×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा रहेका सांसदहरूलाई बालुवाटार बोलाएर संसदीय दलमा बहुमत जुटाउने अभियानमा लागेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आफूइतरका नेताहरूले राजीनामा माग्ने तयारी गरेपछि ओलीले आफ्नो पक्षमा रहेका सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो पक्षमा बहुमत देखाएपछि आजै बस्ने भनिएको सचिवालय बैठक र नेताहरूले माग गरिरहेको स्थायी कमिटी बैठकमा ‘राजीनामा’को अस्त्र बेकामे हुने निष्कर्ष ओलीको छ । 


Advertisment
Nabil box
Kumari

‘बालुवाटारमा प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नै संकलन भएको हो ?’ भन्ने लोकान्तरको प्रश्नमा सांसद निरुदेवी पालले भनिन्, ‘यस्तो बेलामा सरकार परिवर्तन गर्ने भन्दै केही नेताहरू लागिरहेको हुनाले हामीले पनि प्रधानमन्त्रीको पक्षमा बहुमत छ भन्ने देखाउन बालुवाटार पुगेका हौं ।’

Vianet communication
Laxmi Bank

उनले प्रधानमन्त्रीको पक्षमा सुविधाजनक बहुमत रहेको दाबी गरिन् । 

‘कागजमै हस्ताक्षर हुनुपर्छ भन्ने छैन,’ पालले भनिन्, ‘हामी प्रधानमन्त्रीको पक्षमा छौं र आवश्यक परे कागजमै पनि हस्ताक्षर गरेर बुझाउन तयार छौं ।’

सांसद पालले प्रधानमन्त्रीको पक्षमा अहिलेसम्म ९० जना भन्दा बढी सांसदहरू रहेको दाबीसमेत गरिन् । 

संसदीय दलमा ओलीसमूहमा ७८ जना, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ५३ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा ४३ जना सांसद रहेको मानिन्छ । तर यो संख्यामा केही घटबढ हुने सम्भावना देखिन्छ ।

बहुमतका लागि ओलीलाई थप १० जना सांसदको आवश्यकता पर्छ । 

सांसद पालले अहिले बालुवाटारमा जुटेका सांसदहरू प्रचण्ड या नेपालविरोधी नरहेको तर्क गरिन् ।

‘कठिन परिस्थितिमा छौं, यस्तो बेलामा सरकार फेर्नु हुँदैन भन्नेको बहुमत देखिएको छ, यो बहुमत नेकपाकै बहुमत हो ।’

प्रधानमन्त्री ओलीले ‘राजीनामा’को अस्त्रसँग भिड्न संसदीय दलमा बहुमत देखाउने कसरत थालेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x