×

NMB BANK
NIC ASIA

‘प्रदेशका सबै जिल्लामा विकास निर्माण’

बैशाख १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको बताएका छन्। त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा प्रदेश सरकारले निर्माण गर्दै गरेको सडक खण्डको अनुगमनका क्रममा कुरा गर्दै मन्त्री फुँयालले मन्त्रालयले लकडाउनलाई अवरोधरहित विकास निर्माणका अवसरका रूपमा प्रयोग गरिरहेको बताए ।

Sagarmatha Cement
Muktinath Bank

लकडाउनका कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको मन्त्री फुँयालको भनाइ छ । वर्षायाम शुरु भएसँगै बाढी आउन सक्ने र धेरै काम भइसकेका योजनामा क्षति पुग्न सक्ने भएकाले सडक, ड्याम, पुल, पुलेसालगायत आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए ।
 
निर्माणाधीन आयोजनाको प्राविधिकसहित टोलीले निरन्तर अनुगमन र निरीक्षण भइरहेको बताउँदै मन्त्री फुँयालले आफूसमेत बरम्बार अनुगमनमा निस्कने गरेको उल्लेख गरे । कतिपय आयोजनाको निरीक्षण र अनुगमनमा मुख्यमन्त्रीसमेत जानुभएको उनले जानकारी दिए । उनले लकडाउनका कारण बाहिरबाट आएका अधिकांश श्रमिक घर गएको भए पनि स्थानीय श्रमिकले अवसर पाएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव भण्डारीले लकडाउनले विकास निर्माणका काममा समस्या पारे पनि आयोजनाको कामलाई निरन्तरता दिइएको बताए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सामग्रीको आपूर्ति गर्नुका साथै अन्य जटिलता चिरेर काम भइरहेको उनले जानकारी दिए । त्यस्तै पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले हेटौँडाको राप्ती तटमा निर्माणधीन सडक तथा ड्यामको ‘लञ्चिङ’ को काम बर्खाअघि कुनै पनि हालतमा सक्नुपर्ने भएकाले काम सञ्चालन गरिएको बताए । 


Advertisment
Nabil box
Kumari

यसैबीच वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन प्रतिपक्षसँगै पार्टीकै जिम्मेवार नेताहरु लागेको आरोप लगाउनुभएको छ । आज रासससँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री ढुङ्गेलले कसैले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउने बताए । 

Vianet communication
Laxmi Bank

“देशमा स्थिरता नचाहने केही व्यक्ति तथा समूहले के–के गर्दा सरकारलाई कमजोर बनाउन सकिन्छ, के–के गर्दा प्रधानमन्त्रीको कद होचो देखाउन सकिन्छ, त्यहीँ–त्यही गरिरहेका छन् तर सम्पूर्ण नेपाली जनताको आशा र भरोसाका केन्द्र ओलीको कद झन्–झन् उच्च हुँदैछ”, उनले भने । 

मन्त्री ढुङ्गेलले यो सरकारको पालामा जस्तो विकास कसैको पालामा पनि नभएको भन्दै भए देखाउन चुनौती दिए । नेकपा युवा नेताहरुलाई अपहरणकारीको आरोप लगाएको प्रति असन्तुष्टि जनाउँदै मन्त्री ढुङ्गेलले पूर्वमन्त्री डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भनेर राजनीतिक मसला बनाउन खोजिएको बताए । मन्त्री ढुङ्गेलले वर्तमान समय आग्रह र पूर्वाग्रहबाट माथि उठेर सबै दल र नेतृत्व तथा आम नेपाली कोरोना भाइरसविरुद्ध अभियानमा एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x