मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन् ।
फेदीखोला गाउँपालिकाले बन्दका कारण किसानले उत्पादन गरेका तरकारीका साथै कृषिजन्य वस्तु किसानको घरघरमै पुगेर खरिद गर्ने व्यवस्था मिलाएपछि उनीहरु खुसी भएका हुन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीलगायतका खाद्यवस्तु बारीमै कुहिएर खेर जाने र बजारमा खाद्यवस्तुको अभाव हुने भएकाले किसानको घरघरमै पुगेर किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाएको बताए।
वडा नं २ स्थित मुख्यमन्त्री नमूना कृषिगाउँ तल्लो कुडुलेका अध्यक्ष विष्णु सुवेदीले लकडाउनका कारण खेतबारीमै कुहिएर जान लागेको आफूहरुको तरकारी घरमै आएर पहिलेभन्दा बढी मूल्य दिएर खरिद गरेकामा खुशी लागेको बताउनुभयो । गाउँपालिकाले जतिसक्दो उत्पादन गर्नुस् खरिद गर्ने जिम्मा पालिकाको भयो भनेर भनेकाले थप उत्साह बढेको उहाँले बताउनुभयो । अर्का किसान फेदीखोला–४ का छाँयादत्त पौडेलले पनि गाउँपालिकाले किसानका लागि निकै राम्रो काम गरेको बताए।
पशुपालन व्यवसाय गर्दै आएका पौडेलले आफूले उत्पादन गरेको पनिर गाउँपालिकाले घरमै आएर खरिद गरेर लैजाने गरेको बताउनुभयो । गाउँपालिकाले यसभन्दा पहिले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानले उत्पादन गरेका वस्तुलाई १० प्रतिशत अनुदान दिँदै आएको थियो ।
लकडाउनको शुरू भएसँगै किसानको घरघरमा पुगेर उत्पादित वस्तु खरिद गर्न थालेपछि किसान थप हर्षित भएका छन् । किसानले उत्पादन गरेका वस्तु ढुवानीका लागि गाउँपालिकाले दुई सवारी साधनको व्यवस्था गरिएको र किसानको घरघरबाट ल्याएका वस्तु बजारमा ल्याएर उपभोक्तालाई उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...