वर्षको बजेट बढ्ने संकेत समेत गरे । चालू आर्थिक वर्षको बजेट ३५ अर्ब ४१ करोड रुपैयाँ छ । चालू आवको बजेटमा सबैभन्दा धेरै भौतिक पूूर्वाधार तथा विकास मन्त्रालयमा छ ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशको गरीबी न्यूनीकरण गर्ने खालको बजेट आउने बताए । ‘हाम्रो प्रदेशमा अझै २४ प्रतिशत जनता गरीबीको रेखामुनि छन् । ५ वर्षमा १० प्रतिशतमा झार्ने लक्ष्य छ । सोही अनुसार कृषि, उद्योग, पर्यटन छुट्ने छैनन् । त्यसका साथ स्वास्थ्य पनि अहिले प्राथमिकतामा पार्नुपर्ने देखियो,’ उनले भने ।

प्रदेश चालू आवको बजेट खर्च कम हुने भएको छ । बजेट खर्च हुने मुख्य समयमा लकडाउनले मुलुक ठप्प भएपछि विकास बजेट खर्च कम हुने देखिएको छ । गत वर्ष ६७ प्रतिशत बजेट खर्च भएको थियो । यो वर्ष त्यही अवस्थामा पनि नपुग्ने देखिएको छ ।

प्रदेशमा जलविद्युत्को अवस्था कमजोर छ । हालसम्म प्रदेशबाट जम्मा २१ मेगावाट विद्युत् मात्रै उत्पादन भएको छ । खाद्यान्न उत्पादन र तेलहन उत्पादनमा सबै प्रदेशभन्दा अगाडि देखिएको छ ।

प्रदेशमा ४ उपमहानगरपालिका, ३४ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्् । प्रदेशको क्षेत्रफल १७ हजार ८१० वर्गकिलोमिटर । जुन कूल नेपालको भूभागको १२.१ प्रतिशत भूभाग ओगटेको छ । प्रदेशका १४ प्रतिशत जनता तराई क्षेत्रमा बसोबास गर्छन् । प्रदेशको जनसंख्या ४४ लाख ५८ हजार २५२ रहेको छ । जसमध्ये महिलाको जनसंख्या धेरै छ । ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । प्रदेशको जनसंख्याले कूल देशको १७ प्रतिशत जनसंख्या ओगटेको छ ।

प्रदेशमा २२.७ प्रतिशत खेतीयोग्य जमिन छ । जसमध्ये ४९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । यसका ५२ प्रतिशत जनसंख्या नगरपालिमा बसोबास गर्छन् । प्रदेशमा ९०० बैंक तथा वित्तीय संस्था रहेको स्थिति पत्रमा उल्लेख छ । तराईका जिल्लामा बैंकहरू बढी र पहाडी जिल्लामा कम रहेका छन् । १० लाख जनसंख्या सहकारीमा आवद्ध छन् । जसमा ६ हजारले रोजगार पाएका छन् भने २२६ अर्ब निक्षेप संकलन भएको छ । प्रदेशमा ९०० उद्योग छन् । जसमा ४० हजारले रोजगारी पाएका छन् । धेरै उद्योग भएको प्रदेशमध्ये ५ नम्बर दोस्रोमा पर्छ । प्रदेशमा ८० प्रतिशत जनसंख्यालाई खानेपानी पुगेको छ । ६२ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच छ, जुन ४ औं स्थानमा पर्छ ।

प्रदेशमा ११ हजार किलोमिटर सडक सञ्जाल छ । प्रदेशमा ५ हजार ८०० विद्यालय छन् । जसमा १३ लाख विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १२४ प्राविधिक कलेज छ । प्रदेशको साक्षरता ६५ प्रतिशत छ । १० जिल्ला पूर्णसाक्षर घोषणा भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x