×

NMB BANK
NIC ASIA

आदिमदेखि आधुनिक युगसम्म फैलिएका यी हुन् २३ महामारी : अन्ततः मानव जाति नै विजयी

बैशाख १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पृथ्वीमा प्राणीको उत्पत्ति भएसँगै वनस्पति प्राणी, जिवाणु (Bacteria) र विषाणु (virus) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जिवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।

Muktinath Bank

पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जिवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जिवाणु र विषाणु बीचको सन्तुलन बिग्रियो भने जिवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखापरेका महामारीहरूदेखि कोभिड–१९ को महामारी यसैका उदाहरणहरू हुन् । ‘सबैजसो जिवाणु, विषाणु र परजीवीहरूले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरू लगाउछन् । तिनै रोग लगाउने नयाँ र पुराना जिवाणु वा विषाणुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन् ।’ (डा. झलक गौतम) कोभिड–१९ महामारी यसैको पछिल्लो कडी हो ।


Advertisment
Nabil box
Kumari

प्रागैतिहासिक कालदेखि आधुनिक कालसम्म अनेक प्रकारका रोग–व्याधीका कारणले महामारीका घटनाहरू भएका छन् । आदिम कालदेखि आधुनिक युगसम्म घटेका केही ऐतिहासिक महामारीहरूको यसमा संक्षिप्त चर्चा गरिएको छ –

Vianet communication
Laxmi Bank

१. प्रागैतिहासिक महामारी : इसापूर्व ३००० (Prehistoric Pandemic : 3000 B.C) :- करिव ५००० वर्ष पहिले दक्षिणी चीनको 'हेमिन् मंघा' र 'मियाओजिगोयु'  भनिने पुरातात्त्विक महत्वको क्षेत्रमा फैलिएको महामारीले समस्त वस्तिलाई नै ध्वस्त वनाएको थियो । उक्त महामारीमा सो क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण मानिसहरुको मृत्यु हुन गई उक्त वस्तिलाई एउट चियानमा परिणत गरिदिएको थियो । चीनको सो क्षेत्र आज विश्वसम्पदा क्षेत्रमा सूचिकृत भएको छ ।

२.  एथेन्सको प्लेग : इसापूर्व ४३० (Plague of Athens : 430 B.C) :- ४३० इसापूर्व एथेन्समा ज्वरोको महामारी फैलिएको थियो । ५ वर्षसम्म फैलिएको यो महामारीवाट एक लाख मानिसहरुको मृत्यु भएको थियो । एथेन्स र स्पार्टा वीच भएको लडाइमा स्पार्टाका सेनाहरुले एथेन्सका सेनाहरुलाई आफ्नो शहरको रक्षाको लागि "लामो पर्खाल" भनिने किल्लाहरुको पक्षाडि शरण लिन बाध्य पारेको थियो । युद्धको कारण सेनाहरुको वढदो भिडले महामारी फैलिएको थियो । महामारीले कमजोर भएको एथेन्स स्पार्टासंग पराजित हुन पुग्यो ।

३. एन्टोनाइन प्लेग : ईस्वी सन् १६५-१८० (Antonine Plague :165-180 A.D) :-  विश्व इतिहासमा अभिलिखित एन्टोनाइन प्लेग ईस्वी सन् १६५ देखि १८० को वीचमा फैलिएको महाविनाशकारी महामारी थियो । रोमन सांम्राज्य शक्तिशाली भएको समयमा 'पार्थिया' संगको युद्धबाट फर्किएका रोमन सेनाहरुबाट यो महामारी रोमन सांम्राज्यमा फैलिएको थियो । यस महामारीबाट रोमन सांम्राज्य लगायत एशिया, ग्रिस, इटाली समेत गम्भीर रुपमा प्रभावित भएका थिए । यस महामारीबाट ५० लाख भन्दा वढी मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ । यस महामारीले रोमन सांम्राज्यलाई कमजोर वनाएको थियो ।

४. साइप्रियन प्लेग : ईस्वी सन् २५०-२७१ (Plague of Cyprian :250-271 A.D) :- ईस्वी सन् २५०-२७१ सम्म फैलिएको साइप्रियन प्लेग महामारीले युरोपमा आतङ्क मच्चाएको थियो । यस महामारीमा रोम शहरमा मात्र प्रत्येक दिनमा ५ हजार मानिसहरुको मृत्यु भएको थियो । यो महामारी पछि मानिसहरुको अभावमा खाद्यान्न उत्पादनमा कमी हुन गई रोमन साम्राज्यमा भोगमारीको स्थिति उत्पन्न भएको थियो । यो महामारीलाई टियुनिसियाको कार्थग शहरका पादरी सेन्ट साइप्रियनले 'संसारको अन्त्यको संकेत' को रुपमा व्याख्या गरेका थिए । यसैले यो महामारीको नाम सेन्ट साइप्रियनको नाम बाट साइप्रियन प्लेग रहन गएको हो ।

५. जस्टिनियन प्लेग :  ईस्वी सन्  ५४१-५४२ (Plague of Justinian : 541-542 A.D) :- ईस्वी सन् ५४१ देखि ५४२ सम्म फैलिएको यो महामारीबाट एशिया, उत्तर अफ्रिका, अरेविया र युरोपसम्म गम्भीर रुपले प्रभावित भएको थियो । बेन्जाटाइन सांम्राज्यका सम्राट बेन्जाटाइनको शसनकाल (ईस्वी सन् ५२७-५६५) मा बेन्जाटाइन सांम्राज्य मध्यपूर्व देखि पश्चिम युरोप सम्म फैलिएको थियो । संम्राट जस्टिनियनले सांम्राज्यको राजधानीको रुपमा रहेको कन्सटान्टिनोपल (हालको स्तानबुल) मा एउटा ठुलो 'हगिया सोफिया' (पवित्र ज्ञान) नामक गिर्जाघर निर्माण गर्नु भएको थियो । बेन्जाटाइन सांम्राज्यको राजधानीबाट फैलिएको यो महामारीबाट विश्वको १०% जनसंख्य घट्न गई ५ करोड मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

६.  कालो मृत्यु  : ईस्वी सन्  १३४६-१३५३ (The black death:1346-1353 A.D) :- ईस्वी सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई कालो मृत्यु (Black death)को नामले चिहिन्छ । यर्सिनिया पेस्टिस जिवाणुका कारण फैलीएको यो महामारी मुसाबाट उत्पति भइ झिङ्गाको माध्यामबाट मानिसमा संक्रमण भएको थियो । यो महामारी एशियाबाट शुरु भइ युरोप लगायत संसारभर फैलिएको थियो । ईस्वी सन् १३४७ को अक्टुवर महिनामा इटालीको सिसिली स्थित मेसिना वन्दरगाहमा व्ल्याक सी हुदै १२ वटा पानी जहाज आएर रोकिए ती रोकिएका जहाज भित्र हेर्दा विभत्स दृश्य देखियो । जहाजमा रहेका धरैजसो यात्रुहरुको मृत्यु भइसकेको थियो भने मृत्युको अन्तिम अवस्थामा पुगेका जीवित यात्रुहरु रगत र पिपले वनेको कालो फिँजले पुरिएका थिए । ति जहाजहरुमा रहेका मुसाहरु शहर पसे पछि फैलिएको महामारीले संसारभरि २० करोड मानिसहरुको मृत्यु भएको थियो । युरोपमा मात्र जनसंख्याको एक तिहाइ अर्थात २ करोड भन्दा वढि मानिसहरुको मृत्यु भएको थियो । यो महामारी पछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न २०० वर्ष लागेको थियो । यो महामारीले युरोपको मार्ग परिवर्तन गरेको इतिहास कारहरुको मत रहेको छ ।

यो रोगको उत्पति, रोकथाम र उपचार बारे मानिहरुलाई थाहा थिएन । रोगी मानिसको नजिक नगएमा रोग सर्दैन भन्ने थाहा भएपछि भेनेसिएनहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट आउने यात्रुहरुलाई विरामी नभएको प्रमाणित नभएसम्म यात्रुहरुलाई एकान्तमा ३० दिन (पछि ४० दिन वनाइयो) राख्ने नियम वनाईयो जसलाई 'क्वरान्टिनो' भनिन्थ्यो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पूर्वरुप यही नै हो ।

७.  अमेरिकन प्लेग : सोह्रौ शताव्दि (American Plagues :16 th century) :- यो महामारी  ईस्वी सन् १५११ देखि १५३२ सम्म युरोपेली अन्वेषकहरुबाट अमेरिकी महादेशमा फैलिएको थियो । नाग-कान बाट रगत वग्ने र अधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट १ करोड ८० लाख भन्दा वढी मानिसहरुको मृत्यु भएको अनुमान छ ।  यस महामारीबाट पश्चिम गोलार्धमा रहेका आदिबासिहरुको ९०% देखि ९५%  सम्म मृत्यु हुनुको साथै "एज्टेक सभ्यता" र "इन्का सभ्यतालाई" विनास गरेको थियो ।

८.  कोको लिज्ट्ली महामारी : ईस्वी सन् १५४५-१५४८ (Cocoliztli epidemic: 1545-1548 A.D) :- साल्मोनेला उपसमूहको एस. प्यारासाइटको संक्रमणबाट मेक्सिकोबाट शुरु भएको यो महामारीबाट संसारभर १ करोड ८० लाख मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

९.  ग्रेट प्लेग अफ लण्डन : ईस्वी सन् १६६५-१६६६ (Great Plague of London:1565-1566) :- ईस्वी सन् १६६५ को अप्रिल महिनादेखि १६६६ को सेप्टेम्वर महिनासम्म फैलिएको यो महामारीमा १ लाख मानिसहरुको मृत्यु भएको थियो । यो महामारीबाट लण्डन शहरका १५% मानिसहरुले ज्यान गुमाएका थिए ।

१०.  ग्रेट प्लेग अफ मार्सेल : ईस्वी सन् १७२९-१७२३ (Great Plague of Marseille:1720-1723 A.D) :- मध्य पूर्वबाट माल-सामान ल्याएर आएको 'ग्रयाण्ड सेन्ट एन्टोइन' नामक पानीजहाजबाट निस्केर शहर पशेका संक्रमित मुसाहरुबाट फ्रान्सको मार्सेल शहरबाट फैलिएको यो महामारीबाट मार्सेल शहर र आसपासको क्षेत्रमा १ लाख मानिसहरुको मृत्यु भएको थियो जसमा ३०% मार्सेल शहरका बासिन्दाहरु थिए ।

११.  रसिएन प्लेग : ईस्वी सन् १७७०-१७७२ (Russian Plague :1770-1772 A.D) :- ईस्वी सन् १७७० देखि १७७२ सम्म रुसको मस्को शहरमा फैलिएको महामारीमा १ लाख मानिसहरुले ज्यान गुमाएका थिए ।  कारखानाका कारण महामारी फैलिएको भनी सरकारले सवै कारखानाहरुलाई मस्को बाहिर सार्ने निर्णय गर्नु परेको थियो ।

१२.  स्पेनिश फ्लु : ईस्वी सन् १९१८-१९२० (Spanish flu: 1918-1920 A.D) प्रथम विश्वयुद्ध सकिए लगतै स्पेनिश फ्लुको महामारी फैलिएको थियो । यस महामारीबाट त्यसवेलाको विश्वको जनसंख्याको एक तीहाइ हिस्सा अर्थात ५० करोड भन्दा वढी मानिसहरु संक्रमित हुनुको साथै ५ करोड देखि १० करोडसम्म मानिसहरुको मृत्यु भएको थियो । यस महामारीबाट भारतमा मात्र जनसंख्याको ६% अर्थात १ करोड ८० लाख भन्दा वढि मानिसहरुको मृत्यु भएको थियो भने चीनमा ४० लाख देखि ९४ लाखसम्म, इन्डोनेसियामा १५ लाख, इरानमा ९ लाख देखि २४ लाखसम्म, अमेरिकामा ६ लाख ७५ हजार र जापानमा ४ लाख मानिसहरुको मृत्यु भएको थियो ।

यो महामारीको नाम स्पेनिश फ्लु रहनुमा पनि एक रोचक कथा छ । यो महामारी स्पेनबाट फैलिएर यसको नामाकरण स्पेनिश फ्लु रहन गएको होइन । प्रथम विश्व युद्धमा व्रिटेन, फ्रान्स र रसियाको एउट गठवन्धन थियो भने जर्मन, आष्ट्रिया+हंगेरी र इटालीको अर्को गठवन्धन थियो । तर स्पेन भने कुनै गठवन्धनमा सम्मिलित थिएन ।स्पेन तटस्थ थियो । प्रथम विश्व युद्धमा गठवन्धनमा सम्मिलित देशहरुमा प्रेसमा एक प्रकारको प्रतिवन्ध थियो । सेनाको मनोवल गिराउने कुनै सामाग्री छापिदैनथ्यो । सैनीक शिविरबाट सुरुभएको यस महामारीको सत्य-तथ्य समाचार युद्ध सम्मिलित राष्ट्रका सञ्चार माध्यामहरुले सार्वजनिक गर्ने अवस्था थिएन । तर युद्धमा समाबेश नभएको तटस्थ रहेको स्पेनमा तुलनात्मकरुपमा प्रेस स्वतन्त्रता थियो । त्यसैले स्पेनी संचार माध्यामहरुले यस महामारी बारे सत्य-तथ्य जानकारी सार्वजनिक गरेकाले यस महामारीको नाम स्पेनिश फ्लु रहन गएको हो ।

१३.  विफर : ईस्वी सन् १५२०-१६००(Small pox: 1520-1600 A.D) :- ईस्वी सन् १५२० देखि १६०० सम्म युरोप,दक्षिण अमेरिका, एसिया, अरेविया लगायत विश्वमा महामारीको रुपमा फैलिएको विफरले ५ करोड ६० लाख मानिसको ज्यान गएको थियो भने वचेका मानिसहरुमा विभिन्न दाग रहनुको साथै अपाङ्ग भएका थिए । पश्चिमी गोलार्धको अमेरिका र मेक्सिकोमा ९०% देखि ९५% सम्म आदिवासिहरुको मृत्यु हुनुको साथै इज्टेक र इन्का सभ्यतालाई समाप्त पारेको थियो । यो रोगबाट विभिन्न समयमा नेपालमा पनि धेरै मानिसहरुको मृत्यु हुनुको साथै अपाङ्ग भएका थिए । एस रोगको खोप पत्ता लागेपछि हाल यो रोग उन्मुलन भएको छ ।

१४.  हैजा : ईस्वी सन् १८४०-१८६० (Cholera:1840-1860A.D) :- ईस्वी सन् १८४० देखि १८६० सम्म भारतबाट शुरु भएको हैजाको महामारी एसिया, युरोप, उत्तर अमेरिका, अफ्रिका लगाएत सारा विश्वमा फैलिएको हैजाको महामारीबाट १० लाख मानिसहरुको मृत्यु भएको थियो । हैजाको महामारी विश्वको विभिन्न भागमा विभिन्न समयमा फैलिन गई करोडौ मानिसहरुको मृत्यु हुने गरेको छ । हैजा रोगबाट नेपालमा विभिन्न समयमा धैरै मानिसहरुको मृत्यु भएको इतिहास छ । विश्व स्वस्थ्य संगठनका अनुसार यो रोगकाबाट हरेक वर्ष १३ लाख देखि ४० लाख सम्म मानिसहरु प्रभावित हुनुकोसाथै हरेक वर्ष १ लाख भन्दा वढी मानिसहरुको मृत्यु हुने गरेको छ ।

१५.  एचआइभि/एड्स : ईस्वी सन् १९८१-हाल सम्म (HIV/AIDS:1918/Present day) :- पश्चिम अफ्रिकामा चिम्पाञ्जीबाट मानिसमा सरेको यो रोगबाट हालसम्म ३ करोड ५० लाख मानिसहरुको मृत्यु भएको छ भने ७ करोड भन्दा वढी मानिसहरु यस रोगबाट संक्रमित छन । हालसम्म यसको खोप पत्ता लागेको छैन । हाल यस रोगको रोकथामका लागि एन्टिरेट्रोभाइरल थेरापी ( ART) मार्फत यसको उपचार हुने गरेको छ ।

१६.  स्वाइन फ्लु : ईस्वी सन् २००९-२०१० (Swine flu: 2009-2010 AD) मेक्सिकोबाट शुरु भएर संसारभर फैलिएको यो रोगबाट आजसम्म १ लाख ५२ हजार देखि ५ लाख ७५ हजारसम्म मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ । सुँगुरबाट मानिसमा संक्रमण भएको यो रोगको खोप पत्ता लागि सकेको छ ।

१७.  पश्चिमि अफ्रिकन इवोला : ईस्वी सन्२०१४-२०१६ (West African Ebola:2014-2016 AD) बाँदरबाट मानिसमा सरेको इवोला भाइरसबाट अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो महामारीबाट  ईस्वी सन् २०१४ देखि २०१६ सम्म युरोप, अफ्रिका र अमेरिकी महादेशमा ११ हजार ३ सय २५ मानिसहरुको मृत्यु भएको थियो ।

१८.  एशिएन फ्लु : ईस्वी सन् १९५७-१९५८ (Asian flu:1957-1958 AD):- कुखुरा बाट मानिसमा संक्रमण भई चीनबाट सिङ्गापुर, हङ्गकङ्ग हुदै विश्वभर फैलिएको यो महामारीबाट ११ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो जसमध्ये अमेरिकामा मात्र १ लाख १६ हजार मानिसको मृत्यु भयो ।

१९.  हङ्गकङ्ग फ्लु : ईस्वी सन् १९६८ (Hangkong flu:1968 AD):-  ईस्वी सन् १९६८ को जुलाइ महिना देखि सेप्टेम्वर महिनासम्म फैलिएको यो महामारी हङ्गकङ्गबाट शुरु भई भियतनाम, सिङ्गापुर र अमेरिकासम्म फैलिएको यो रोगबाट १० लाख मानिसको मृत्यु भएको थियो । यो रोगबाट ४५ वर्ष भन्दा माथिका उमेर समुहका व्यक्ति र दीर्घ रोगीहरु बढी प्रभावित भएका थिए ।

२०.  सार्स कोरोना : ईस्वी सन् २००३ (SARS CORONA: 2003 AD) :- ईस्वी सन् २००३ मा २६ वटा देशमा फैलिएको यो रोगबाट ७ सय भन्दा वढि मानिसहरुको मृत्यु भएको थियो ।

२१.  मर्स कोरोना : ईस्वी सन् २०१२ (Mers corona:2012AD) :- ईस्वी सन् २०१२ मा मध्य पूर्वका अफ्रिकी देशहरुमा देखा परेको यो रोगबाट ७ सय भन्दा वढि मानिसहरुको मृत्यु भएको थियो ।

२२.  जिका भाइरस : ईस्वी सन् २०१५-आजसम्म  (Zika virus: 2015-present day):- एसिट एजेप्टि नामक लाम्खुट्टेको टोकाइका कारण जिका भाइरसबाट संक्रमित ब्राजिलबाट फैलिएको यो रोगबाट २४ मुलुकका ४० लाख भन्दा वढि मानिसहरु संक्रमित भइ हालसम्म ८५ हजार भन्दा मानिसहरुको मृत्यु भइसकेको छ ।

२३.  औलो :  प्राचीनकाल देखि आजसम्म (Malaria: form Ancient2 Present day ) औलो रोग पृथ्वीमा मानिसको उत्पति भए देखि नै प्रभावित पार्दै आइरहेको छ । ईस्वी सन् १८८० मा फ्रान्सेली सैन्य चिकिस्क ल्यावेरनले औलोको कारक प्रोटोजोआ प्रजिवी हो भन्ने पत्ता लगाए यसको लागी उहालाई सन् १९०७ मा नोभेल पुरुस्कार प्रदान गरियो ।

प्रोटोजोआ परजिवीबाट संक्रमणहुने औलो रोग यशिया, अफ्रिका र अमेरिकी महादेशको उष्णीय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष करोडौ मानिसहरुलाई प्रभावित पार्नुको साथै प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्दछ । यो औलो परजीवीलाई एउटा मानिसबाट अर्को मानिसलाई सार्ने काम एनेफिलिसमाउ लाम्खुट्टेले गर्छ औलो रोगका कारण हाल सम्म करोडौ मानिसहरुको मृत्यु भइसकेको छ । औलो रोगको कारण नेपालमा पनि विभिन्न समयमा धेरै मानिसहरुको मृत्यु भएको थियो । अहिले औलो रोग उन्मुलन भए तापनि यो विश्वभर छिट-फुटरुपमा देखा पर्ने गरेको छ ।

२४.  कोभिड-१९ महामारी : २०१९-आजसम्म (Covid-19 Pandemic:2019-Present day) चीनको हुवेइ प्रान्तको वुहान शहरबाट ईस्वी सन् २०१९ को डिसेम्वर महिनाको दोस्रो साताबाट फैलिएको कोभिड-१९ को महामारीले आजसम्म विश्वका २१० देश तथा आश्रित क्षेत्रहरु र २ वटा पानीजहाजमा महामारीको रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले जनवरी ३,२०२० मा कोभिड-१९ लाई "अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकट" घोषणा गरेको थियो भने मार्च ११,२०२० मा यसलाई महामारीको रुप लिएको घोषणा गरेको थियो । चीनको वुहान शहरबाट २०७६ साल पौष २० गते (January 5,2020 ) नेपाल फर्किएका ३३ वर्षीय नेपाली विद्यार्थीलाई जाच्ने क्रममा २०७६ साल माघ १० गते (January 24,2020) कोभिड-१९ पोजेटिभ भएको पुष्टि भएपछि नेपाल कोभिड-१९ संक्रमित राष्ट्रको रुपमा दर्ज भई कोभिड-१९ को सामना गर्ने क्रममा नेपालाले अन्तर्राष्ट्रिय सीमा वन्द गर्नुको साथै अन्तर्राष्ट्रिय र आन्तरिक उडान वन्द गरी २०७६ चैत्र ११ गते देखि २०७७ वैशाख २५ गतेसम्म लगडाउनको घोषणा गरी नेपालले कोभिड-१९ को सामना गरिरहेको छ ।

कोभिड-१९ महामारीको पछिल्लो ताजा स्थिति हेर्दा विश्वको महाशक्तिको रुपमा रहेको संयुक्त राज्य अमेरिका लगायत विश्वका विकसित एवं शक्तिशाली राष्ट्रहरु कोभिड-१९ को महामारिबाट सवैभन्दा वढी प्रभावित भएको देखिन्छ । कोभिड-१९ महामारी नेपालमा अहिलेसम्म नियन्त्रण मै छ, कोभिड-१९ बाट कसैको पनि मृत्यु भएको छैन । तर विदेशमा विभिन्न २२ देशमा रहेका २२३८ नेपालीहरु संक्रमित हुनुको साथै युकेमा ३३, अमेरिकामा १०, युएईमा २, आएरल्याड, जापान र टर्कीमा एक-एक गरि २८ जना नेपालीहरुको निधन भएको दु:खद जानकारी एनआरएनले सार्वजनिक गरेको छ । आफ्नो नागरिकको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकोले नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुको जीवन रक्षाको लागि सरकार हाम्रो साथ छ भन्ने प्रत्यभूति दिने गरी हर सम्भव प्रयास र पहल गर्नु पर्दछ ।  

आज २०७७ साल वैशाख १६ गते (April 28,2020) विश्वमा कुल संक्रमित संख्या ३०,६४,१६१, मृतक संख्या २,११,५३४ (६.९०%), निको भएको संख्या ९,२२,३६९ (३०.१०%), उपचाररत संख्या १९,३०,२५८ (६२.९९%) मध्ये १८,७३,९५८(६१.१५%) को अवस्था सामान्य रहेको र ५६,३०० (१.८३%) को अवस्था गम्भीर रहेको छ । कोभिड-१९ को महामारीबाट सवैभन्दा वढी प्रभावित शिर्ष दश देशहरु अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, टर्की, इरान, रसिया र चीनमा कुल संक्रमित संख्या २२,९४,६८४, मृतक संख्या १,७१,९३९(७.४९%), निको भएको संख्या ६,६९,०८२,(२९.१५%) र उपचाररत संख्या १४,४६,२९०(६३.०२) रहेको छ । भने दक्षीण एशियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरु भारत, पाकिस्तान, वंगलादेश, अफगानिस्तन, श्रीलङ्का, माल्दिभ्स, नेपाल र भूटानमा कुल संक्रमित संख्या ५१,८५५, मृतक संख्या १,४४७(२.७९%), निको भएको संख्या १०, ६८०(२०.५९%) र उपचाररत संख्या ३९,७३७(७६.६३%) रहेको छ । सार्क राष्ट्रहरुमा माल्दिभ्स, नेपाल र भूटानमा आजसम्म कसैको पनि मृत्यु भएको छैन ।

२०७७ साल वैशाख १ गते (April 13,2020) Yarsanews.com मा प्रकाशित लेखक स्वयम द्धारा लिखित "कोभिड-१९ महामारी : जानकारी र सुझाव" नामक लेखमा सो दिनको विश्वमा मृत्यु दर ६.१६%, निको भएको २२.८५%, उपचाररत संख्या ७०.९६%  रहेको तथ्य उल्लेख थियो । त्यसको तुलनामा आजको मृत्यु दर ६.९०% रहेको, निको हुनेको संख्या २२.८५% वाट वृद्धि भइ ३०.१०% पुगेको, उपचाररतको संख्या ७०.९६% बाट ७.९७% घटेर ६२.९९% मा झरेको देखिन्छ । मृत्युदर ६.१६% बाट वृद्धि भइ ६.९०% पुग्दा मृत्यु दरमा ०.७४% वृद्धि भएको, निको भएको २२.८५% बाट ७.३५% वृद्धि भई ३०.१०% पुगेको र उपचाररतको संख्या ७०.९६% बाट ७.९७% घटी ६२.९९% मा झरेको देखिन्छ । यो दुई हप्ताको अवधिमा मृत्युदरमा ०.७४% ले सामान्य वृद्धिभएको भए तापनि निको भएको प्रतिसतमा ७.३५% वृद्धि भइ ३०.१०% पुगेको र उपचाररतको संख्यामा ७.९७% घटी ६२.९९% मा घट्नुले यसलाई कोभिड-१९ को महामारीमा देखापरेको सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।

विश्वमा हालसम्म भएका प्रमुख महामारीहरुको संक्षिप्त विवरण, कोभिड-१९ महामारीबाट विभिन्न उमेर समुह एवं दीर्घ रोगीहरुको हुन सक्ने मृत्युदर र कोभिड-१९ को तुलनामा अन्य प्रमुख भाइरसका कारण हुने मृत्युदरको तुलनात्मक विवरण तलको तालिकाहरुबाट स्पष्ट हुन्छ :-

*नोट :-२०७७।०१।१६ (March28,2020) को ताजा स्थिति

माथिका तालिकाहरूबाट कोभिड–१९ को महामारीको औसत मृत्युदर ४.८२% भन्दा बढी हुने देखिँदैन । विश्व इतिहासमा विभिन्न भाइसरका कारण भएका महामारीहरूको मृत्युदर कोभिड–१९ भन्दा बढी नै रहेको माथिका तालिकाहरूबाट प्रस्ट हुन्छ । 

पृथ्वीको उत्पत्ति भएको करोडौं वर्षपछि पृथ्वीमा जल, वनस्पति र प्राणीको उत्पति भएको हो । पृथ्वीमा मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जिवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पृथ्वीमा वनस्पति, प्राणी, जिवाणु र विषाणुको उत्पत्ति भएपछि वनस्पति, प्राणी, जिवाणु, विषाणु, जल र जमिन बीचको अन्तरसम्बन्ध र संयोजनबाट एउटा सन्तुलित पारिस्थितिक प्रणाली निर्माण भयो, जसलाई हामी जैविक विविधता भन्ने गर्दछौं । अर्को शब्दमा भन्दा वनस्पति र प्राणी बीचको भिन्नता, किसिम एवं अन्तरसम्बन्धलाई जैविक विविधता भनिन्छ ।

जैविक विविधताले जल, स्थल, समुन्द्र तथा सिमसारमा रहेका सबै वनस्पति र प्राणीबीच पाइने फरकपन, प्रकार तथा तिनीहरू बीचको अन्तरसम्बन्ध एवं संयोजनलाई जनाउँछ । जैविक विविधता बीचको अन्तरसम्बन्ध एवं संयोजन बिग्रियो भने पारिस्थितिक प्रणालीमा असन्तुलन पैदा भई अनेक प्रकारका रोग–व्याधीका कारण अनेक महामारीहरू हुने गर्दछ । 

समस्त मानवजाति एवं विशेषत विकसित राष्ट्रहरूले प्रकृतिमाथि अतिक्रमण गर्दै भू–आधारित वातावरणको तीनचौथाइ र समुन्द्री वातावरणको ६६% परिवर्तन गरेको छ भने विश्वको भू–सतहको एकतिहाइ र ताजा पानीको स्रोतको ७५% कृषि, उद्योग र पशुपालनतर्फ परिवर्तन गर्नुको साथै वन फँडानी, अत्यधिक माछा मार्नु, अवैध वन्यजन्तुको व्यापार, जनसंख्या वृद्धि र प्रदूषणले पृथ्वीमा रहेका मानिस बाहेकका वनस्पति र प्राणीको बासस्थान विनास हुन गइ मानव जातिका अगाडि जलवायु परिवर्तनको गम्भीर चुनौती खडा भएको छ । 

कोभिड–१९ को महामारीमा मानिसबाहेक पृथ्वीमा रहेका अन्य वनस्पति र प्राणी प्रभावित नहुनुले पारिस्थितिक प्रणाली बिगार्ने मानिसविरुद्ध यो प्रकृतिको आक्रोश हो भनेर बुझ्न गाह्रो पर्दैन । कोभिड–१९ को महामारीमा संसारका विकसित राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुनुले पनि यो महामारी पारिस्थितिक प्रणाली बिगार्ने विरुद्धको प्रकृतिको आक्रोशको संकेतको रुपमा बुझ्न सकिन्छ । भविष्यमा कोभिड–१९ को महामारीभन्दा उच्च स्तरको महामारी फैलियो भने मानव जातिले अहिलेसम्म प्राप्त गरेको ज्ञान विकास गरेको विज्ञान एवं प्रविधि र शक्ति राष्ट्रहरूले उत्पादन एवं भण्डारण गरेको हातहतियारले मानव जातिको भविष्यलाई सुरक्षित गर्न सक्छ त ? भन्ने खडा भएको छ ।

एकातिर उद्योग धन्दाको विकासको नाममा वातावरण प्रदूषणले निम्त्याएको जलवायु परिवर्तनको गम्भीर चुनौती खडा हुनुको साथै साधनस्रोत र अवसरहरू सीमित व्यक्ति वा केही ठूला ‘घरानाहरू’मा केन्द्रिकृत हुनु, अर्कोतर्फ मानवीय आवश्यकता परिपूर्ति गर्नुको सट्टा शक्तिराष्ट्रहरू विनाशकारी आणविक हातहतियार उत्पादन एवं भण्डारण गर्न र वातावरण प्रदूषित गर्न उद्यत हुनुले समग्र मानवीय र पारिस्थितिक वातावरण प्रदूषित एवं असन्तुलित हुन गई वनस्पति र प्राणीका लाखौं प्रजातिहरू लोप हुन गएका र लाखौं प्रजातिहरू लोपोन्मुख अवस्थामा पुगी पृथ्वीमा रहेका वनस्पति र प्राणी बीचको अन्तरसम्बन्ध र संयोजन खल्बलिन गई पारिस्थितिक प्रणालीमा असन्तुलन उत्पन्न हुँदासम्म पनि मानव जाति र शक्ति राष्ट्रहरूको चेत नखुलेपछि प्रकृतिको चेतावनीको रुपमा कोभिड–१९ महामारीको रुपमा प्रकट भएको छ । 

अब हामी के गर्छौं ? मानव जातिले के गर्नुपर्छ ? शक्तिराष्ट्र लगायत सबै राष्ट्रहरूको आगामी कदम के हुनुपर्छ ? अहिले सबैको चासो र चिन्ताको विषय यो नै हो । वनस्पति र प्राणीको उद्भव र विकासको इतिहास हेर्दा पृथ्वी वनस्पति र प्राणीको शाझा थलो हो । यसैले पृथ्वीमा सबै वनस्पति र प्राणी बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । यसको लागि प्रकृतिमाथि भएको अतिक्रमण बन्द गरेर पृथ्वीमा सबै वनस्पति र प्राणी बाँच्न सक्ने वातावरण निर्माणका लागि पारिस्थितिक प्राणाली पुनःस्थापित गर्नुपर्छ । मानव जातिको सुरक्षित भविष्यका लागि विकासको वर्तमान मोडेललाई पुनरावलोकन एवं परिमार्जन गरी सामाजिक न्यायमा आधारित मानव केन्द्रित एवं पर्यावरणमैत्री विकासको नयाँ मोडेलबारे चिन्तन–मनन् र कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प छैन । पृथ्वीमा मानिस मात्र होइन, अरु प्राणीहरू पनि छन् भन्ने हेक्का राख्नुपर्छ । पृथ्वीमा सबै प्राणीको बाँच्ने वातावरण बनाएमा मात्र मानव जातिको भविष्य सुरक्षित हुनेछ । किनभने पृथ्वीमा मानिस मात्र एक्लो बाँच्न सक्दैन ।

कोभिड–१९ को महामारीभन्दा कयौं महाविनाशकारी महामारीहरू मानव जातिले सामना गरी विजय हासिल गर्दै आएको छ । यसैले कोभिड–१९ महामारीसँग आतंकित हुनुपर्ने कुनै कारण छैन । कोभिड–१९ महामारी विरुद्धको लडाइँमा भौतिक दूरी कायम गर्दै सकारात्मक सोच, उच्च सतर्कता र उच्च मनोबलका साथ यसको सामना गर्नु नै एक मात्र सफल हतियार हो । एकतावद्ध भइ विश्व समुदायसँग मिलेर कोभिड–१९ को महामारी सामना गरौ ! मानव जातिको जीत सुनिश्चित छ ।  

स्रोत:-

Livescience.com/worst-epidemics-and-pandemics-in-history

Swasthyakhabar.com (वैशाख १३,२०७७)

Nepalihealth.com (चैत २३,२०७६)

विश्व स्वस्थ्य संगठनको वेबसाइट

Worldoneters.info/coronavirus

हिन्दुस्थान.come (अप्रिल १, २०२०)

नयाँपत्रिका (वैशाख ५,२०७७)

नेपाल घटना (चैत्र १६,२०७६)

देशसञ्चार (चैत्र ११,२०७६)

अनुमोदन खबर (अप्रिल १७,२०२०)

Yarsanews.com

Wikipedia

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x