२७ जेठ २०८३, बुधबार

घोराही बजार फेरि बन्द

बैशाख १६, २०७७
घोराही बजार फेरि बन्द
प्रतिकार्यात्मक तस्वीर।

घोराही उपमहानगरपालिकाले लकडाउन खुकुलो बनाउन मंगलबार बिहान ११ बजेदेखि खोलेको बजार जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ। बजार खोल्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम बढेकाले बजार बन्द गराइएको हो । 

प्रदेश नं ५ मा कोरोनाको संक्रमण नदेखिएपछि  उपमहानगरपालिकाले यही वैशाख १४ गते लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो । स्थानीय सरकारले गरेको निर्णयको अनुमोदन वैशाख १५ गते जिप्रकाले गरेको  उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए। उपमहानगरपालिकाले आज  ३ बजेसम्म बजार खोल्ने निर्णय गरेकामा माथिको आदेश भन्दै प्रहरीले खुलेका पसल बन्द गराउँदै हिँडेको थियो । बिहान ११ बजे बजार खुलेको थाहा पाएपछि नगरवासी अत्यावश्यक सामान खरीदका लागि सडकमा देखिएका थिए ।

बजार बन्द भएपछि स्थानीय विपद् व्यवस्थापन समिति दाङले आफूले दिएको अनुमति फिर्ता लिँदै साताको तीन दिन बजार खोल्ने निर्णय गरेको छ। पहिले जस्तै आइतबार, मंगलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म तरकारी बजार र अत्यावश्यक सामानका पसल खोल्ने निर्णय गरिएको हो । यसरी पसल खोल्दा सामाजिक दूरी कायम गर्न नागरिक र व्यवसायीलाई विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आग्रह गरे।

salt training

कमेन्ट गर्नुहोस्